[सबैको जीवन केटाकेटीमा दुधको बोटलबाट सुरु भएको हुन्छ! बिस्तारै कोक, फ्यान्टा, पेप्सी र अरु सोडाका बोटलमा बसाइँ सर्छ! ठाडो घाँटी लगाउन बिस्तारै सिक्छन्! हुँदा हुँदा कतिले चाहेर वा नचाहेर, मानेर वा नमानेर, कर कापमा बिस्तारै सूराका बोतलले धेरैको जीवनमा साहारा पुगाएको छ रे! बिगारेको छ की सपारेको छ भन्ने कुराको बिबाद पूर्णरुपले गर्न त बाँकी नै छदैँ छ! कतिले स्वास्थका लागि शुरु गरे भने, कतिले समाजका लागि! कतिले सशुरालीका लागि त कतिले शालीका लागि! जडिबुटी र औषधीको बोटल त उत्तरार्धका सहायक भएका छन्! हुँदा-हुँदा मानिसको जीवनको अन्तमा चाहिने गँगाजी जल पनि तिनै कुनै बोतलमा सुरक्षित राखिनु पर्दछ! सबै रस र बोतलको उपभोक्ता र उपयोग्ताहरु आ-आफ्ना रुची, जिज्ञासा र आवश्यकता कारण तिनैको शरणमा परेका छन्! ]
अलि अलि सँझना छ पैलो बोतलको
दोश्रो बोतल् खुल्दा अहा!नयाँ नयाँ के हो?
तेश्रो खुल्दा हराइयो, पुगेँ माथी तल !
रातै बिते निदाइयो ब्युँझिएछु अब!
साँझ परे पहिलो बोतल् खुली हाल्यो जब
'नाहिँ-नाहिँ' भन्दा भन्दै जुटी हाल्यो दल
'भर्खरै भो पिउँन थाँले'- कसो कसो लाग्छ
'नाँच्न गाउँन मन लाग्ने', लाज सबै भाग्छ!
जीवनमा चारै बोतल् खाँइदो रैछ किन?
दुध पैले पछि कोला-ढल्किँदैछ दिन
कफ बाथ पित्त कडा, औषधीमा दम
जादु-गरी बोटलमा रम झम-झम !!
'टकिला' र कागतीको 'जुस'-मार्गरिटा
नून हाल किनारमा 'आइस्'-मजासित!
अँगुरकै झोल,'बेरी', 'भेरी-भेरी'-'गुड'
छैन उस्तै 'औँसी-पूर्णे',जिन्दगीको-'मूड'
यौटा गधा पूर्व-बाट- घोडा आएछ
रक्सी खायो यौटा,अर्को पानी खाएछ!
'पानी खाने चाँही गधा'-पिउन मानेनौ
डाक्टरले भन्छ किन जीउन जानेनौ?
चुरोट र रक्सी खान्नौ? के भो पिएर?
जीन्दगीमा के नै गर्छौ? अरु जिएर?
बाँकी साथी को नै बन्ला?को नै थिए र?
दिल जोड्ला तर कठै-मुटु-खिएर?
सयौँ थरी मद्यपान 'मार्टिनी' र 'वाईन्'
श्रीमतिले गाडी हाँक्ने-ठीक्क मात्रै खाइन्
मिश्रण यो कला-'जीन','मार्गरिटा'-अरु?
श्रीमतिले गाडी हाँक्ने-ठीक्क मात्रै खाइन्
मिश्रण यो कला-'जीन','मार्गरिटा'-अरु?
आँखा चिम्ली नखानु है?बुझ्ने मान्छेहरु!
कति आँखा चिम्ली पियुँ ढल्किसक्यो प्याला
साथी-सँगी मिले स्वस्थ जीवन् गए जाला !
'वाइन्' हो की 'आइस टी'?देख्दा 'मार्गरिटा'?
साथी-भाइ सँगै पिउँ? कुरा तीता-मीठा!
पिउँदा-पिउँदै जवानी गो मार्टिनी छे सानी!
काली,'ह्विस्की','टकिला' र 'ब्ल्याक्लेवल्' रानी
'ब्लडी मेरी' नाच्छे किन?तरुनी झैँ तानी
मरी मरी जिएको छु-अजँबरी ठानी
सभ्यता र सँस्कारमा मिल्न माँनिन
जडि-बूटी जवानीमा झुल्न जानिँन
कति सँझी-बिर्सने हो?पुराना ती बात
अर्को बोतल् झिक बरा-गैसके छ रात!
- अनन्तगोपाल रिसाल [June 21st, 2010]
No comments:
Post a Comment