छन्द-बन्द, व्यंग-व्यर्थ !
हाम्रै पद्दति ती थिए, सरलता, पश्चिमताले लग्यो
योगी,साधुहरू छ, छैन अब खै? विद्वान खै,को?रह्यो?
नेतै शोषण गर्दछन् मिलिजुली,जूका छ, पापी चिन,
शाहा-माव मिलेछ, भिन्न रुपका, हाँसो नलागोस् किन? |1|
नेतै शोषण गर्दछन् मिलिजुली,जूका छ, पापी चिन,
शाहा-माव मिलेछ, भिन्न रुपका, हाँसो नलागोस् किन? |1|
छन्दै मात्र रचेर देश बलियो? उक्लन्छ माथी कहाँ?
ज्यू-ज्यू मात्र बयान,पुज्न सकिने,गोरु-गधा छन् जहाँ !
श्रस्टा, के बननुन् गरीव,बिचरा? छाम्दै कला, फोरदे-
जुन्देश्मा,अब शास-नै अड़कियो,न्यायै दिने चोर रे !|2|
जुन्देश्मा,अब शास-नै अड़कियो,न्यायै दिने चोर रे !|2|
"मै जस्तो अब को छ? छैन दुनियाँ, सर्वाङ्ग जानेको छु"
घर्घर गैकन लोभ क्यै नगरी हा !निर्लज्ज तानेको छु !
दुर्वासा,परसू सिवाय अरु को?क्रोधी न, शालीन छु !
लेख्छु,छन्द मिलाई व्यंग-कविता, निष्पक्ष हानेको छु |3|
No comments:
Post a Comment