Saturday, 29 May 2010

गजल:सँविधान-तिमी कस्ती होलिउ?


[सनातन धर्ममा जस्तै आधुनिक राष्ट्रियता, स्वतन्त्रता, सार्बभौमता, धर्म-जननी आदि मातृ शक्तिका रुपले चिनिन्छन् ! यिनलाई चित्र या कबिता, गजल विधामा केन्द्रिभूत गर्दा धेरै भाव छुट्न पनि सक्लान् तर पनि साहित्यिक भावले जतिसक्दो कोरेर पस्केको छु !
'जब भयो राती, अनि बूढी ताती'-भन्ने जन-धारणा र जन-मानसिकताले मत भिन्नता गरायो! पहिलो पटक भनेको समयमा सँविधान बनेन! जनताले चुनेर पठाएका जागिरदार जननेता-सेवकले मालिकले दिएको काम समय भित्र गरेनन्! राजनेता हरुले हात जोडेर माफी मागेका छन्, भत्ता र सुविधा मात्रै होइन-गल्ती नदोर्याउने प्रतिज्ञा खाएका छन्! यो दोस्रो पटक पनि जनता क्षमाशील बनेको छ, जनताले पुन: बिचार गर्दैछ! बिहे त छिनियो तर जनतन्त्रलाई बेहुली बनाएर राष्ट्रले घर भित्राउन पाइसकेको छैन! कहीले सिमाना र पहिरोले दुख: दिएको छ त कहीले बर्सात र झगडाले,विदेशी तनावले-तर यी सबै बहाना मात्रै हुन्! धेरै भएछ आफ्नै प्रियसीलाई पनि राम्ररी देखेको छैन! सबैमा उत्सुकता छ, बेहुला घुम्टी खोल्न उद्यत्त छ! 
'बाह्र बर्षमा पोई आयो मै राँडीलाई ज्वर आयो'-भने झैँ पुनर्मिलनमा उत्सुक जनता फेरि राम्रा दिनका लागि धैर्यले ज्वर नीको हुने दिन पर्खी रहेका छन्! बाक् स्वच्छन्दताको अलि अलि स्वाद पाए पनि जनताले पूरै स्वतन्त्रताको मिठास पाएका छैनन्! बारँबार पहिलो पटक लाग्ने उडान पाएपनि वराल्ने स्थान पाएका छैनन्! अझ सैधान्तिक-तार्किक धर्मरता, डर, कौतुलता, धार्मिक आस्थामा हुन सक्ने निर्मम प्रहार, संहारले स्थिती अझै सँशय पूर्ण छ! घर,परिवार अंश-वण्डा आफैँमा सजिलो अनुभव होईन तर मुद्दा मिलाउन जाने छिमेकी र आफन्त, बन्धु-वान्धबले पनि आफूलाई अंशका हकदार भनिठानेकाले पनि स्थिति यहाँ सम्म पुगेको हो! तर नेपाली वीर, उदार, जन्म-जात सरल र जाति छन्! बिश्वमा गोर्खालीहरु-लडांईको झगडाको ज्वर धेरै बोकेर हिँड्दैनन्!जाइलाग्दैनन्, जाइलाग्नेलाई छाड्दैनन्! चाँडै नै रामा दिनका पर्खाइमा छन्]

थोरै हक्मा प्रसन्न छन्,खूबै मस्ती होलिउ?
जन-तन्त्र स्वतन्त्रता,पुरै कस्ती होलिउ?
झगडा की बिउ तिमी,भर्खरैकी पिलो
अल्प दुख: भोगेँ तर,पुरै कस्ती होलिउ?

छिटा पर्दा फूलबारी फोहोरी र हिलो
बर्सातकी बाढी तिमी,पुरै कस्ती होलिउ?
पहाडमा पैरो रोक्ने कोषे-ढुँगे शिलो
यौटा साँध गाडेँ बल्ल,पुरै कस्ती होलिउ?

सिद्धान्तका विवाद रे, सिमाना र किलो
तुच्छ तर्क सुन्दा डर,पुरै कस्ती होलिउ?
हिमालको सेतो टाटो,आकाशको निलो
सप्तरंगी ईन्द्रेणीमा पुरै कस्ती होलिउ?

छोरी बैनी दिदी प्रिए नारी मिजासिलो
यौटै-रुप धन्य, आमा पुरै कस्ती होलिउ?
बिस्तारै पो हिँड्ने रैछौ,लच्की-लच्की ढिलो
यौटा पाटो देखेँ बल्ल,पुरै कस्ती होलिउ?

अर्ध-घुम्टी लजाएकी नसिली-पेचिलो
नङ्ग-अङ्ग-भङ्ग-दङ्ग,पुरै कस्ती होलिउ?
अत्तालिन्छु होश जान्छ-कतै छ अमिलो?
घुम्टी खोली हेर्दा आहा! पुरै कस्ती होलिउ?
छाम्दा नौनी खूवा जस्ती, नरम र गिलो
छस्स बल्ल स्पर्श पाएँ,पुरै कस्ती होलिउ?

-अनन्तगोपाल रिसाल [May 29th 2010 & 18 Nov'13]

Friday, 28 May 2010

मित्रका चित्र-भित्रका विचित्रता



मित्र कलाकार उत्तम नेपाल र अनन्तगोपाल रिसालका सह-रचना (28th May 2010)



तिम्ले मलाई जन्म दियौ,मैले तिम्लाई दिएँ!
कसले कस्लाई पोत्यो कुन्नी?बाक्लो रँङ पिएँ,
लीला हो यो खेल हाम्रो दुई-चार दिनलाई,
कोही आउला कुनै दिन,हाम्लाई लिनलाई?


बल्ल सोच्यौ होला,हैन किन नेपालमा?

छर्की छर्की देवभूमि-बाट हिमालमा,
बोकीदियौ संजिवनी हनुमान् झैँ सारा
पोखीदियौ गँगा-ल्याई अम्रीतका धारा!



आतँकित चित्कारको बम बिस्फोटन्
चित्त चल्यो दुखै दु:ख शान्ति उद्बोधन्
बातावरण् दुसित् छ-मनै छेकियौ
विबसता कठै तिमी,किन रोकियौ?




मन बुद्धी ह्रिदयमा आत्मा सजाउ
मन्दिरमा पस कि त भित्र नजाउ!
कृष्ण आज घण्ट बजाउ गरीबको घर
समाजमा संस्कारको माला-बुन तर!




कति दु:ख बिते दिन माँगी रुँदै जिउँ?
नमरने सुख अब अमृत यो पिउँ
रित्ता भाँडा छैनन् कुनै नानीलाई हुने
आत्म-ज्योति जगाएर ह्रिदयमा छुने!


मुटु बाहिर निकालेर माथि आकाशमा
भित्रै भित्र उडी
हेर चंगा बतासमा!
दुख:छैन हिमालमा बादलको पारी
ईश्वरीय लीलालाई
हेर्छु लम्पसारी!



आयौँ,भोग गर्यौँ,रह्यौँ, अब कता? जाने भनी सोच्द्छौँ ?
हाम्रा तर्क-वितर्कले नसकिने, प्यासी बनी घुम्दछौँ |
धेरै होश गरौँ,असूर मदको बास्ना न हो झर्दछ
नाशै छैन,निवाश यो भन कता? मृत्‍यु त्यहाँ मर्दछ|


स्वर्ग-तल नझरेर आफू चिनौँ पैले
कस्ले कस्लाई के नै दिने?कस्को कर्म कैले?
निराकार चित्तमा जो उस्तै छन् स्वरूप,
मूर्त-मूर्ति के नै छ र?जीव आत्म रुप!


आशिर्वाद दिनु हवस् मलाई गुरु-जन्य
सून्य, आफैँ, एकात्मता-बोध हुन्छ धन्य!
मन ईक्षा हराए त? छैन गुरु,पार्थ-
जंगलको, जीवनको एक पुरुषार्थ !


आत्मा एक तिमीसँग बुद्ध परमात्मा
साथलाग उनीसंग समाएर हात्मा!
भर-पर उन्को सेवा बाँकी के छ-गर्ने?
आँखा चिम्ली हिँडी देउ,जहाँ पुग्नु पर्ने!


सिद्धार्थ हौ गौतम् बुद्ध,संसारको ज्ञानी
बैराग्यले दर्वार् छाड्यौ,संझी बुझी जानी|
अध्यात्मका गुरु,शिक्षक्-अहिँसाका दाता
स्वयंभू हौ सिद्धी पूर्ण-जागृत् नैतिक् नाता!



जन्म्यौ आँफै कल्पनाले,रक्षा गर्यौ साधु
संयम र निर्वाणका, प्रबुद्धका जादु!
संसारको चक्र-शुरु परिक्रमा-अन्त
छैन तिम्रो जन्म-मृत्‍यु,नियमले सन्त!


बिना जुत्ता बिना खुट्टा हिँड्नसक्ने योग
लट्ठी नँगा छैन केही कमण्डलु बोक!
नबिर्स है प्रभु आउ दुईचार बीज गोड
देख्न सक्ने आँखा, भाव,संसारमा छोड!


काम क्रोध ईर्श्या लोभ सबै भित्र हुन्छन्
संयमी भै नियन्त्रण्-ले लुकी दबी दिन्छन्!
औँसी-पूर्णे लाग्दा चित्त चल्बलाई रन्छ!
एकै छिन्मा चितायो की जगत यो बन्छ!



हशिँयाको धार तीखा काँढा-अपकार!
नियमका हात डण्डा तिम्रो उपहार!
जनताको मन कर्म धन व्यबहार!
ईश्वरको नजरमा सब बराबर!

हसिँया र लट्ठी,चक्र,हातमा छन् थाली
फुलहरु रंगी-चङी,बास्नादार माली!
कुचो पाप सफा गर्ने,नमेटिने चित्र!
आत्मा कुँद्यौ जीवनका,प्रेम मुटु-भित्र!


ईश्वरीय प्रार्थनाका-धर्तीका आधार!
ग्रह गर्छ परिक्रमा तिम्रो बारँबार,
पाइला-पाइला घुमी व्यस्त घर-दरवार!
शान्ति प्रेम,सुरक्षाका तिमी हकदार!

Peace 2010


No Religion is different but
why everyone has their name?
Stop to look & think & grin,
they're always precicely,same !

All the people they are nice,
alone they're good and kind.
Group or class or herd or caste,
make them cruel, selfish & blind.


Human ! You're part of God,
no one borns with gun in hand.
Be & see & keep your words,
peace must be in this land !

The year of peace has also come,
in the name of dove & moon.
be in yourself thinking others,
Peace'll flourish, later or soon.
Brothers, sisters let us stand
the time is running fast & fast
Treat your neighbors like your own
-knowing deeper the past has passed!

The more we know the more we need,
forgiving past the strong we be.
However we write 'the wrong is wrong',
The truth is always truth to me.


Every country has its value,
put the parts of body in mind
without deserts,hills or snow-
Imagine how would you find?

Let us wander then we'll wonder
by the nature when we see.
How a garden tends to balance,
with a big bird, without a bee?

Saying & Doing are two different things
One has legs but other has wings.
Travel, learn when you go and see,
opens your eyes but lets you be !

Midst of jungles the lions rule,
some are sober but many are cruel
civics, culture shape & tame
some to blame but stay a lame?

Never try to force or insist,
Praise the humans of this world
Everyone has peace & power-
Watch they've got from their Lord !


The world itself is a nation,
'Stand yourself to keep & try.
The peace will be everywhere and
no one ever has to cry!


The Hope of Peace is everywhere now,
in the year of Twenty Ten
Again the Lord has led the way,
who are we to fix and bend?


- Ananta Risal 8/19/1990 [I wrote this poem while I was during my third year of College in Mysore, India doing my Computer Science Engineering. The last two lines are modified. Photo is from the Peace 2009 program in NJ.]

Thursday, 27 May 2010

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र अमेरिकी प्रान्तीय उपाधक्षको नेतृत्वका लागि स्वतन्त्र उमेदवारीको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकी प्रान्तीय उपाधक्षको नेतृत्वका लागि
स्वतन्त्र उमेदवारीको घोषणा


जन्मभूमि स्वदेशको माया मुटु र छाती-भरी लिएर परदेशिएका हामी नेपालीहरुले विदेश-कर्म-भूमिमा बस्दा जहाँ बसेका छौँ त्यो देशलाई उत्तिकै माया गर्नु पर्छ र गर्छौँ पनि!
त्यही देशको आवश्यक नीति र नियमलाई पालना गर्नु पर्दछ, सधैँ विदेसिनुको आत्मग्लानिमा दुखी पनि बन्नु हुंदैन! बरु त्यहाँको द्वि-भाषालाई सहस्र स्विकारेर नेपाली पनको उद्घोस र सनातन साँस्क्रितिक विधाको नेतृत्व लिनु जरुरी छ! सामाजिक संघ संस्था भनेका 'सीमा रहितको देश' हो! आज नेपाल हिमालयले उँचिएको भौगोलिक परिधीमा मात्र सिमीत छैन! नेपालीहरुको सामान्य र संकुचित मानसिकता नेपाल बाहिर गएपछी धेरै नै परिवर्तन भएको देखिएको छ - उदार, संयोजित र परिपक्व पनि! हामीले संसारलाई नै कर्म-भूमि बनाइसकेका छौँ! हामी विश्व-स्तरीय रुपले सामाजिक, साँस्क्रितिक, धार्मिक, आध्यात्मिक, आर्थिक र प्राविधिक हरेक विधामा पोख्त हुँदैछौँ!

हामी प्रवासिएका नेपालीहरुले हाम्रै भाषालाई आभुषण बनाएका छौँ, हाम्रै संस्कारलाई गहना बनाएर शिरमा राख्छौँ! अझ सम्म यथाकथिक सोझा, निमुखा, गरीव, ईमानदार नेपालीहरुलाई संसारमा यातना, हमला गरिएको घटना सुनिन्छ-हामीलाई नमिठो लाग्नु स्वाभाविकै हो! त्यही जन्म-भूमीको पारिवारिक नाताले गर्दा हामी संवेदनशील हुन्छौँ! हाम्रा भाषा, बोली, सभ्यता, संस्क्रीति, भेष-भूषा, गाजा-बजाना, नाच-गान-संगित, खाना-पिना आदि सबैले हामी को हौँ र हाम्रो अस्तित्व अब संसारमा के हो भन्ने दर्साउँछ!

अहिले अमेरिकाको धेरै शहरहरुमा बन्न लागेका मन्दिर, नेपाली भवनहरुमा झाँकी दर्शिने, नेपाली अध्यात्मताको ज्योति फैलिने, बिभिन्न नेपाली भाषाका पुस्तकहरुको संरक्षण होस्, पुस्तकालय बनोस्! तिन्मा बन्ने संग्रहालयको पूर्ण समर्थन गर्दछु! हामीले पहिले नेपाली भाव जोगाउन प्रयत्न गर्नु पर्छ-अनि भाषाहरु त स्वत: जगेर्ना भईहाल्छ! भाव छैन भने भाषाले मात्र केही गर्न सक्दैन! नेपाली भाव भनेको आपसी प्रेम, सम्मान र देश प्रतिको समर्पण हो! सबैलाई समेट्ने संविधान बनोस्, नियम र प्रेमले सँसारमा अटाउन सक्ने नयाँ नेपाली जनशक्तिलाई अब पुन: नेपालमा बोलाउने सजग, सरीक, संयुक्त र सम्मिलित प्रयास गरियोस्! श्रष्टाहरु तिनै सिर्जनात्मक क्रियाशिलतामा जुटुन्| राज-नेता, लेखक र पत्रकारहरुलाई भगवान बुद्धले सत्य र अहिंसाका पक्षपाती बन्न सद्-बुद्धी दिउन्! भाषा संरक्षण कुनै राजनीति वा पारिवारिक परिधी भित्रको संस्था होईन! यो विशुद्ध सेवा हो! मलाई यो सम्मानित 'अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज'-का केन्द्रिय कार्य-कारिणी र बिशेष गरेर अमेरिकाको बिभिन्न नेपाली भाषाको क्षेत्रमा एक रुपताको जगेर्ना गर्ने मौका दिनोस्!

यो मेरो अमेरिकी-उपाध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारी रहनेछ! मेरा आगामी दिनहरुमा 'अनेसास'-को माद्यम लिएर गर्न सक्ने योजनाहरु निम्न छन्!

१. नेपाली भावलाई, बिचार क्षमता र सँस्कारलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउनु हामी सबैको दायित्व त छँदै छ, अझ अनेसासले त्यसका लागि नयाँ नेतृत्व विशेष पहल गर्नेछ भन्ने आशा लिएको छु! अमेरिकामा रहेका विभिन्न देशका नागरिकहरु-सँग मिलेर हाम्रो पूर्ण प्रस्तुती गर्ने बेला आएको छ! साहित्यिक प्रतिभा, हाँस्य-रस तथा बिभिन्न नाटकीय प्रस्तुती, अनुकरणात्मक योग्यता र समालोचनात्मक कौशलताको विशेष प्रदर्शनी गर्ने यूग आएको छ! आजको गैर-आवासीय समाजमा हाम्रा आफ्नै मौलिक सँगितमा 'आर्केस्ट्रा'-को जैविक मसालादार जडिबूटी घोट्नुको सान्दर्भिकताको भान स्पष्टिएको छ! खै? हाम्रा बुद्धका विश्व-सन्देश र दर्शनहरुको चर्चा? शैव,शाक्त र तन्त्र-मन्त्रका प्रभावलाई साँध्न त कति समुन्द्र मन्थन गर्नै बाँकी छ!

२. मौसम र भूगोल अनुसारको नयाँ बोट-विरुवामा पानी हाल्नु र गोड्मेलको जसरी महत्व छ, त्यसरी नै परदेशमा हुर्किएका हाम्रा केटा-केटी, साना नानीलाई राम्रो नेपाली संस्कार दिनु उत्तिकै जरुरी छ! आज हामी आर्थिक रुपले सम्पन्न नदेखिएता पनि हाम्रो राष्ट्रियता र अखण्डता पवित्र छ! विदेशमा हुर्किएका विद्यार्थीहरुले संपत्ती कमाउने शिक्षा त जहाँ पनि सिक्छन् तर हामीले दिने बौधिक अनावरणले, तर्कशील, उदार अनि समृद्ध-कलामा निपुणता प्राप्त गर्न सकुन् ! राष्ट्र सम्मानका लागि यस्ता योजनाले ठूलो भूमिका खेल्ने छ! कतै कतै शुरु भैसकेको उत्तर-अमेरिकाका मूख्य प्रान्त र अरु देशहरुमा पनि सजिलो प्रकारको नेपाली भावनाको प्रसार गर्ने-'समर-क्याम्पको' आयोजना गर्नु मेरा लागि प्रार्थमिकका बिषय हुन्!

३. आजको प्राविधिक सरलीकरणले विदेशमै बसेर पनि नेपाली भाषामा लेख्न र आफ्ना भावना पोखिन सक्दछन्! मेरो विनम्र अनुरोध पनि छ की राम्रा संस्कारलाई जिवन्त राखौँ र राख्ने संघ-सँस्थालाई सहयोग गरौँ! समयको र विश्वको असीमित मागले अब नेपालको अलौकिकतालाई नेपाली झण्डा र हिमालयको आँखाले मात्र हेर्नु हुँदैन! कार्यक्षेत्र दोहोराइने प्रब्रीत्तीको बिरोध गर्दछु! अत्याधुनिक प्रविधीको सदुपयोग गरी 'फेस-बूक,स्काइप'-द्वारा नेपाल र परदेशी नेपाली नानीहरुलाई एउटै धरातलमा संगठित गर्न सक्यौँ भने मात्र पनि हाम्रो ठूलो विजय हुने छ! हाल अमेरिका र संसार मै सिर्जनात्मक संघ संस्थाको योउटा राम्रो संयन्त्र बनोस् भन्दै यहाँहरुको सद्भाव र सहमतीमा 'अमेरिकी प्रान्तीय उपाधक्षको नेतृत्व' चयनका लागि विनम्र अनुरोध सहयोगको अपील गर्दछु!
- अनन्तगोपाल रिसाल (सँस्थापक अद्ध्यक्ष, न्यूजर्सी च्याप्टर, उत्तर-अमेरिका)
शिक्षा-विद्या विशेषज्ञ (Knowledge Management & Computer Engineering)
प्रकासित पुस्तक- १. अद्ध्यात्म-यात्रा (नेपाल-दर्शन) २. सामाजिक यात्रा (विश्व-दर्शन)-प्रकासोन्मूख
केही रचनाहरु (लेख, गजल,छन्दका कविता) कोरी बामे सरेको छु, समालोचना-विश्लेषण गरिदिनुहोला, हौसला दिनुहोला!

Wednesday, 26 May 2010

गजल:गजलमा दोहोरी


गजल:गजलमा दोहोरी

[आज माहोल अर्कै छ, मिल्ने साथीको घरमै ठूलो निमन्त्रणा छ! युवा युवतीको धूमधाम जमघट छ! खाने कुरा प्रसस्त छन्, दिल बेचैन छ! कुरा धेरै छन्, कुरा सुनिदिने आफूले भने जस्तो रहर लाग्दो सज्जन मानिस छैनन्! आएका अतिथी धेरै छन्, कुरा गरु गरुँ लाग्ने खासै कोही देखिन्नन्! बत्ती धेरै बलेका छन्, बैठक उज्यालो छ, मन मलिनो छ! वरिपरि गुलिया बुनियाँ र खफीया छन्, स्वाद अमिलो छ!

लोक-गितमा जुहारी पनि सुनियो, पहाडी जन-भाकामा नाच्दै गीत पनि गाइयो! राती कतै जंगलमा पार्टी पनि खाइयो,गजल पनि सुनाइयो! त्यही सन्नाटामा पनि यौटा कुनामा युगल युवक-युवती बीच मुसुमुसु-खुसुखुसु कसैले नसुन्ने गरी गजलमा दोहोरी कसरी खेलिँदै छ त? ]

केटी:
छाती खिए,मुटु चर्के-टाँस्ने-'पेस्ट' छैन!
धनी गाडी घर भाको सोझो 'गेष्ट' छैन?
केटा:
घुम्ने मन भए भन?आज्कल ब्यस्थ छैन!
'रोम्यान्टिक' कुरा गर्दा हाम्लाई कष्ठ छैन!
केटी:
पिच्कारीको गोली भन्दा तिम्रो तीखो बोली
खोजेको चाहिँ तिम्ले के हो?हाम्लाई स्पष्ठ छैन!
केटा:
तिमी भन नाच्ने,गाउने,कुनै तातो पिउने?
अली अली टाइम दिउँला ढिलो,'फास्ट'-छैन!
फूर्सत नै कहाँ हुन्छ?ठूला-बडा मान्छे,
सार्है पनि होइन क्यारे,म त 'लास्ट'-छैन!
केटी:
सबैजाना जनजाती,को छ जाति खोज्छु!
थारु,गुरुङ-बाहुन्,क्षत्री,शेर्पा,श्रेष्ठ छैन?
यति धेरै मान्छे आए,खाना खाने मात्रै
धोका दिए,'क्वालिटीको',कुनै 'टेस्ट' छैन!
केटा:
हामी पनि माया दिन्थेम् माया दिनेलाई
जो पो हेर्यो उस्तै झार्-पात्,'ब्यूटी'-'बेस्ट' छैन!

-अनन्तगोपाल रिसाल [May 25th 2010]

न्यूयोर्क शहर!

[नेपालको मन्दी र बन्दीबाट भर्खर स्वतन्त्र भएका नव जोडी न्यूयोर्कमा डी-वी परेर आइपुगेछन्! दिनभरी काममा जानु पर्ने हुनाले श्रीमतीलाई घुमाउन पाइसकेका रहेनछन्! अमेरिकाको आर्थिक मन्दीले उनीहरुलाई पनि छोएको त थियो नै, त्यसमाथि पनि नयाँ भवन, संस्क्रितीले उनीहरुलाई पनि नछुने त होईन नि! ल सुन्नुहोस् उनीहरुको बार्ता! ]

श्रीमान:
नगर अलग बाटा,गाडि छीटो दगुर्छन्
नहर घर सजीला,रेल-आबाज गर्छन्!
डलर कम छ प्यारी,खर्चिली चैँ नबन्नु
पसल कति छ खानी,घुम्नु केही नकिन्नु!
श्रीमति:
छ घर गगन छुन्छन्,लाज छ्या!मस्त चुम्छन्!
उकुस-मुकुस बन्दी,झ्याल छन् बन्द हुन्छन्!
शहर कसम प्यारा क्या मजा!शोख,खाएँ!
मन भर रसिला ती सोच संसार पाएँ!

युवक-युगल जोडी चोकको आलमा झन्
किन र?बदन मुन्द्री पेटको प्वालमा छन्?
नजर लचक लूगा 'फ्यासनी'को लगाएँ
नयन चमक चँगा चाँदनी चम्चमाएँ

जति जति मन लाग्यो, लाइ खोल्दै फुकालेँ
रहर घर पुर्याएँ साँझ फर्केर आएँ
पसल कति चहारेँ भोक मोमो:उतारें      
कवि कवि भनि हाले मैले लेखी सुनाएँ 

छन्द:मालिनी,१५ अक्षरको एक पाऊ,चार पाऊको एक श्लोक,८ मा यति

-अनन्तगोपाल रिसाल [23rd May 2010]

गजल: जीन्दगीमा धोकै धोका!

गजल: जीन्दगीमा धोकै धोका!

[बिचरा एकजाना पहाडका साथीले गाँउमा सुनाएका गजडीँ, गजली र उनको अनुभव ! जीवनमा धोका खाएका रहेछन्। जंगलमा दाउरा काट्न जाँदा शुरु भएको माया प्रिती, एक वर्ष बिदामा आएका लाउरेले उनकी मायालाई सपना झैँ उडाइदिएछ! मन परेको बलिया दाउरेसंग गाँउमा बस्नु भन्दा बरु चाउरे भए पनि लाहूरे सँग आफू मुग्लान भागिछे| जानु अघि बारीका फूल टिपेर घरको दैलोमा राखेर गएकी रहिछन्! जसलाई माया गरेको हो-त्यसैले छोडेर गै ! साथीको साँझ बिहान लूटिएको रहेछ! लूटिनेलाई कसरी भाग्यले पनि एकैचोटी लूट्छन्,ल सुन्नोस्!]


धोका दियौ छाती मेरो छीयै छीया रैछ्यौ!
मुटु चिर्यौ बन्चरोले चिरै चिरा रैछ्यौ!


जिन्दगी यो लूट्यौ,लग्यौ-झूठ सहाराले
फुल दियौ गन्हाउने किरै किरा रैछ्यौ!


कागतीले मरेकालाई बिउझाउँछ भन्थे,
निबुवा र भोगटेको बियैँ बियाँ रैछ्यौ!


पोखरीमा डुँबु भन्दा लेउ झ्याउ फोहोर्
डाँडामाथी चडेँ,चिप्लेँ भीरै भीर्का रैछ्यौ!

[पछि थाहा भएछ लाहुरेले त बिहे गर्ने सूरमा उन्की प्रियसीलाई छोरो पाए पछि बेचिदिएको रहेछ! वनको यो ब्यथा कसैलाई पनि नदोहोरियोस् की भन्न-सकी-नसकी बिचरा फेरि गाउँमै वर्लिएछ! आफन्त र जीवनमा कतै साहारा नपाएर मन बहलाउन नजिकैको साहुनीलाई सँझेर होटेल्-भट्टी भित्र छिरेछ!]

होटेल् छिरेँ राम्री देखी खाना मीठो होला
मसला त बास्ना थियो,जीरै जीरा रैछ्यौ!


भट्टी भित्र साउनी सोध्छे-एकै छिन्को पासो
सितल् प्याला तानेँ तातो चियै चिया रैछ्यौ!


[जीवन-मरणको त्याग गरेर, प्रियसीलाई बचाउन बिरक्तिएर उ पनि मुङ्लान भासिएछ! करीब २ बर्ष पछि पत्ता लगाएर आफ्नी जीवनको मायालाई गाँउ-घरमा फिर्ता लेराएछ!]

घर्का लागि भारी बोक्छु,योउटै बन्चरो
सफा सुग्घर् धार लाउँला,खियै-खिया रैछ्यौ!

-अनन्तगोपाल रिसाल [May 25th 2010]

मेरो 'Buddy guard-Mr. Droid ' !

मेरो 'Buddy guard-Mr. Droid ' !


आजकल समय बिताउन उन्को साथमा आड छ!
छिन्छिन्मा आउँछ-'Hi,hello'-बोल्छ,'Droid'-उन्को गार्ड छ!
बेला बखत्मा,उसलाई सोधी मसंग बोल है?
जहाँसुकै जाउ,घुमेर आउ लौ मस्ती गर गै!

सुरक्षा उस्ले दिनेछ तिम्लाई,म-'बिल'-तिरुँला!
साह्रै नै संकट परेमा प्रिए-'911'-गरुँला!
ओठमा राख,गालामा टाँस,छातीमा लगाउ!
बिहान हुँदा उठाउन तिम्लाई साथैमा सुताउ!

देख्दा र छुँदा,काट्कुट-'सिलिम्'-चिटिक्क परेको
बुट्टा र रंङ, छ जबर्दस्त-कपाल कोरेको!
राम्रो छ हामी यसमा केही,नगरौँ-'debate'
२-४ महिना पर्खेर सस्तो-'mail-in-rebate'!

संसार यहीँ पाउँछु अब-के हेर्नु,पढ्नु छ?
साथमा लग्दा,म ढुक्क हुन्छु,को कहाँ पुग्नु छ?
उ चिन्छ बोली हाउ र भाउ,को किन चाहियो?
'क्या दियौ बूढा!जोवन्मा मलाई,Mother's Gift पाइयो!'

काखैमा बसी,छ अब धेरै,काम कुरा गर्नेछु,
सजिला रछन् ती अक्षर तिम्रा,म पूरा पढनेछु!
आकार वजन,ऊंचाई तिम्रा-धेरैको उपकार!
खोजेर काहाँ पाउँछौ प्रिये? स्वर्गीय उपहार!

'Robot' जस्तो,पालतू तिम्रो,यात्राको सहयोग!
समाचार र ईमेल गर्न कति छ उपयोग ?
के गर्नु साह्रै ईर्श्या त लाग्छ,सबैको पियारो!
२१ शताब्दीको यो गुणी,छोड्नलाई छ गाह्रो!

समय आज्कल् उसलाई दिन्छौ म-भन्दा बडाई
के गर्नु हारेँ-जीवन बाँकी,के छ र लडाई?
कुन् स्थान सहर्,के भोक लाग्यो?साहारा चाहियो?
'ड्रोइड'-मोरो,जे पर्‍यो गर्छ, 'कमारो पाइयो'!

तलब एकै चोटिमा दिन्छु,महिना पुगेमा
'Verizon'-भन्ने आमा छ,बिग्रे आइपुग्छे बेलैमा!
'Motorola'-त्यस्को बाबु छ धनी,रुन्चे र पातलो
गिरोह-नेटवर्क संकेत साथ,योजना गतिलो!

छ बिना तार बिजुली जस्तो,पर्खन्छ तिमीलाई!
तिथी र फोटो,खिचेर राख प्रियेसी सधैंलाई!
सिनेमा पनि प्रसारण हुन्छ,के हेर्छो-जी,सोनी?
टिकट पनि काट्दिन अब घरैमा बसुँनि!

बेतारेलाई,तारले-'चार्ज',गर्न चाइँ भुल्दिन!
सचिव जस्तो काम गर्छ-'ड्रोइड',दिन्भरी सुत्दैन!
'बाथ्रूम' संगै,स्पंदन बिना-जीवन 'हार्ड' छ
वैज्ञानिक खोजी,कल्पना कस्तो?बूढीको 'गार्ड'छ!

- Ananta Risal May 13th 2010 11:04 AM

अद्वैत-दर्शनका श्री शंकराचार्य

अद्वैत-दर्शनका श्री शंकराचार्य


[आज वैशाख शुक्ल पञ्चमी,भारत बर्षका आधुनिक यूगका धर्म संस्थापक श्री शंकराचार्य जयन्ती हो! उहाँले प्रतिपादन गरेका अद्वैत-दर्शन, सूत्र र सिद्धान्तलाई आजको पाश्चात्य संसार र बैज्ञानिकहरुले पनि जोगाएर राखेका छन्! कालान्तरमा बुद्ध-धर्म सिद्धान्तमा पनि नास्तिक्यताको विकृती देखा परेकाले श्रीशंकराचार्यका नेपाल र हिमबत्खण्डमा गरिएका बिभिन्न महत्वपूर्ण भ्रमणहरुले नेपालको पून:स्थापित अद्यात्मदर्शन पक्षका अवधारणालाई उजागर गर्दछ! शंकराचार्यका जीवनीमा मिमाँसा एवँ अद्वैत अद्यात्मदर्शनका कट्टर रक्षक नेपाल-भारत-सीमाका मण्डन मिश्र संगका संवाद विषयहरुको उल्लेख भएको छ! हाल सम्म कायम रहेको श्रीपशुपतिनाथका पूजारीहरु भारतको केरेला र कर्णाटक राज्यहरुबाट ल्याइनुबाट पनि ऐतिहासिक दर्शन शास्त्रार्थको परँपरालाई बारम्बार पुष्टी गर्दछ!]

अबतारी शंकरले धर्म रुप चुने,
आचार्यको भेष गरी,हिम-खण्ड घुमे!
सेवा गरौँ पूण्य-भुमी,दीन असहाय!
फेरि पनि स्थापित भो,कर्म-ब्यबसाय!

पूर्ण ब्रह्म निराकार स्वयँभूको ज्ञान
नेपाल हो तीर्थ-भूमी सनातन शान!
बुद्ध भन्छन् 'संयमी हौ' धर्म-संघ खोल
ब्यबसायी आत्मपथ सत्य शुद्ध बोल!

अद्वैतका प्रसंशक-नास्तिक् बन्न थाले!
अहिँसाका अनुयायी हिँसा गर्न थाले!
बिग्री गयो संस्कार र आचार् लोप भयो
कलियूग,अनादर बढदै बढ्दै गयो!

ईश मात्र एक लक्ष,पुरुषार्थ देख्यौ
उपनिषद्,ब्रह्म-शूत्र,धेरै ग्रन्थ, लेख्यौ!
गीता वेद वेदान्तको सार झिकी बाँड्यौ
अधर्म र कुरितीको,मार्ग ठूलो-फाँड्यौ!

मठ मन्दिर् जंगलमा मंगलको ध्वनी
धर्तीलाई संरक्षण ज्ञानी ॠषि मुनि
निर्वाणको विदेह यो मुक्ति-द्वार पाउँछन्
संसारमा तिम्रा किर्ति जनहरु गाउँछन्!

निराकार आकार ली देखापर्ने लीला
निर्गुणमा सगुणको भावपूर्ण शीला |
जन्मातर संघ-संस्था नदी जस्तै बग्छ
संयम र नियमले शिखरमा पुग्छ!

अद्वैतमा शिव बुद्ध दुई हुँदै हैन
शान्त तिमी भेद-भाव,कतै छँदै छैन!
कम,धेर उमेरमा धर्म गाडी गयौ!
बेग्ला-बेग्लै रुप गोड्न,समाजमा आयौ!

व्याख्या तिम्रा सरल छन्,मीठा भाव जाग्ने
छन्द रस संगितमा सुनुँ सुनुँ लाग्ने!
सिद्धान्त र तर्कशाली सनातन आदि
पन्च-देव-भूत-ईन्द्र ब्रह्म ईश्वरादि !

शैव-शाक्त-सौर्य-वैष्णव्-गणेश् छन् आधार
भारतका दिग्विजयी धर्म बराबर
शक्तिकुंज 'पूर्णमा छन् पूर्ण' संरक्षिका
श्रीशंकर-आचार्य हुन्-अद्वैत्-दर्शनका!

- अनन्तगोपाल रिसाल [18th May 2010]

गजल: जनतन्त्र यो उपदेश र परीक्षा!

जन्ता छ हेर साक्षी,खोजे छ मिल्छ शिक्षा!
मागेर मिल्दछन् क्यै ! खोसेर लिन्छु भिक्षा?

मौका छ जीन्दगीमा,मिल्दै छ जानु दिन्दिन्
पढ्दै बढेर साथी-जान्छौ घटेर कक्षा?

धेरै गरीब धन्ले,मन्को छ आलसी पन्
च्यातेर हेर्छु के छन्?दिल्का अनेक ईक्षा!

उत्थान धैर्य गर्छौँ?सिक्दै निकास यात्रा,
सम्मान शान्तिलाई,सद्भावको सुरक्षा!

आफ्ना त छैन कोही,भेट्नु छ नम्र सज्जन्
सिक्ने रहर् पलायो,जीवन्त-भाव दिक्षा!

थोरै छ श्रोत-साधन्,लैजाउ दिन्छ सोधी
हल्ला छ बन्द गर्ने,खै के विकाश,रक्षा?

राणा हटेर गैगो,राजा मिलेर द्ल्दल्
छैनन् कुनै टिकाउ,'साला कहाँ छ अच्छा?'

सैनीक क्वै निडर्छन्,बाहादुरी उज्याला
जोड्दैन हात,गोडा-जानेर लाजले छ्या!

कड्केर थर्कदैँनन्,अड्केर बस्नु काँही-
कुर्दै म जिन्दगीको,आशा गरुँ प्रतिक्षा?

लम्केर मार्ग आफ्ना,पर्खेर फर्कदैँनन्
ठान्दैन बोझ-भारी,जनतन्त्र यो परीक्षा !

- अनन्तगोपाल रिसाल (May 04,2010)

गजल:पहिलो प्रेममै विश्वासघात किन?


आउँछु भन्थ्यौ,गैसके छौ,देखिँन नि किन?
छाती-चिरी गयौ तर, क्यै भएन-किन?
जान्छु भन्थ्यौ, देख्छु यहिँ, आर्कै भैछौ किन?
दुई-चार थोपा आँसु झारेँ, बिर्सिसकेँ किन?

रातै थिए हात-निधार्,लाहुरियौ किन?
एक्लो पार्‍यौ स्वतन्त्रता,चाउरियौ किन?
कपाल् पनि फुलेछन् ज्या ! झुस-दारी किन?
'खुशी छु म'-भन्थ्यौ छाडी,टाढा पारी किन?

रोकुँ रोकुँ लाग्छ बाँकी-माया-छैन किन?
आश्वासन धम्की देख्दा,नाता छैन किन?
बन्दै-बन्द कस्लाई खाँचो?रोकिँदैनौ किन?
गरीबीको ढोकालाई धोका भयो किन?

नागरिक-सर्वोच्चता,विकल्पै के, किन?
राष्ट्रिय-स्वाधीनता संकल्पै रे! किन?
बिदेशीको हातपर्ला,बुझ्नसक्छौ किन?
ढुक्क भई भन्न सक्छौ,माग के छ,किन?

जनताको अधिकार खोस्यौ तिम्ले किन?
फर्किने त मन थियो,आन्दोलनै किन?
हारेकाले राज्य गर्ने?जित्नै पर्‍यो किन?
देशै कहाँ गाको छ र?राजीनामा किन?

सपना कैँ झुठो हुन्छ? उठिहाल्छौ किन?
एक्लो हुँदा थाकी सक्यौ? टुटिहाल्छौ किन?
धनी गरिव् साना ठूला-अझै बाँकी किन?
सत्ता,अर्थ पाएपछी-उस्तै हुन्छौ-किन?

सामन्तीको युग गयो?श्रम मन्द-किन?
साम्य-भाव परिक्षाको-घडी बन्द किन?
पार्टी शिक्षा शोषित छौँ-बन्देज छ किन?
सफलता हुन्छ-हुन्छ,संदेह छ किन?

हार्ने,जित्ने खेल हैन-स्वार्थ राख्छौ किन?
कैले यता कैले उता,'पार्टी'-चाख्छौ किन?
सिद्धान्त र निचोडमा,ध्यान दिन्नौ किन?
गाह्रो भन्छौ?सरल् चाहिँ,मार्ग लिन्नौ किन?

बूढी आमासँग के छ?अँश माग्यौ किन?
छोरी-सानी बेच्ने सूर?बंश मार्यौ किन?
जीवन्-दिन्छु भनाएर,द्यौता पाल्यौ किन?
घर्की प्यारी प्रियसीलाई,सौता हाल्यौ किन?

- अनन्तगोपाल रिसाल (May 06,2010)

नेपाली बाजा र संगीत

नेपाली बाजा र संगीत


मादलको धिन्तान् धिन्तान्,सारँङ्गीको र्याईँ
बाँसुरीको माधुरीमा-नाचौँ दिदि-भाई!
धिमे गर्ज्यो,नर्सिङले गर्छ च्याइँ च्याइँ
पञ्चे बाजा एकै चोटी,झ्याली झ्याईँ-झ्याईँ !


दमाहा र ढ्यांङ्रो ठोकी, डम्फू बजाउँला
शंख, घण्ट, डमरुमा भक्ति जमाउँला!
छाती ढक्क! ढोलकको आबाजले काहिँ!
कर्नालको तीखो स्वर,ट्याम्को छ्याँइ-छ्याँइ!

शेर्पा,बाहुन,गुरुङ,मगर,तामाङ्,नेवार
लिम्बु,थारु,गन्धर्व र धामी,सुनुवार!
मुर्चुङगा र मिर्दूङ्गाको मीठो आबाजले
स्वर्ग सरी हाम्रो देश, रिति-रिवाजले!


नगरा र धीमे ढ्याम्ढ्याम्, मुटु छुने डर
एकतारे टिङ्टिङ गर्छे, मुरलीको स्वर,
गीत-संगीत,स्वर मीठो,पाखा-भाका-गाउँ
साँच्ची छैन नेपाल झैँ, संसारमै ठाँउ!


- अनन्तगोपाल रिसाल (May 03,2010)

गौतम बुद्ध र अद्यात्म निर्वाण!


गौतम बुद्ध र अद्यात्म निर्वाण!
[बुद्ध जयन्ती-बैसाखको पूर्णिमा नजिक आउँदैछ! विश्वलाई अद्यात्म शिक्षा र निर्वाणको रहस्य दिने, योग र ध्यानका प्रतिपादक संरक्षक र प्रबर्धक भगवान बुद्धका सिद्धान्तलाई अझ संसारमा प्रचार र प्रसार गरौँ! उहाँका दिब्य महान बाणीहरुलाई आपसमा, अंमेरिकी, विदेशी साथी-भाइहरुसंग चर्चा गरौँ! आतंक र आशंका, धमकी र अविश्वासले त्रसित संसारका लागि एउटा नैतिक राजमार्ग बनोस्! बुद्धलाई मूर्ति र मन्दिर भित्र मात्रै सिमीत नराखौँ-उहाँ त सबैको सचेतन मन मन्दिर रुचाउनु हुन्छ! दरवारको विलासी पन भन्दा गरीबको पवित्र दिल कोठरीमा रम्नु हुन्छ, उदार हृदयको स्वच्छतामा जम्नु हुन्छ| बुद्ध त हामी सबैको साझा संपत्ती हो, विद्या हो, आत्म स्वरुपको ज्ञान, ईश्वरीय अनुग्रह हो! बुद्धलाई तिब्बत र बोध-गयामा मात्र सीमित नगरौँ-कपिलवस्तु, लुम्बिनी र Disney-का आँखाले मात्र नहेरौँ! सिद्ध, लामा र भिक्षुको मात्रै अधिकार नठानौँ! बुद्ध जातीय संघठन होईन यो मानवतावादको उकृष्ट आदर्श हो! भगवान बुद्धका आशिर्वादले सबै अंगुलीमाललाई सद्-बुद्धि दिउन् र चिर-स्थाई हिंसा रहित नेपाललाई पुन: अग्रगमनका लागि मार्ग दर्शन गरुन्! सहमतीय प्रणालीले ऐक्यबद्धता पाओस्, जीवनमा चाँडै नै परिपक्क निर्णय गरिउन्! नयाँ नेपालमा लेखिने संविधानमा हिंसाको, विभाजन, विखण्डन र द्वेशको कुनै क्लेश नपरोस्!भलै बुद्धको अहिंसा मानवतावादी प्रचार र साधनामा दरबारको सुख नमिल्ला,राजनैतीक प्रतिष्ठा नहोला तर अद्यात्म बैभव र चिर-स्थाई सुख अवश्य मिल्नेछ!]


बैसाखको पूर्णिमामा जन्म,ज्ञान पायौ
जीवनको सार सिकी बुद्ध बनी छायौ
संयमी र सुद्धाचार मन बचनमा 
निस्कामले कर्म गरौँ बुद्धि भजनमा

सिद्धार्थ हौ गौतम् बुद्ध,संसारको ज्ञानी
बैराग्यले दर्वार् छाड्यौ,संझी बुझी जानी|
अध्यात्मका गुरु,शिक्षक्-अहिँसाका दाता
स्वयंभू हौ सिद्धी पूर्ण-जागृत् नैतिक् नाता!

जन्म्यौ आँफै कल्पनाले,रक्षा गर्यौ साधु
संयम र निर्वाणका, प्रबुद्धका जादु!
संसारको चक्र-शुरु परिक्रमा, अन्त
छैन तिम्रो जन्म-मृत्‍यु,नियमले सन्त!

आकाश र हावा भित्र ब्योम व्याप्त ब्रह्म
चैतन्यता नाश छैन ओगटेर टम्म!
न्यानो सत्य सुन्दरको पाइ साथ गम्म
बुद्धत्वको अनुभव,गरौँ माथी सम्म!

कर्म के हो?फल के हो?जीवन् प्रवचन
मीठा तिम्रा बोली ज्ञान बाणी र बचन!
अनुयायी कति कति-मौखिक् परंपरा
लुम्बिनीमा जन्म तिम्रो,धन्य धन्य धरा!

भगवान् हे!बिष्णु लियौ नवौँ अवतार
वैरागले काटी जरा,मार्ग भव-द्वार
सिद्ध पैग़ंबर खोल्यौ,पायौ भोग्यौ दु:ख
चर्चा,शिक्षा,अभ्यासमा जीवनको सुख!

अवतरण् लिइ आयौ,प्रयोजन शिष्ट
पाप-अविश्वाश् हटे उत्साह विशिष्ट!
धर्म समाज् लौकिकता पुन:रक्षा गर्न
प्रेम-गर्छौ नियम-न छ दीन बिहिन!

माग्दैनौ क्यै लिने हैनौ दिने दिने मात्र
तप योग साधनामा मन दिने, पात्र !
द्वेश,ईर्ष्या आडंबर नराखेमा पुग्छ
बयान र बाणी सुन्दा हाम्रो शीर झुक्छ!


दण्ड दियौ दुष्टलाई मौन भाव सून्य
स्तूप गुम्बा जताततै घुमे तीर्थ पूण्य|
शाक्य राजा सुद्धोदन्का रानी महामाया
जित्यौ जीव-ईश्वरको ओहो मोह-माया!

राजकुमार्को विलास् जीवन,छाड्यौ दु:खमानी
यसोधरा राहुल् बने शिष्य ठूला ज्ञानी!
दुख जरा-रोग वृद्ध जीवन हो जान,
कपिल्वस्तु नगरी हो,संसारकै शान !

संयमता सु-धारणा सरलता राख
ईश्वरको भर पर जे जे मिल्छ चाख
विलासिता नराख है? विचारमा लाग
अन्नपूर्णा धर्तीबाट चाहेको के?माग!

हत्या,बली-कुरितीको मार्ग सफा फाँड्यौ
भिक्षु संत न्याय प्रेम समाजमा बाँड्यौ!
भोको प्यासा पथिक झैँ राजर्सी ब्रह्मर्षी
त्यागी,जोगी,लामा,मुनि,संन्यासी तपस्वी!

अहिंसाको पक्ष सधैँ अस्तित्वको खोज
दिव्य जन्म पवित्र छन् सूक्ष्म ईश-ओज!
रुढिबादी परंपरा बिरोधको माग
घमण्ड र रिस-राग,भस्म गरी खाग!

तप,ध्यान समाधिको,मध्यमार्ग-आधा
वैराग्य र ज्ञान,त्याग,लियौ बाटो साधा!
पिपलको बोट मुनी,मुनि आत्म-खोजी
बोध-गया मुक्ति मिल्यो आदर्श जो रोजी!

कसम् खायौ सत्यताको पायौ खोजी सार
आलोकले आत्मज्ञान,हट्यो जीवन्-भार!
घ्रिँणा,भ्रम,लोभलाई जिती समाजमा
धर्म,संघ खोली आज पुग्यौ संसारमा!

भिन्न जाती सिद्धांतका अनुशासन् भेष
गंगा बिहार् नेपालमा उत्तर्को प्रदेश
बोली पाली आर्य जस्तै लीला तिम्रो शेष
बुद्ध धर्म संघ-चर्चा - प्रवाह प्रवेश!

शरीरको मरण छ-आत्मा बुझी चाख
अनित्य यो जीवनमा नैतिकता राख|
परमात्मा तिमी बीच कोही देव छैन
मध्यस्थमा स्वर्ग-बीच हुने केही हैन!
अङ्गुलिमाल् अलाभक् धर्मान्तरित् भए
लूटेरा र चोरै पनि शिष्य बन्दै गए!
खुल्ला ढोका जात छैन चेत-संरचना!
पूजा प्रेम नियमको सजीब अर्चना!

भिक्षा दान सन्तुष्टीमा संयमको गर्व
जे जे मिल्छ त्यही खाए बुद्धत्वको मार्ग
निर्मल र प्रभावको दिव्य-स्पष्ट-ज्योत
प्रकाशका शुभ अंङ्ग अलौकिक श्रोत |

उत्कृष्टका आठै पद,चार आर्य सत्य
दुख हुन्छ हुन्छ तर जान त्यस्को तत्थ्य!
सोच बुझ बोल गर राम्रो आजीविका
दण्ड प्रयास् राम्रो मन शान्त एकाग्रता!

विश्व सारा तिम्रा लागि,एउटै समान
तन्त्र मन्त्र जन्त्र यन्त्र बुद्ध भगवान!
आत्मरुप शिव तिमी विश्वरुप श्याम
कृष्ण क्राईष्ट अल्ला स्वामी,सबैका आराम!

भारत ब्याङ्कक् चाइना पुग्यौ एसियाका तारा
श्रीलँका र बर्मा भरी तिम्रै गुण सारा!
धनी थियौ दर्बारका गरीबको प्यारा
शान्ति सुख संवृद्धिको,प्रतीक् चिन्ह नारा!

आस्तिक् नास्तिक् सबैमा छौ शुद्ध तिम्रो भाव
आकाश झैँ ठूला छाती छैन क्यै अभाव!
योगा संयम् ध्यान आशन्,योगी प्राणायाम
ईश्वरीय अंश वंश तिमी चारैधाम!

मान्छे जूनी लिए पछी बाँची मर्नु पर्छ
देवताको कर्म सके फेरि झर्नु पर्छ!
बुद्ध भन्नु बन्नु यौटै ईश्वरको साथ
सचेतन निर्वाण यो बोधी आत्मसात !!

Ananta Risal - 15 May 2010, 7:53am