Monday 28 June 2010

अनेसासु-बुहारी:सोह्र कला नव रस !

अनेसासु-बुहारी:सोह्र कला नव रस !

[सोह्र जना 'ट्रस्ट्री'-श्रस्टा भएको बिना भित्ताको साहित्यिक घर-अनेसासमा नौ नयाँ बुहारीहरु आशा र नेत्रित्व लिएर भित्रिदैँ छन्! मूल-घर-सँस्थाको ब्यवस्थापन गर्न कुन कुन कोठा र घरको साँचो पाईने हो भन्ने उत्साहमा विश्व-ब्यापी गर्मा-गर्मी चूनावी रण-भुमिमा सद्भावनाले आजदेखी उत्रिएका छन्! सम्पूर्ण बूहारीहरुका आ-आफ्नै अद्वितीय सृजनशीलता, घटना, बिवेचना, अवलोकना अनि आफ्नै माइती-घरमा भोगेका, झेलेका अनुभवहरु छन्! यो आफैँमा प्रसस्त, उत्साह र रोमान्चित बिषयको चासो छ! यो साहित्यिक सेवाको निश्वार्थ होड्बाजीलाई उदार, स्वतन्त्र र अत्यन्त सान्दर्भिक तहरले हेरी दिनु होला! जन्तीका पछि लाग्ने रमिते मतदाताले सबैलाई त सहयोग गर्न सकिँदैन-दरखास्थ परेका सबै बेहुली बिहे घरमा अन्मिने प्रथा हाम्रो समाजमा अहीले सम्म छैन! बाँकी रह्यो बुहारीको सच्चाई, प्रतिबद्धता, साहित्य-कला-संगीत सेवा र देश प्रेम-पति-परायणता र सतित्वताका लागि समर्पण! जति हाम्रो अनुभव खारिन्छ, नयाँ श्रष्टाहरु चिनिन्छन् त्यति नै आपसी सहयोगले-सँघ सँस्थाले नैसर्गिक गति लिन्छ!

हाम्रा सँस्क्रितिमा, लेखाइ-पढाइ र संस्कारमा पनि धेरै कुरितीहरुलाई सच्याइनु पर्ने छन्! पहिले पहिले बुहारीलाई हेर्दा-सासुहरुले नङ्याएर हेर्थे रे-कुनै शारिरिक खोट छ की भनेर! 'ए हामी त दुलाहा दुलही,बिहे'-भन्नेकुरा जन्ती बाजा बझाएर अन्मिएर गएपनि घर-गरेको दशक पछि मात्रै थाहा हुन्थ्यो रे! विश्वकै नेपाली समाजमा अहिले त प्रेम-बिवाह पनि शुरु भैसकेको को छ! कागत र कलम मसी र पुस्तकालय बिना श्रष्टाहरु चिनिन्छन्! चित्रकलाभित्र साहित्य र 'फेस्-बूक'-भित्र हज्जारौँ मित्रहरु भेटिन्छन्! आधा काम 'इन्टर्नेट,टेलिकम् र 'स्काइप्'-ले सजिलो बनाइ दिएको छ! हाम्रा कार्यशिलता र सिर्जनसीलताको पारखी पाठकले घरै बसी बसी गर्न सक्छन्! केटा केटीलाई घरै-बाट पनि राम्रो भाषिक ज्ञान, सँस्कारिक विद्या, बोधात्मिक संस्क्रिती र आध्यात्मिक परिचय दिन सकिन्छ! ट्रस्टी (अभिभावक) हुन् भने र कार्यकारिणी (घरकी बूहारी) हुन् र यी दुई मूल धारहरुका किनाराले राम्रो समन्वय राख्दा- सँसारमै छरिएर रहेका साहित्यिक घर-हरुमा हार्दिकता भित्र्याउन सकिन्छ! नयाँ तथा असाधारण सन्ततीले जन्म लिन्छ र कथा, नाटक, रचना, कला, समालोचना, संगित, छन्द, गजल बिधाहरुले सँसार प्रसिद्धी र अमरता दिन्छ! ]


स्वछ्न्द-रस
जति सक्दो लेख्नु पर्छ भन्नु पर्छ कुरा
देख्दा-सुन्दा मीठो लागोस्-भित्र गडोस् छुरा
अमेरिकी स्वतन्त्रता मुलुकको खुबी
साहित्यको कलमले हान्नोस् डुबी डुबी!


चुनावी-रस
नेपालीको संस्कारमा गल्ती देखाउने
टायर् बाल्ने, जुलुस् गर्ने, मसी घोप्ट्याउने?
दल बनाइ काम गर्छु भन्नोस्-'माग के छ'?
'संविधान बनाउनोस्'-बुद्धी कुलेलम् छ!


तागत-रस
विचारको 'भिटामिन्' र 'प्रोटिन' को सुई
चुनाव त आई-जान्छ सँस्था हाम्रो उही
बोट जस्तो-त्यस्तै फल्छ, काम हुनै पर्छ
दान-धर्म मिले पछी शान हुन्छ हुन्छ


पारिवारिक-रस
नाता दिदी आमा छोरा छिमेकी र गाउँ
छन्द कला नवै रस गजल् मीठो खाउँ
गर्न सक्ने मात्रै भन्नु,भन्या कुरा झट्ट
उडाएर चँगा माथी काटी दिनुस् चट्ट!


शान्त-रस
नाता गोता कृपा भेद सबै साईनो ल्याउनु
सहपाठी-योगी-कर्मी भारत् चाइना भ्याउनु!
सँसारको सह-बास जित्नु पर्छ युद्ध
शुद्ध-बुद्ध श्रष्टाहरु-किन हुनु, क्रुद्ध?


ब्यङ्ग्य-रस
ब्यक्ति-लाई हान्नु पर्छ, थर छानी छोड्ने?
सँस्था भन्नु के नै हो र? भित्ता छैन-फोड्ने?
आगो बालौँ दनदनी, कागजको हैन
कागजमा कलमको-रगत्-छ की छैन?

साहित्य हो-यस्तो कला,कलमले थुक्छ
काम गर्नु पर्ने हैन, कुरा गरे पुग्छ?
खवर्दार दिन भरी घर-कुरी भुक्छ
आज्कल त डिजीटल् छ,कैले मसी सुक्छ?

यताबाट उताबाट दिनु राम्रो दनक्
घर ठूलो साहित्यको वढी जावोस् चमक् !
आउन सक्छन् यहाँ कोही अर्थ-आद्यात्मिक
राजनिति,संस्क्रितिका ब्यङ्ग प्राविधिक


गौरव-रस
नेपाल र नेपालीको-माया गर्नेहरु
स्वतन्त्रता स्वाभिमानी-संझी मर्नेहरु!
राम्रा ब्यक्ति जनतन्त्र छानिएर आउन्
आत्म-गौरवका गाथा,संसारमा गाउन्


यथार्थ-रस
नेपाली हो भन्दैमा राम्रा हुन्नन् सँधै
किताब् लेख्यो भन्दैमा पढ्दैनन् सबै
राष्ट्र भन्नु ढुँगा-माटो मात्रै हैन,मन
जहाँ मिल्छन् भावनाका सहयोगी जन

समाज-सेवा-रस
निस्वार्थको परिवार लाभ-धर्म छैन!
अन्तर्द्रिष्टी राख्नु पर्छ-राजनीति हैन
लेखक र कविहरु शिक्षा-विद आउन्
सल्लाह र प्रश्नहरु-बिचारमा गाउन्
गाउँ-बेसी कथा-ब्यथा सँसारमा जाउन्!
सद्-भावना प्रशँसामा उत्क्रिष्टता पाउन्

जनतन्त्र-रस
काम राम्रो गर्नलाई जुलुस् चाहिँदैन
जुम्रा किर्ना उडुस् उपियाँ -किन्न पाहिँदैन?
अमेरिकी धरातल स्वतन्त्रकी रानी
निस्वार्थको समाज् सेवा सत्य सुन्दर् बाणी


शितल-चौतारी-रस
संस्था भन्नु पिपलको रुख अजँबरी
बाँचिरहोस् पैले पानी हाल्छौँ सधैं-भरी
निकै बर्षा पाई आफैँ जरो गाडी हाल्छ
रातो सेतो हर्यो-पात,हिउँमा झरी-हाल्छ!

फेरि आर्को मौसममा पाउवाले ढाक्छ
चुनावी र दलै-दल ईसाराले डाक्छ
नयाँ नयाँ साना नानी फूल्छन् बगैँचामा
हामी पनि देउसी-भैली,हाम्रै आँगनमा!

बिभत्स-रस
सोच्नोस् लेख्नोस् भन्नोस् सुन्नोस् गर्नोस् पोतापोत
मेरो, आफ्नो, हाम्रो-राम्रो खोस्नोस् छोपाछोप!
अझै कुरा नमिल्दामा गर्नोस् छ्यापाछ्याप
भेट हुँदा भुत्ला-भुत्ली, नङ्रा, हात-पात!

दुई-चार् वटा दाँत फुस्कोस् अँग-भँग बनुन्
'बल्ल केही गरेछन् नि!'-जनताले भनुन्!
खैरे-भैरे काले-गोरे नेपालीमा बोलुन्
कला संगित् नाच-गान,खल्ती निकै खोलुन्!


वीर-रस
धेरै भाषा-अनेकता धेरै घरवार
गैर्-जीवनको गाह्रो सानो परिवार
सासै जाला जस्तो गरोस् अनेसा पनि
बल्ल हुन्छन् नेपाली यी साहित्यमा धनी

विश्व-भाषा-रस
अँग्रेजीमा,जापानीमा, रुसी-शेर्पालीमा
नेपालीमा लेख-लेखुन् भाव हिमालीमा
लेख्दा लेख्दा कमाएर डलर् किताब् छाप्नोस्
जग्गा घर दरवार रोपनीमा नाप्नोस्


बिभुषण-रस
पद-पक्ष मात्रै हैन हाम्रा आभुषण
आफ्नै नाउँ-आफैँ गाउँ आफ्नै प्रकाशन?
तीन कुने झण्डा मात्रै हैन कला बाजा
समाज यो साहित्यको विश्व गीत साझा
भक्ति-रस
नारीजाति बेदनाका ब्यथाहरु बुझ्छिन्
ह्रिदयका माया सबै सन्तानमा दिन्छिन्
बेहुली र दिदीहरु-आमाहुनेलाई
भोट दिवौँ बुहारी र बैनी, छोरीलाई

साहित्यको मन्दिरमा रोपौँ फूल-ल्याई
भाषा-भावनाले सजौँ नानी-हरुलाई
सोह्रै आना बिचारको कला नव रस
परिवार ठूलो बन्दै जावोस् अनेसास

-अनन्तगोपाल रिसाल [28th June, 2010]

No comments:

Post a Comment