शम,दम रैछन्-जगको सार!
कर्म बुद्धि छन्,बर्ण-आचार,
गुरुको कृपा अपरम्पार
ईश्वर दर्शन बारम्बार!
पशुकापति हुन् गुरुका देव,
आत्म दृष्टिले क्षमा-अभेद
योग संयमी, ईन्द्रिय बेग,
गंगाजल सरी, धर्मको लेप!
कल कल बग्छिन्,हिमनदि शाखा
उत्तर दक्षिण, आफ्नै भाका,
धर्तीकी प्यारी,सितल माथ,
जन्में हुर्कें, तिम्रै काख!
गाई सेवा, गङ्गा जलको
गुरुको सङ्गत, जीवन मार्ग-
मन्द गतिमा, बग्दछ, सर्ग!
सङ्गीत भक्ति, मनको गर्व
तीर्थस्थल,पल,चाड पर्व !
गाई सेवा, गङ्गा जलको
रक्षा-रोगी, भक्त सबको,
लीला,मीठा,गीता-ज्ञान
गुह्य मन्त्र छन् पूजा,दान!
आमा,तिमी हौ,गुरु-शिक्षिका
सेवा-तिम्रा,यही छन् ईक्ष्या,
नाम-जपको,आफ्नै स्वाद
चरण स्पर्श होस्,प्रभुको-पाद!
सीधा,साधु गुरुकै ज्ञान
कपट नराखी,तपमा ध्यान,
लक्ष अनन्त, माया-पार
जीव गति यो,आश्रम चार!
बैराग्यका, गुहा-द्वार,
ईश्वर सेवा अपरम्पार
गुरु कै दर्शन, बारम्बार!
- गुरु पूर्णिमा - २०१३
No comments:
Post a Comment