Friday 26 July 2013

चाहे राजनिति गर नगर !

शिक्षामा उन्नती लगाउ, देशमा लगानी र रोजगारी बढाउ,
उर्जा,विज्ञानमा योजना गर, धर्तीमा सिंचाई गर,
आन्तरिक सुरक्षामा लाग्नु लाग, सीमानामा नियन्त्रण राख, 
बाटो, हावा,पानी शुद्ध गर, छिमेकीको धेरै भर नपर,        
- चाहे राजनिति गर नगर !

जनावरको माया गर,मन्दिरमा बलि नगर, 
दुखीलाई सेवा गर, भोकालाई राहत भर,  
नमार,नपिट,घुस नखाउ,चेलीबेटी नबेच-बेच्न नदेउ,
चोरी नगर, अरुको सम्मान गर, बृद्ध, रोगी, गरीबलाई सहायता गर, 
- चाहे राजनिति गर नगर !

धर्म गर, गर्न देउ, संस्कृति त्यो मर्न नदेउ,
ईतिहासको खोज गर, चाड-जात्रामा मोज गर,  
मन्दिरमा भोज गर, नारीजातिको सम्मान गर,
गाई-मारी गधा नपोस, भदो च्यापी भाइ नघोच,
सक्छौ भने, केहि गर-
कृषि खेती गरी हाल,अनाजमा मल-जल हाल,
भ्रस्ठाचारीलाई पाता कस, त्यसै नबस, अब के को गर्छो बहस?
-चाहे राजनिति गर नगर !    

No comments:

Post a Comment