Tuesday 8 June 2010

नेपालका प्रतिभाहरु

आदर्शमय पूर्वीय सँस्कार


शिवजीको जटा खूले स्वर्ग-गँगा गाउँ
हिमालकी छोरी राम्री पार्वती हो नाउँ
ज्ञानी राजा-जनकजी भारतका ताज
धर्ती बोकिन् सीतालाई,गर्व गर आज!

बुद्ध जन्मे शान्ति दिन विश्वलाई मति
शिव-हाम्रा ज्वाईँ नारान् पार्वतीकी पति!


हाम्रा आफ्नै बाजे बन्धु दिदी प्यारी सीता
जनककी छोरी बनी आयौ देश यता |
राम जस्ता दिग्विजयी हाम्रै चेली ज्वाईँ
तीर्थ स्थल,ज्ञानभुमि शक्ति-पीठ माई!









आदर्श हुन् हाम्रा नारी प्रशँसाका खानी
वीर धीर शिष्ठ प्रिय पूर्ण जानी जानी
सम्मान र विशिष्ठकी सित-लता छोरी
भ्रिकुटी छिन् उत्तरकी दक्षिण वरिपरि!

हिमपाखा निकै झरिन् नदिनाला तल
बिद्दुतको शक्तिपाइ शहर् झलमल!
स्वर्गै बन्यो देश हाम्रो विश्व चर्चा सुन्छु!
धन्य धन्य नेपाल हो,मनै मन भन्छु


सुविधा र सुख भन्नु हैन रैछ शान्ति
सिद्धार्थले त्यागे राज्य,शाक्य बने ज्योति
अध्यात्ममा शान्ति हुन्छ शुद्ध अ-भौतिक
गौतमका वँश वृक्ष बुद्ध अलौकिक !


व्यास राम हनुमान भरतको भूमी
पूण्य स्वामी नारायण मुक्त घुमी घुमी
बुद्ध धर्म जताततै फैलिएर आयो
तराई र हिमालमा प्रेम-ज्योत ल्यायो

सुद्ध शान्ति संस्कारको सँयमको बाटो
जीवनको उद्देश के?सिक्यौँ यही माटो!

सन्तहरु रमाउछन् हिमालको छेउ
धन दिन सक्दैनौ त, एउटै मन देउ!
आमा हाम्री विश्व धर्म कर्म रुप मूर्ती
जीवनको जागरण आत्मबोध स्फुर्ती

आधुनिक ईतिहास
रामशाह न्यायी थिए पृथ्वीको मूल
ईतिहास अमर छन् बलभद्र नभूल


भक्तिथापा त्रिभुवन्ले केही न केही गरी
स्वार्थ छाडी देश निम्ति,पासाङ दिदी मरी!


भानुभक्त मोतीराम साहित्यका रवी
गोर्खाली हुन् वीर जाति सैनिकमा छवी
विश्वभरी फैलिएका इमानले गर्व
साँस्कितिक धनी रैछन् जन-जात पर्व

अरनीको अंशुवर्मा अमर्सिङ भिम
लक्ष्मी शम लेखनाथ सबैलाई चिन

आजभोलिको नेपाल


माधव हुन् ठूला कवि बांङ्देल कलाकार
कनक र दिक्षित हुन् ख्याति पत्रकार


अनुराधा कोइराला हुन् आमा,छोरी जाति

पुष्करले घुमे विदेश् बने कति साथी?

एसी शेर्पा सातै ठूला शिखर् एकै चोटि
सगरमाथा चडे अझै सबै झण्डा बोकी
कर्णशाक्य सोच झिक भन्छन् खोज मन
प्रविधीले नजिक छौ महाबीर पून

मनोजको हाँसो मिठो म-ह जोडी पनि
महतोको पैसा खोलो मान्नु पर्छ धनी !
आँखा डाक्टर् सुन्दुक रुइत्ले विश्व चर्चा पाए
साना खगेन्द्रको कथा सँसारैले गाए
गौतम् साप्कोटाले काग बोली सभा भरे
बम्जनले अहिँसा र मौन-बर्त गरे !



प्रशान्तको स्वरै मिठो प्रवलको लूगा
बिहानकी किरणमा उठ्छ अमेरिका!


हामी हाम्रै पन्मा अब रमाउन सक्ने
समानता सिकाउने आँखा छ है देख्ने!
गरीवको सुख-धर्म सेवा गरी रम्छ!
तराई र पहाडमा हिमालमा जम्छ!

कवि,योगी महात्मा छन्,छिटो आरोहण
जडिबुटी सँजिवनी,खोज कोण कोण!
कति विश्व होलान् यस्तै आदर्शका गाथा
ईतिहास जोगाइ राख्नोस-नेपालीका भाखा!

-अनन्तगोपाल रिसाल[June 08,2010]

1 comment: