Wednesday 2 June 2010

दे-दे 'डे' !

[हरेक चोटि नेपाल घुम्न जाँदा हामी सबैको नयाँ अनुभबहरु हुन्छन् नै! यो पटक यौटा नमिठो घटना घट्यो! भक्तपूर तिरबाट काठमान्डु आउँदै गर्दा मोटर्साइकलले हाम्रो गाडीलाई पछाडिबाट हान्यो! फूर्सत भएका समाजका मान्छेहरु जम्मा भए! म गाडीबाट वर्लेँ-लडेको मानिसलाई उठाउँदै सोधेँ,'दाई तपाँइलाई ठीक छ?'!नजिकै जाँदा ह्वास्स गनायो! साथी फिटान थिए! 'हेर्नुस्,वहाँ त पूरै नसामा हुनुहुन्छ, खाएर पनि मोटोर्र्साइकल चलाउनु हुन्छ?'-मैले समाजको पक्ष सहानुभुती लिन खोजेको थिएँ,'बम्पर' मरमत गर्ने पैसाको आकाँक्षा राखेको थिँए! 'यहाँ त जो पनि खाएरै चलाउँछ'-पछाडी बाट यौटा भलादमीको आवाज आयो! फेरि अर्कोतिर पछाडिबाट कसैले 'दे दे डे' भनिहाल्यो! मैले राम्ररी बुझिन, त्यो दिन 'जसले जसलाई जे दिए पनि हुने' दिन रहेछ! मैले सोचेँ अब यस्तो ठाउँमा विबाद गर्नु भन्दा बरु २-४ हजार 'बम्पर' मा खर्च गर्नु ठीक होला। त्यो दिन मेरा लागि संझना भए अनुसारको शिक्षाप्रद दिन थियो! मैले अमेरिका र नेपालमा फरक यत्ति पाँए की नियम पालनाको महत्व! आज-भोलि अमेरिकामा पनि खूबै 'डे'-का कुराहरु सुनिन्छन्! Dual Protection र Dual Citizenship नारा पर्यायीबाची बनेका छन्! खासै काम नभएकाहरुको अब यहाँ पनि आउँदै नआएको जनतन्त्रलाई बेग्लै नाम दिई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र बेग्ला-बेग्लै-'होलिडे'-का रुपमा मनाइन्छन्! पूरानै नेपालकै झैँ-'डे'लाई 'दे दे'-कै रुपमा मनाइनु पर्छ भन्ने पनि कति होलान्! तिथी-पर्वहरु त छँदैछन् अझ त्यस माथिको बन्द र 'डे'ले कति सम्म थेग्ने होला? 'जसले जे गरे पनि हुने तन्त्रले' अराजकता लेराएको रहेछ! दे-दे-'डे' को कसरी उत्पत्ती भयो त, साराँसमा सुन्नुस्!]


अट्ठाइस-'एभ्रेष्ट',उन्तीस-नेपाल्,बुद्धलाई तीसै-'डे'
कस्कस्लाई के दे,मलाई त खेदे,फोरम्लाई फोर्नदे!

पेट्रोल छैन,मट्टीतेल् काहाँ?बाटैमा बाल्नदे!
नेतालाई फर्काइ,हिन्दूलाई हिर्काइ,जनतालाई गोबर दे!


एमाले 'एडे',छिमेकी टेडे?बालक्लाई बाल् न दे?
भेडोलाई भेडे,'कम्निस्ट'-मे डे, मजदुर्लाई-'एभ्रिडे'!

काँग्रेस्ले कोर्दे,राप्रले पूर्दे,जन्मूर्ती मूत्न दे!
जन्-शक्ति जुत्न,लिब्रल्लाई लुट्न,सुकुम्बास् सुत्न दे!

चुरे छ चूस्न,जनमोर्चा मुछ्न,साम्यलाई सम्याई दे!
हर्याली हर्न,शहीद बन्ने? शान्तिलाई सिद्याइ दे!


चैतमा हुरी,असार भेल,फागुन्मा होली-'डे'
बिजुली बन्द,फोहोर ढल,गर्मीमा खोली दे!


आमाको मूख बाबुको मुख हेर्नलाई रोकी दे!
लाखा र पाखा,तिहार्को दिन कुक्कुर्लाई टोक्न दे!

पुलिस्ले चोरे, डेरेलाई घेरे,मकैलाई घोगा दे!
पशुलाइ तालिम्,मान्छेलाई फालेम्,कुक्कुर्लाई Doga-'डे'!


शान्तिका दूत?बोकाको मूत-मन्दिर रँग्याइ दे!
समून्द्र मन्थन्,लाजका गन्थन्-खै सोच-बङ्याई दे!


तन्त्रलाई तान्न,भोटलाइ भाँड्न,अधिकार् धिक्कार्दे
कानूनी धार,धम्की र डर,आतँक स्वीकार्दे!


योगीलाई मन्त्र मजदुर्लाई तन्त्र,सजिलो भाँड्न रे!
मलाई दे पैसा,तँलाई ली राज्य,बराबर् बाँड्न दे?

एकता दिन्मा,लुछी र चुँडी,खै लप्प्वा खाइ दे!
एकादशी रे! भट्टी र मासु, लौ टन्न ख्वाई दे!

टि.भी.च्यानल,दूरसञ्चार् 'डे',टावर पड्काइ दे
गण्तन्त्र दिन्मा,बस र टेम्पु,आरक्षण् अड्काइ दे!

वातावरण्-'डे',ओस्सेको बारुद्,'टायर' बाली दे!
मङ्गल चौथी,अमँगल् दिन,'फाएर' फाली दे!


पृथ्वी दिवस्,पृथक नारा,पुस्तक च्याती दे !
स्वतन्त्र-प्रेस,भएको दिन,'ईन्टर्नेट' काटी दे!


नारीको शक्ति,खै किन खोस्यौ?ल आजै फर्काइ दे!
खेल्कुद दिन,नजिकै आयो,हात्खुट्टा मर्काइ दे!


रेडक्रस्-'डे'मा लूट र पाट,रगत बगाइ दे!
लोकको गीत,संगीत साँझ,बाजालाई फूटाइ दे!

सेवकलाई पैसाको ठेलो,कमाको लूटन् दे
कानुनी दिन्मा,न्याय्धिस्को घर्मा,दुईचार् लाखै दे!


डाक्टर्को कमी सुरक्षा छैन,डाक्टरै लुकाइ दे!
जिउँदै मार्ने बाग्मती पानी,मरेका बिउँताइ दे!

कस्को हो बच्चा? 'कन्डम'-डे मा, बाटैमा फ्याल्न दे?
विश्वका 'एड्स'-त्यै दिनपारी, नेपाल फर्काइ दे!


-अनन्तगोपाल रिसाल [June 2, 2010]

1 comment: