Wednesday 9 June 2010

बिदेशमा बस्ने नेपालीहरुलाई द्वेध नागरिकता


बिदेशमा बस्ने नेपालीहरुलाई द्वेध नागरिकता

डा. शम्भु प्र. ढुंगाना अध्यक्ष, फ्रेन्ड्स अफ नेपाल - लस एन्जेलस् र ए. एन. ए. को कार्यकारी सदस्य तथा अनन्तगोपाल रिसाल अध्यक्ष, फ्रेन्ड्स अफ नेपाल - न्यूजर्सी र ए. एन. ए. को कार्यकारी सदस्य

१९९० देखी द्वेध नागरिकता दिने राष्ट्रहरुको संख्यामा वृद्धी भएको छ र अहिले त त्यो संख्या १५० नाघेको छ । क्यानडा र अस्ट्रेलिया जस्ता ठूलो देशहरुले, यु. के., स्विडेन, जर्मनी, फ्रान्स र स्पेन जस्ता धेरै यूरोपली राज्यहरुले पनि आफ्नो कानूनमा यो कुरा स्पष्टरुपमा उल्लेख गरेका छन् । यो कुरा बिकसित राष्ट्रहरुमा मात्र सिमित छैन । बिगत ६ बर्षमा ६ वटा दक्षिण अमेरिकि राष्ट्रहरुले पनि द्वेध नागरिकतालाई स्वीकृती दिएको छ । लाट्भिया, लिथुआनिया र क्रोएसिया जस्ता १९९० मा वा त्यो भन्दा पछी बनेका देशहरुले पनि दिएका छन् । नेपालको छिमेकी 'सार्क' मुलुकहरु, श्री लन्का र माल्दिभ्सले पनि द्वेध नगरिकतालाई मान्य दिइसकेको छ र त्यसै गरी भारतले पनि भर्खरै आफ्नो विदेशी नागरिकताको सुरुवात गरेको छ ।

द्वेध नगरिकताले एउटा राष्ट्रलाई मात्र नभएर सम्बन्धित दुबै देशहरुलाई अत्यन्तै लाभदायक र फाप सिद्द हुन्छ । अरु देशहरुको अवलोकन गर्दा, प्रवास लिने र दिने दुबै देशहरुलाई द्वेध नागरिकताले फाईदा पुर्याएको छ|भविश्यका संभावित सहकार्यतालाई निकै सरल बनाइ दिन्छ । धेरै नेपालीहरुको मनमा नेपालको लागी गहिरो माया छ जुन माया उनीहरु देश छोडेर गएको बर्षौँ सम्म पनि बिर्सिदैनन् । तर नेपालले पनि बिदेश बस्न गएकाहरुलाई बिर्सनु हुँदैन । नेपाल र नेपालीपनको सांकृतिक प्रभाव संसार भरी पार्नु र त्यसलाई दिगो कायम राख्नु आजको रहर मात्रै नभएर आबश्यकता पनि । त्यसको साथै द्वेध नागरिकतालाई अनुमती दिने हो भने नेपालले विश्व जनशक्तिमै बौद्धिक पुंजी, आर्थीक प्रोत्साहन र बैदेशिक पक्षपोषनका शाखाहरुबाट धेरै लाभ लिन सक्छ ।

व्यक्तिगत तर्फबाट हेर्दा द्वेध नागरिकताले विदेशमा बस्ने नेपाली समुदायहरुलाई राष्ट्रिय दायित्वमा अझ साझेदार र स्वामित्वको सृजना गराँउछ । नेपालीहरुको नेपालसँग बलियो नाता छ, तर आफ्नै देशको नागरिकता गुमाउनु पर्‍यो भने त्यो नाता बनाइ राख्न गार्‍हो हुन्छ । नेपाली केटाकेटीहरु आफ्नो मातृभुमिबाट नै बन्चित भए पछी नेपाली भाषा सिक्न र कायम राख्न उत्तेजित हुँदैनन् । द्वेध नागरिकता नभएपछि नेपाली नगरिकता नै नभएका नेपालीहरुलाई आफ्ना छोराछोरीहरुलाई नेपालको बिद्यालय पठाउन वा नेपालमा सम्पत्ती किन्न र ब्यापारमा लगानी गर्न पनि गार्‍हो हुन्छ । त्यसैले द्वेध नागरिकताको मुख्य चासोको विषय र आकर्षण स्वयँ विदेशिएका गैर-नेपालीहरुलाई नै छ ।

आर्थिक रुपमा द्वेध नागरिकताले नेपाललाई धेरै फाइदा छ । अहिले वर्तमान स्थितिमा नेपालीहरु विदेसिनाले एक तर्फबाट उत्कृष्ट प्रतिभा र बौद्धिक व्यक्तित्वहरु पलायन भएको छ भने अर्को तिर विदेशी लगानीले देशको अर्थतन्त्रमा ह्रास गराएको छ । विदेशमा बसेर पढ्ने नेपाली विद्यार्थीहरुलाई दुबै देशको नागरिकता गुमाउने डर नभए उनीहरु पनि नेपाल फर्कन अझ प्रोत्साहित हुनेछन् । जसका कारण नेपालैमा धनरासी र बौद्धिक लगानी पनि बढ्नेछ । भिसाहरुमा सरलीकरण भएको भए कुनै पनि नेपाली नेपाल फर्केर आउन र ब्यापार सुरु गर्न उत्साहित हुन्थे । द्वेध नागरिकता भएको नेपालीले नेपालमा त्यहिँ कै मापदंड अनुसार ब्यापार गर्न पाउने अधिकारलाई पक्कै पनि सह्राहना गर्नेछ । जब गैर-नेपाली ब्यापारका uद्देश्य लिएर नेपाल फर्कन्छ उसले पक्कै पनि आफूसँग ब्यापारका सहयोगी राष्ट्रिय हितका उच्च्तम सीप, ज्ञान र बिचारहरु ल्याएको हुन्छ । अब यो त भन्नै पर्दैन नयाँ ब्यापार भन्नाले नेपालीहरुका लागि नेपालमा नयाँ जागिरका अवसरहरुको प्रसस्त निर्माण हुन्छ ।

उमेर पुगेका धेरै गैर-नेपाली वृद्ध समुदायलाई पनि विदेशमा बसेर कमाएको संवृद्धी, जीवनको उत्तरार्धमा नेपालमै बिताउने र खर्चिने रहर हुन्छ । अवकाशप्राप्त जीवन लिईसकेका गैर-नेपालीहरु स्विडेन, जर्मनी र अमेरिका जस्ता करको नियम कडा भएका देशहरुमा बसेका हुनाले पनि उनीहरु आफ्नो कमाइ नेपालमा जम्मा गरेर राख्न बढी रुचाउँछन् । त्यसले नेपालमा रहेका बैंकहरुमा आम्दानीको श्रोत बढाउँछ र लेन-देनको ब्यापार बढाउनका साथै सरकारलाई पनि करको आय बढाँउछ | जसले देशका अन्य नागरिकका दैनिक सेवा र सामाजिक कार्यक्रमहरुमा मद्दत गर्दछ ।

नेपाललाई माँया गर्ने नेपालीहरु मात्र छैनन् । नेपालको अथिती सत्कार, साँस्कृतिक विविधता, प्राकृतिक सौँन्दर्यताका बारेमा धेरै विदेशीहरुले लेखेर,बोलेर वा त्यहीँको जीवन यापन गरेर बयान गरिसकेका छन् । त्यसको एउटा प्रसिद्ध उदाहरण सर एड्मण्ड हिलरी हुन् जो नेपालको निष्ठावान समर्थक र प्रसंसक मित्र पनि हुन् । उनले नेपाल प्रतिको आजीवन माँयाले गर्दा नेपालमा बिद्यालयहरु र चिकित्सालयहरु खोलेका छन्| तर अझ महत्वपुर्ण कुरा त के भने उनले गर्दा नेपाल र नेपालीहरुको स्थान र प्रतिष्ठा संसारमा नै बढ्न पुगेको छ । न्यूजिल्यान्डमा नेपालको बारेमा थाहा नभएको र नेपालीहरुको बारेमा बढाइ नगर्ने नै कोही पनि छैन होला । हिलरीले २००३ मा नेपालको मानानीय नागरिकता लिए । एउटा विदेशीले त नेपालको लागि यती गर्न सक्छ भने संसारmaa छरिएका नेपालीहरुबाट त हामी अझ कति बढी आश गर्न सक्छौँ होला?

अन्त्यमा जब नेपालीहरुलाई द्वेध नागरिकता दिइनेछ, उनीहरु बसेको विदेशमा नेपाली मुद्दाहरुका लागी सचेतता बढेर जानेछ । नेपाल भन्दा सानो र भर्खर १९४८ मा मात्र स्थापना भएको देश इज्राइलले अन्तर-राष्ट्रीय समुदायमा आफ्नो आर्थिक र राजनैतिक तागतको उल्लेखनिय वृद्धी गरेको छ । अर्मेनिया पनि नेपाल भन्दा सानो भू-परिव्यष्ठित राष्ट्र र भौगोलिक र संसाधनको हिसाबमा पनि कम अनुकुल भएको देश भएता पनि विदेशमा बस्ने अर्मेनिहरुले अर्मेनियाको लागि आर्थिक र राजनैतिक मुद्दाहरुमा मदत गरेका छन् । गैर-नेपालीहरुले नेपालको लागि राजनैतिक क्षेत्रमा पनि धेरै नै सहयोग गर्न सक्दछन् । Valdas Adamkus को नै उदाहरण हेरौँ । ऊनी १९४४ मा लिथुआनियाबाट विदेशिए र लगत्तै अमेरिकि सरकारको उच्च तहका प्रशासक भइ वातावरण संरक्षण संस्थामा छेत्रीय प्रशासक भए । लिथुआनियाको स्वतन्त्रता पछी आफ्नो देशको माँयाले आदमकसलाई लिथुआनिया फर्केर त्यहाँको राजनितिमा भाग लिन उत्सुक बनायो । १९९८ फेब्रुअरी २६ मा आदमकस लिथुआनियाका राष्ट्रपतिमा निर्वाचित भए| आज राष्ट्रपति नभए पनि उनलाई लिथुआनियाको नैतिक अधिकृत मानिन्छन् । यसले देखाउछ कि कयौँ दशक पछी पनि उनको आफ्नो मातृभुमिप्रतिको माँया कहिले पनि मरेन । द्वेध नागरिकताको अनुमती दिनु भनेको नेपालले आफ्नो सन्तानको र नेपालीहरुले आफ्नो मातृभुमिको सेवा गर्न दिने सबै भन्दा सहज आह्वान एवँ भावुक व्यवस्था हो । धेरै भन्दा धेरै देशहरुले द्वेध नागरिकताको प्रत्यक्ष फायदाहरुले देख्न थालेका छन् र नेपालले पनि त्यसो गर्नमा नेपालकै सर्वश्रेष्ठ हित हुन्छ भन्ने कुरामा कुनै शंका छैन ।

यसमा नेपालले के गुमाउँछ त भन्ने प्रश्न उठन् सक्छ? केहि पनि गुमाउँदैन । बरु द्वेध नागरिकता गठन प्रणालीले नेपाललाई अनगिन्ती फायदाहरु हुन्छन् । जती दुनियाँ भरी फैलिएर बसेका शिक्षित नेपालीहरुले आफ्नो पारम्परिक घरमा योगदान दिन्छन्, नेपालले अन्तर-राष्ट्रिय तहमा समृद्ध र शान्तिपूर्ण देश भनेर त्यतिनै भाग लिने मौकाहरु पाउँछ । के नेपाल यसको लागी तयार छ त? त्यो त अब त्यहाँका नेताहरु, बुद्धिजिवीहरु, व्यापारी समुदाय र सरकारी अधिकृतहरुको मानसिकतामा भर पर्छ । नेपाली इतिहासको यो गम्भिर अवधीमा हाम्रा नेताहरुले र संसारभरिका नेपालीहरुले - हाम्रो देश कता लाने त?- भन्ने कुरामा महत्वपूर्ण निर्णयहरु लिन अत्यावश्यक छ।

ए.एन.ए र एन.आर.एन.ए जस्ता विदेशमा रहेका मुख्य नेपाली संस्थाहरुले नेपालमा द्वेध नागरिकताका लागि धेरै बर्ष देखी पर्खिरहेका र त्यसको लागि विभिन्न पहल र सभाहरुको योजना गरिरहेका छन् | गत: दशकमा धेरै चोटी कांचुली फेरेका नेपाल सरकारलाई पुन: पुन: यिनै गैर-नेपालीको द्वेध नागरिकताको प्रणाली दिनका लागी अनुरोध गरिरहेका छन् । नेपाल सरकारकै अस्थिरताका कारण यी महत्वपूर्ण मुद्दामा अनिच्छुक देखिएका कारण पनि विभिन्न होलान्। कोही नेपालीले सोध्लान्: "नेपाली नागरिकता नै किन चहियो र? नागरिकता प्रमाणपत्र कसैले खोसेको छैन त । नेपाल जुन बेला पनि फर्किए भैहल्यो नि । जब सम्म तिमी नेपाली बोल्छौ र नेपाली जस्तो देखिन्छौ, कसैले पनि तिमी नेपाली होईन भन्ने कल्पना नै गर्दैन नि ।" वास्तबमा अहिले हालत यस्तै नै छ । नेपालमा नागरिकताको नियम कसैले पनि लागु गरेको छैन र कसैले सबैको नागरिकता जाच्न पनि संभव छैन । तर द्वेध नागरिकतामा जोड दिने अर्को कारण विदेशमा बसेका दोश्रो र तेश्रो पिढिका नेपालीहरुमा नेपाली संस्कृतिको बोध बनाइ राख्न पनि जरुरी छ ।

नेपाललाई कसरी फायदा हुन्छ त? पारिमाणिक विस्लेषण

१९ सौँ शदिको औध्योगिक क्रान्तिले पुंजिवादी अर्थव्यबस्था भएका राष्ट्रहरुमा rapidper-capita growth को युग सुरु गर्‍यो । इतिहासकारहरु पनि यो कुरामा सहमत गर्छन् कि यो एतिहासिक जागरणले गर्दा अमेरिका र बेलायत लगायत अरु धेरै बिकसित राष्ट्रहरु समृद्ध भए । त्यसैगरी २० औँ शताव्दीको अन्त्यतिरलाई सूचना प्रौद्योगिकी क्रांतिले स्थापना गर्‍यो । यो क्रान्तिमा सहभागी भएका देशहरुले आफ्नो समृद्धी देखे । २१ शौँ सदिले पनि यही प्रवृत्तिको पालना गर्दै आएको छ र दिन प्रती दिन विश्वलाई नै एउटा ठूलो गाँउ भनेर सँरचना गरिएको छ । संसारको अर्थव्यबस्थाको पृष्ठभुमिमा नेपाललाई धेरै पहिले देखिनै शक्तिहीन र बिकासशील देशको रुपमा प्रस्तुत गरिएको छ | अन्तर्राष्ट्रिय रुपमा अघि बढ्नका लागि नेपालले आफ्नो सांस्कृतिक पहिचनलाई कायम राख्दै आर्थिक र राजनैतिक क्षेत्रमा सबल निर्णयहरु लिन जरुरी छ । त्यसका लागि संसारको कुनै पनि कुनामा रहेका नेपालीहरुको जन भावना, शक्ति, श्रम तागत र समर्थन चाहिन्छ । जसरी २० सौँ सदिको अन्त्य तिर विनास हुन आटेको अवस्था देखी जापानले आफूलाई तीव्र गतिमा संसारको सबै भन्दा शक्तिशाली राष्ट्रहरु मध्य एक बनाउन सफल भयो त्यसरी नै नेपालले पनि नयाँ क्षितिजमा उदाउने मौका पाएको छ । संसारमा गरीबी र दरिद्रीका लागि मात्र चिनिने नभएर प्राकृतिक विविधताका लागि प्रसिद्धी कमएको नेपालको कल्पना गरौँ त! एक दिन पक्कै पनि नेपाललाई स्विजरल्यान्डसँग आफ्नो प्राकृतिक सुन्दरता मात्र नभएर नेपालीहरुको समृद्धी र उच्च जीवनशैलीसँग पनि तुलना गरिने छ ।

यो अनुमान गरिएको छ कि १० लाख भन्दा बढी नेपालीहरु नेपाल र सार्क मुलुक बहिर छन् । त्यसको पनि एक चौथो भागका नेपालीहरु बेलायत र अमेरिका जस्ता बिकसित देशमा बस्छन् । त्यसको अनुसार लगभग ५ लाख नेपालीहरु अमेरिका, क्यानडा, बेलायत र अरु यूरोपली मुलुकहरुमा छन् । यो लेख पनि यही जनसंख्यामा केन्द्रीत छ । संसारभरिका ५ लाख नेपालीहरु व्यबसायी र अव्यबसायी दुबै मिलेका छन्-प्राध्यापक, ईन्जिनियर, डाक्टर र वकिल देखी लिएर ठेकेदार, कलाकार, विद्यार्थी र व्यबसायी सम्म । विदेशमा बसेका यी जनसंख्याले नेपालमा प्रौद्योगिक उन्नती र आर्थिक धनराशी र श्रम-पूँजी सजिलैसंग ल्याउन सक्छन् । अझ उनीहरु नै अन्तर्राष्ट्रिय समाजका एकात्मकता लागि सेतु बन्ने छन्| नेपालको प्रतिष्ठा र विश्वको बिचका उत्प्रेरक बन्ने सक्ने छन् । आर्थिक रुपमा मात्र हेर्दा पनि, यि व्यक्तिहरु नेपालको स्थानीय अर्थव्यबस्थाको मुल स्रोत हुन् । तल त्यही तर्कको बिश्लेशण गरिएको छ ।

मानौँ कि ती मध्ये ५-१० प्रतिसत जनता हरेक बर्ष नेपाल फर्कन्छन् रे! ल हेरौँ उनीहरुको आर्थिक प्रभाव मात्र पनि कती ठुलो हुन्छ:
५% भनेको २५,००० मान्छे नेपाल आए र लगभग $२००० खर्च गरे भने बर्षको $५०,०००,०००
१०% भनेको ५०,००० मान्छे नेपाल आए र लगभग $२००० खर्च गरे भने बर्षको $१००,०००,०००

अब मानौँ कि नेपाली सरकारले विदेशमा बसेका नेपालीहरुलाई कुनै पनि प्रतिबन्ध बिना नेपालमा अवकास लिन छुट दियो रे! वास्तविकतालाई हेर्ने हो भने हामी ति मध्य १% नेपालीलाई नेपाल फर्कन र अवकास लिन्छन् भन्ने आस गर्न सक्छौँ । त्यो भनेको के हो त? ५ लाख को १% अथवा ५००० जना मान्छे जसले महिनाको लगभाग $१००० खर्च गरे भने = $५,०००,००० हरेक महिना अर्थात् $६०,०००,००० बर्षको हुन जान्छ । यदी ती ५००० जनाले मात्र २ जना मान्छेलाई मात्र पनि घरको काममा सघाउन राखे भने स्थानीय रुपमा १०,००० नँया कामहरु उत्पन्न हुन्छन् । अझ मानौँ विदेशमा बसेका नेपालीहरुलाई आफ्ना छोराछोरीहरुलाई नेपाली सिकाउन मन लागेर एक बर्षका लागी मात्र एक जना छोरा-छोरी नेपाल पढ्न पठाए रे ! १२५,००० परिवारहरु बाट, ४ जनाको हरेक परिवार मानौँ, लगभग २५,००० पुग्छ यदि हामीले ५ बर्षको आंकडा राख्यौँ भने । हरेक केटकेटीले मानौँ महिनाको $५०० खर्च गर्छ रे! ती केटाकेटीहरुको महिनाको खर्च $१२,५००,००० हुन्छ वा बर्षको $१५०,०००,००० हुन्छ ।

नेपालमा संभाव्य लगानीहरु:

नेपालमा पढ्ने गैर-नेपाली विद्यार्थीहरुको लागी मेडिकल र ईन्जिनियरिङका कलेजका ब्यवस्था राम्रो बनाइयो भने यो संख्या अझ धेरै माथी पुग्छ । अब विदेशमा बस्ने नेपालीहरुले नेपालमा लगानी गर्ने संभावना हेरौँ । नेपाललाई कसरी लाभ हुन्छ त र कती हद सम्म? विदेशमा बस्ने ५००,००० नेपालीहरु मध्य झन्डै आधा जती सुरुमा विदेसिँदा विद्यार्थी भएर गएका थिए । त्यसको मतलब २५०,००० नेपालीहरु सँग अहिले विदेशी योग्यता र उपाधी छ । यदि नेपालले लगानिका लागि सकारात्मक वातावरण बनाउन सक्यो भने हामी यी शिक्षित नेपाली मध्य कम्तिमा पनि १० प्रतिशत जनसंख्या नेपाल फर्केर लगानी गर्नेछ्न् भन्ने आश गर्न सक्छौँ । मानौँ औसत लगानी $१००,००० मात्र छ रे ! त्यसले नेपालमा $२५,०००,००० लगानी ल्याउँछ । यो $२५,०००,००० ले नेपालमा सजिलै २५०,००० जागिर उत्पन्न गर्न सकिन्छ ($१०,००० को लगानिले एउटा जागिर उत्पन्न गर्न सक्छ भन्ने हिसाबमा) । अहिले सम्म यी अंकहरुले प्राथमिक लगानिको मात्र प्रतिनिधित्व गरिरहेको छ । दोश्रो र तेश्रो पुंजिहरुले पनि समान लगानी ल्याउँछन् ।

माथिका ती हरेक क्षेत्र र विभिन्न विधाहरुमा नेपालमा पर्यटक झैँ घुम्न आउने देखी लिएर, नेपालमा अवकास लिने र नेपालमा पढ्न आउने केटीकेटी सम्म हामीले याद राख्नु पर्ने कुरा के भने यो कुरा तब मात्र लागु हुन्छ जब विदेशमा बस्ने नेपालीहरुले हाम्रो मातृभुमी फर्कन कुनै बाधा-ब्यवधान महसुस गर्दैनन् । अहिलेको समयमा विदेशमा बस्ने नेपालीहरुले विभिन्न व्यबधान र समस्या भोगेका छन्| भिसा लिन मात्र पनि अनावस्यक शुल्कहरु तिर्नु पर्छ । पक्कै पनि यसले विदेशमा बसेका धेरै नेपालीहरुलाई फर्कने उत्साह दिंदैन | उनीहरुको मातृभुमीले उनीहरुलाई उनीहरु जस्तो छन् त्यस्तो रुपमा स्वीकार गर्दैन र यो गैर-नेपालीलाई एक अमान्य विषय बन्न पुगेको छ । विदेशमा बस्ने र नेपालको लागी योगदान गर्न खोज्ने नेपालीलाई एउटा विदेशी जस्तो व्यबहार गर्न हुँदैन भन्ने उनीहरुको माग र धारणा पनि | वास्तवमा हेर्ने हो भने त द्वेध नागरिकता मान्य गरेका धेरै राष्ट्रहरुले त विदेश बसेका जनताहरुलाई देश फर्कन र आफ्नो राष्ट्रको लागि योगदान दिन प्रोत्साहन गर्छन् । इस्राएल एउटा उदाहरण हो जसको प्रवासीहरुले धेरै प्रगति गरेका छन् । अमेरिकामा नै पनि यहुदी समाजलाई विश्वका नागरिकले उनीहरुको आर्थिक उन्नती र बलियो संस्कृतिबाट चिन्छन् । कयौँ राष्ट्रिय र निजी कोषहरुले गर्दा कुनै पनि व्यक्ति जति नै टाढा भए पनि बिना कुनै शुल्क इस्राएल फर्कन सक्छ । जन्माधिकार इस्राएल एउटा त्यस्तै कोष हो जसको अनुसार यो उपहार एकताको भावना अनि आफ्नो पहिचान र संबन्ध कडा बनाउनका लागि बनेको छ । यो त स्वभाविक हो कि संयुक्त रास्ट्र संघको human development index(HDI) मा इस्राएल मध्य पूर्व राज्यहरुमा सबै भन्दा माथी छ । अझ चौथो र पाचौँ पिढिका यहुदिहरुले पनि आफ्नो सांस्कृतिक पहिचान र देश सँगको बलियो नाता बनाइ राखेको छ।

संविधानिक प्रावधानद्वारा समस्याको समाधान:


यदि गैर-नेपालीहरुलाई यस्तो वाताबरणको सृजना गरिदिने हो भने नयाँ नेपालको संवृद्धी, अर्थतन्त्र र सार्बभौम विकासमा कुनै रोकावट हुने छैन! नयाँ संविधानमा दोहरो नागरिकताको प्रावधान राख्नु नै यसको सबैभन्दा सरल समाधान हो|हामी नेपालको सबभन्दा महत्वपूर्ण समयमा दुई पीढ़ीको विवाद अर्थात् दोहरो नागरिकता अपनाउने की नअपनाउने भन्ने दोबाटोमा उभिएका छौँ| जुन व्यक्ति र समुदाय यस्का विरोधमा लागेका छन्-तिनीहरु अवश्य पनि आउने पीढ़िहरुका लागि जिम्मेवार हुनेछन्|अहिले देखा परेको यो समृद्धशाली अवसरलाई हामीले किन अपनाएनौँ त? उहाँहरुको के उद्धेश्य र विकल्प हुन सक्दथ्यो? हामीलाई दृढ़ विश्वास छ की यो प्रकरणले नेपाल तथा सम्पूर्ण साधारण नेपालीलाई तीनको इच्छा बमोजिम विकासका संभावनालाई अझ प्रोत्साहित गर्ने छ! जो व्यक्ति अर्थात् समुदाय यस घडीमा दोहरो नागरिकता संभव बनाउनका लागि सहयोग गर्ने छन् तिनीहरुलाई नयाँ पीढ़िले भविश्यमा सम्मान र प्रतिष्ठाका दृष्‍टिले हेर्नेछन्| त्यसैले यो हाम्रो विनम्र अनुरोध छ की जो अहीले नयाँ नेपालको लागी नयाँ संविधानको संरचनामा भागेदार र तयार गर्दै हुनुहुन्छ कृपया यो निर्णायक बिषय वस्तुलाई अगाडि लैजानका लागि यो अवसर नगुमाइदिनु होला| विदेशमा रहेका गैर-नेपालीहरुलाई दोहरो नागरिकता दिएर एक समृद्ध नेपालको सर्वाङ्गिण विकासमा सहभागी भइदिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ!

No comments:

Post a Comment