Friday 4 June 2010

बाँकी छ !



जन-सबै मिलिजुली बस्नै बाँकी छ
एकताको मूल-मन्त्र कस्नै बाँकी छ
ब्यवस्थाको मुद्दा अहिले छिन्नै बाँकी छ
नेपालीले नेपालीलाई चिन्नै बाँकी छ

न्यायाधिस्ले न्यायालय खोल्नै बाँकी छ
स्वतन्त्रको खुल्ला मनले बोल्नै बाँकी छ
घर-सहर् शिक्षालय खोल्नै बाँकी छ
विज्ञानले देशलाई बाँध्नै बाँकी छ

पारदर्शी ब्यबस्थालाई साँध्नै बाँकी छ
जनतन्त्र खुशियाली नाँच्नै बाँकी छ
धर्म कर्म अध्यात्ममा बाँच्नै बाँकी छ
शान्ति सेवा सुरक्षा खै? मन्त्रै बाँकी छ

सबैलाई मिलाइदिने तन्त्रै बाँकी छ
रक्तपात छाडी माया गर्नै बाँकी छ
सीप-साँधी हाम्रो हात,गर्नै बाँकी छ
बन्दूक र गोली अब फाँक्नै बाँकी छ

औषधी र यन्त्र कति किन्नै बाँकी छ
राष्ट्रसंघ नेपालमा लानै बाँकी छ
नेपालीको 'नेपाल-घर' बन्नै बाँकी छ
गोर्खालीको दरो मुटु देख्नै बाँकी छ

बुद्ध सिता जनकलाई हेर्नै बाँकी छ
भाषा,कला संस्क्रिती यी छर्नै बाँकी छ
अन्ध-विश्वाश,कुरुतीलाई गोड्नै बाँकी छ
आपसमा आदर र कदर बाँकी छ

देश विदेश बयान सुन्न श्रमै बाँकी छ
लाटो बुद्धी बाठो बन्न छिट्टै बाँकी छ
होसियार,उदार हुन निकै बाँकी छ
तराई र हिमाललाई जोड्नै बाँकी छ

लुम्बिनी र गुम्बा भित्र दौड्नै बाँकी छ
मन्दिर्-मस्जिद् पूजा-चर्चा हुनै बाँकी छ
हामीले आफैँलाई चिन्न अझै बाँकी छ!
गरिबीको रेखामाथी चड्नै बाँकी छ

सफा सुग्घर् हुने धोको जिउनै बाँकी छ
हिमालको मूल पानी पिउनै बाँकी छ
गाउँघरमा स्वास्थ शिक्षा पुग्नै बाँकी छ
परालैको आगो पनि निभ्न बाँकी छ

नेपालीले नेपालीलाई चिन्नै बाँकी छ
रिसै रिसमा अनर्थको ज्वाला बाँकी छ
माइतीबाट प्रिये लाई ल्याउनै बाँकी छ
स्वतन्त्रले जिन्दगानी जिउनै बाँकी छ

आफ्नै देश दिल खोली मर्नै बाँकी छ
हातेमालो अँकमाल गर्नै बाँकी छ
मीठो मुस्कान प्रेम-ज्योति बाल्नै बाँकी छ
कोशी राप्ती कर्णालीले सिँच्नै बाँकी छ

खेत कूटो कोदालीले खन्नै बाँकी छ
गुन्यु चोली पछ्योउरी ती भिज्नै बाँकी छ
मकै धान भकारीमा भर्नै बाँकी छ
दुईचार् पैसा ब्यापारमा लाउनै बाँकी छ

गाइगोठ सफा राखी दुनै बाँकी छ
बेचिएका चेलीबेटी ल्याउनै बाँकी छ
बाछ्छी बाख्री आँगनमा ब्याउनै बाँकी छ
हजारौँ छन् हिमशिला चढ्नै बाँकी छ

समाज्मा प्रेम-जरा गढ्नै बाँकी छ
अन्याय-असत्य सँग लड्नै बाँकी छ
हिमालको शान्ति बोकी घुम्नै बाँकी छ
संस्कारको विकासमा उठ्नै बाँकी छ

राजनैतिक निकाश्मा जुट्नै बाँकी छ
नेतालाई मार्ग दिन अझै बाँकी छ
आतंकीलाई दण्ड दिन निकै बाँकी छ
उद्द्योग र सीप कला बाँड्नै बाँकी छ

राष्ट्रियता के हो बुझ्न पूरै बाँकी छ
देशलाई स्वर्ग भन्न अझै बाँकी छ
तिनकूने झण्ड अझै बोक्न बाँकी छ
विदेशको हस्तक्षेप रोक्न बाँकी छ

जनतालाई अश्लिल ठट्टा के नै बाँकी छ?
भ्रमै भ्रममा लुट्ने पिट्ने निकै बाँकी छ
रगत र मासु गले हड्डी बाँकी छ
गणतन्त्र आइसक्यो, गद्दी बाँकी छ

मिठो सबै खाइसके रद्दी बाँकी छ
सुनको दिन उदाउन छिट्टै बाँकी छ!

-अनन्तगोपाल रिसाल [लक्ष्मीपूजामा बाचन गरिएको, INLS-NY 2005]

No comments:

Post a Comment