Monday, 28 June 2010

अनेसासु-बुहारी:सोह्र कला नव रस !

अनेसासु-बुहारी:सोह्र कला नव रस !

[सोह्र जना 'ट्रस्ट्री'-श्रस्टा भएको बिना भित्ताको साहित्यिक घर-अनेसासमा नौ नयाँ बुहारीहरु आशा र नेत्रित्व लिएर भित्रिदैँ छन्! मूल-घर-सँस्थाको ब्यवस्थापन गर्न कुन कुन कोठा र घरको साँचो पाईने हो भन्ने उत्साहमा विश्व-ब्यापी गर्मा-गर्मी चूनावी रण-भुमिमा सद्भावनाले आजदेखी उत्रिएका छन्! सम्पूर्ण बूहारीहरुका आ-आफ्नै अद्वितीय सृजनशीलता, घटना, बिवेचना, अवलोकना अनि आफ्नै माइती-घरमा भोगेका, झेलेका अनुभवहरु छन्! यो आफैँमा प्रसस्त, उत्साह र रोमान्चित बिषयको चासो छ! यो साहित्यिक सेवाको निश्वार्थ होड्बाजीलाई उदार, स्वतन्त्र र अत्यन्त सान्दर्भिक तहरले हेरी दिनु होला! जन्तीका पछि लाग्ने रमिते मतदाताले सबैलाई त सहयोग गर्न सकिँदैन-दरखास्थ परेका सबै बेहुली बिहे घरमा अन्मिने प्रथा हाम्रो समाजमा अहीले सम्म छैन! बाँकी रह्यो बुहारीको सच्चाई, प्रतिबद्धता, साहित्य-कला-संगीत सेवा र देश प्रेम-पति-परायणता र सतित्वताका लागि समर्पण! जति हाम्रो अनुभव खारिन्छ, नयाँ श्रष्टाहरु चिनिन्छन् त्यति नै आपसी सहयोगले-सँघ सँस्थाले नैसर्गिक गति लिन्छ!

हाम्रा सँस्क्रितिमा, लेखाइ-पढाइ र संस्कारमा पनि धेरै कुरितीहरुलाई सच्याइनु पर्ने छन्! पहिले पहिले बुहारीलाई हेर्दा-सासुहरुले नङ्याएर हेर्थे रे-कुनै शारिरिक खोट छ की भनेर! 'ए हामी त दुलाहा दुलही,बिहे'-भन्नेकुरा जन्ती बाजा बझाएर अन्मिएर गएपनि घर-गरेको दशक पछि मात्रै थाहा हुन्थ्यो रे! विश्वकै नेपाली समाजमा अहिले त प्रेम-बिवाह पनि शुरु भैसकेको को छ! कागत र कलम मसी र पुस्तकालय बिना श्रष्टाहरु चिनिन्छन्! चित्रकलाभित्र साहित्य र 'फेस्-बूक'-भित्र हज्जारौँ मित्रहरु भेटिन्छन्! आधा काम 'इन्टर्नेट,टेलिकम् र 'स्काइप्'-ले सजिलो बनाइ दिएको छ! हाम्रा कार्यशिलता र सिर्जनसीलताको पारखी पाठकले घरै बसी बसी गर्न सक्छन्! केटा केटीलाई घरै-बाट पनि राम्रो भाषिक ज्ञान, सँस्कारिक विद्या, बोधात्मिक संस्क्रिती र आध्यात्मिक परिचय दिन सकिन्छ! ट्रस्टी (अभिभावक) हुन् भने र कार्यकारिणी (घरकी बूहारी) हुन् र यी दुई मूल धारहरुका किनाराले राम्रो समन्वय राख्दा- सँसारमै छरिएर रहेका साहित्यिक घर-हरुमा हार्दिकता भित्र्याउन सकिन्छ! नयाँ तथा असाधारण सन्ततीले जन्म लिन्छ र कथा, नाटक, रचना, कला, समालोचना, संगित, छन्द, गजल बिधाहरुले सँसार प्रसिद्धी र अमरता दिन्छ! ]


स्वछ्न्द-रस
जति सक्दो लेख्नु पर्छ भन्नु पर्छ कुरा
देख्दा-सुन्दा मीठो लागोस्-भित्र गडोस् छुरा
अमेरिकी स्वतन्त्रता मुलुकको खुबी
साहित्यको कलमले हान्नोस् डुबी डुबी!


चुनावी-रस
नेपालीको संस्कारमा गल्ती देखाउने
टायर् बाल्ने, जुलुस् गर्ने, मसी घोप्ट्याउने?
दल बनाइ काम गर्छु भन्नोस्-'माग के छ'?
'संविधान बनाउनोस्'-बुद्धी कुलेलम् छ!


तागत-रस
विचारको 'भिटामिन्' र 'प्रोटिन' को सुई
चुनाव त आई-जान्छ सँस्था हाम्रो उही
बोट जस्तो-त्यस्तै फल्छ, काम हुनै पर्छ
दान-धर्म मिले पछी शान हुन्छ हुन्छ


पारिवारिक-रस
नाता दिदी आमा छोरा छिमेकी र गाउँ
छन्द कला नवै रस गजल् मीठो खाउँ
गर्न सक्ने मात्रै भन्नु,भन्या कुरा झट्ट
उडाएर चँगा माथी काटी दिनुस् चट्ट!


शान्त-रस
नाता गोता कृपा भेद सबै साईनो ल्याउनु
सहपाठी-योगी-कर्मी भारत् चाइना भ्याउनु!
सँसारको सह-बास जित्नु पर्छ युद्ध
शुद्ध-बुद्ध श्रष्टाहरु-किन हुनु, क्रुद्ध?


ब्यङ्ग्य-रस
ब्यक्ति-लाई हान्नु पर्छ, थर छानी छोड्ने?
सँस्था भन्नु के नै हो र? भित्ता छैन-फोड्ने?
आगो बालौँ दनदनी, कागजको हैन
कागजमा कलमको-रगत्-छ की छैन?

साहित्य हो-यस्तो कला,कलमले थुक्छ
काम गर्नु पर्ने हैन, कुरा गरे पुग्छ?
खवर्दार दिन भरी घर-कुरी भुक्छ
आज्कल त डिजीटल् छ,कैले मसी सुक्छ?

यताबाट उताबाट दिनु राम्रो दनक्
घर ठूलो साहित्यको वढी जावोस् चमक् !
आउन सक्छन् यहाँ कोही अर्थ-आद्यात्मिक
राजनिति,संस्क्रितिका ब्यङ्ग प्राविधिक


गौरव-रस
नेपाल र नेपालीको-माया गर्नेहरु
स्वतन्त्रता स्वाभिमानी-संझी मर्नेहरु!
राम्रा ब्यक्ति जनतन्त्र छानिएर आउन्
आत्म-गौरवका गाथा,संसारमा गाउन्


यथार्थ-रस
नेपाली हो भन्दैमा राम्रा हुन्नन् सँधै
किताब् लेख्यो भन्दैमा पढ्दैनन् सबै
राष्ट्र भन्नु ढुँगा-माटो मात्रै हैन,मन
जहाँ मिल्छन् भावनाका सहयोगी जन

समाज-सेवा-रस
निस्वार्थको परिवार लाभ-धर्म छैन!
अन्तर्द्रिष्टी राख्नु पर्छ-राजनीति हैन
लेखक र कविहरु शिक्षा-विद आउन्
सल्लाह र प्रश्नहरु-बिचारमा गाउन्
गाउँ-बेसी कथा-ब्यथा सँसारमा जाउन्!
सद्-भावना प्रशँसामा उत्क्रिष्टता पाउन्

जनतन्त्र-रस
काम राम्रो गर्नलाई जुलुस् चाहिँदैन
जुम्रा किर्ना उडुस् उपियाँ -किन्न पाहिँदैन?
अमेरिकी धरातल स्वतन्त्रकी रानी
निस्वार्थको समाज् सेवा सत्य सुन्दर् बाणी


शितल-चौतारी-रस
संस्था भन्नु पिपलको रुख अजँबरी
बाँचिरहोस् पैले पानी हाल्छौँ सधैं-भरी
निकै बर्षा पाई आफैँ जरो गाडी हाल्छ
रातो सेतो हर्यो-पात,हिउँमा झरी-हाल्छ!

फेरि आर्को मौसममा पाउवाले ढाक्छ
चुनावी र दलै-दल ईसाराले डाक्छ
नयाँ नयाँ साना नानी फूल्छन् बगैँचामा
हामी पनि देउसी-भैली,हाम्रै आँगनमा!

बिभत्स-रस
सोच्नोस् लेख्नोस् भन्नोस् सुन्नोस् गर्नोस् पोतापोत
मेरो, आफ्नो, हाम्रो-राम्रो खोस्नोस् छोपाछोप!
अझै कुरा नमिल्दामा गर्नोस् छ्यापाछ्याप
भेट हुँदा भुत्ला-भुत्ली, नङ्रा, हात-पात!

दुई-चार् वटा दाँत फुस्कोस् अँग-भँग बनुन्
'बल्ल केही गरेछन् नि!'-जनताले भनुन्!
खैरे-भैरे काले-गोरे नेपालीमा बोलुन्
कला संगित् नाच-गान,खल्ती निकै खोलुन्!


वीर-रस
धेरै भाषा-अनेकता धेरै घरवार
गैर्-जीवनको गाह्रो सानो परिवार
सासै जाला जस्तो गरोस् अनेसा पनि
बल्ल हुन्छन् नेपाली यी साहित्यमा धनी

विश्व-भाषा-रस
अँग्रेजीमा,जापानीमा, रुसी-शेर्पालीमा
नेपालीमा लेख-लेखुन् भाव हिमालीमा
लेख्दा लेख्दा कमाएर डलर् किताब् छाप्नोस्
जग्गा घर दरवार रोपनीमा नाप्नोस्


बिभुषण-रस
पद-पक्ष मात्रै हैन हाम्रा आभुषण
आफ्नै नाउँ-आफैँ गाउँ आफ्नै प्रकाशन?
तीन कुने झण्डा मात्रै हैन कला बाजा
समाज यो साहित्यको विश्व गीत साझा
भक्ति-रस
नारीजाति बेदनाका ब्यथाहरु बुझ्छिन्
ह्रिदयका माया सबै सन्तानमा दिन्छिन्
बेहुली र दिदीहरु-आमाहुनेलाई
भोट दिवौँ बुहारी र बैनी, छोरीलाई

साहित्यको मन्दिरमा रोपौँ फूल-ल्याई
भाषा-भावनाले सजौँ नानी-हरुलाई
सोह्रै आना बिचारको कला नव रस
परिवार ठूलो बन्दै जावोस् अनेसास

-अनन्तगोपाल रिसाल [28th June, 2010]

Wednesday, 23 June 2010

राजा जनकको ज्ञान-भुमी



नेपालको जनक्पुर, बिद्वतामा नामी
बिदेहका पिता राजा मिथिलाका ज्ञानी
ध्यान योग पूजा पाठ विश्व महा-यज्ञ
महा-भारत् पूराणका सभा-बिशेषज्ञ!


दशरथ राम-लक्ष्मण् भव्य किरीटले
शिरध्वज सम्मेलन ताज मुकुटले
तराईको ढुक्ढुकी हौ मिथिलाको प्यारा
सिँहासन त्यागी मुक्त जीवन सहारा!

भाव भक्ति ज्ञान योग्य-बर ईश माली
अयोद्याका युवा-राजा राम शक्तिशाली
बाल्मिकीको बाल-काण्ड धनु-शिवजीको
शान राख्यौ सम्मानले छोरी सीताजीको !

याज्ञवल्क्य-शिष्य तिमी पूर्णताका छात्र
शास्त्र वेद ॠषि गुरु प्रार्थनाका पात्र
सँसारको धापबाट छुट्यौ-छीटो जुक्ति
कर्म भक्ति ज्ञान योगी विदेहको मुक्ति!

सत्सँगत विद्वानको भेला राखी साथ्मा
अष्टावक्र योगीबाट ज्ञान परमात्मा
प्रेम त्याग समर्पण बस्ती बस्ती गढ्यो
जानकीको महाकाव्य सँसारले पढ्यो


रामायण विश्व-प्रिय मीठो धर्म-गाना
अध्यात्मको घर तिमी,मन्दिरको छाना
राजर्षी र ब्रह्मर्षी हौ आत्म-सँस्थापन
दर्बारमा बस्यौ गर्यौ राज्य-सँचालन!

इक्ष्वकु र मनु राजा संततीको खोजी
हिमालय गङ्गा-तीर,गण्डकी र कोशी
धर्म-बार्ता नेतृत्व ली संत-संजीवन
सोख गर्यौ भेटघाट सभ्य-सँभाषण

आचार्यको संगत,कैँ तिब्बतको युद्ध
त्यहिँ धर्तीबाट जन्मे महाबीर, बुद्ध!
शुद्ध साधु, शाक्य-मुनि, अहिँसाका-न्यायी
जनताको प्यारो यौटा,अर्को विज्ञ ज्ञानी!

समर्पण त्याग दया स्वच्छ सति-सीता
अद्वैतको बेदान्तमा भावपूर्ण-गीता
निर्वाणमा भर पर उन्कै छ शरण
संवाद यो शास्त्र-ठूलो दैवी-आचरण


पँडित र शिष्य,शास्त्री, भाषा-वैज्ञानिक
पढ्ने लेख्ने छात्रहरु विद्या-अलौकिक
गुण-मूल्य मान्यताको महत्वको पाठ
योग ध्यान ब्रह्मज्ञान सिके यहिँबाट!

श्रुति स्‍मृति अनुभुति, जान्नु के नै रह्यो?
ब्रह्म-बुझ थियौ हिजो आज त्यहि भयौ!
भोलि हुने त्यहि रुप नाम रैछ भिन्न
निवाश त छदैँ छैन, तिम्रो नाश छैन!

परंपरा भन्छ छोड-चिंता लोभ इच्छा
स्वतन्त्रता मिलिहाल्छ शान्त शिक्षा-दिक्षा
बार्ता सम्हितामा योग्य अजँबरी शूत्र
जनकजी हाम्रा राजा धन्य भूमी पूत्र!

- अनन्‍तगोपाल रिसाल [June 23rd, 2010]

Monday, 21 June 2010

बोतलै बोतलको जिन्दगानी !

[सबैको जीवन केटाकेटीमा दुधको बोटलबाट सुरु भएको हुन्छ! बिस्तारै कोक, फ्यान्टा, पेप्सी र अरु सोडाका बोटलमा बसाइँ सर्छ! ठाडो घाँटी लगाउन बिस्तारै सिक्छन्! हुँदा हुँदा कतिले चाहेर वा नचाहेर, मानेर वा नमानेर, कर कापमा बिस्तारै सूराका बोतलले धेरैको जीवनमा साहारा पुगाएको छ रे! बिगारेको छ की सपारेको छ भन्ने कुराको बिबाद पूर्णरुपले गर्न त बाँकी नै छदैँ छ! कतिले स्वास्थका लागि शुरु गरे भने, कतिले समाजका लागि! कतिले सशुरालीका लागि त कतिले शालीका लागि! जडिबुटी र औषधीको बोटल त उत्तरार्धका सहायक भएका छन्! हुँदा-हुँदा मानिसको जीवनको अन्तमा चाहिने गँगाजी जल पनि तिनै कुनै बोतलमा सुरक्षित राखिनु पर्दछ! सबै रस र बोतलको उपभोक्ता र उपयोग्ताहरु आ-आफ्ना रुची, जिज्ञासा र आवश्यकता कारण तिनैको शरणमा परेका छन्! ]

अलि अलि सँझना छ पैलो बोतलको
दोश्रो बोतल् खुल्दा अहा!नयाँ नयाँ के हो?
तेश्रो खुल्दा हराइयो, पुगेँ माथी तल !
रातै बिते निदाइयो ब्युँझिएछु अब!

साँझ परे पहिलो बोतल् खुली हाल्यो जब
'नाहिँ-नाहिँ' भन्दा भन्दै जुटी हाल्यो दल
'भर्खरै भो पिउँन थाँले'- कसो कसो लाग्छ
'नाँच्न गाउँन मन लाग्ने', लाज सबै भाग्छ!


जीवनमा चारै बोतल् खाँइदो रैछ किन?
दुध पैले पछि कोला-ढल्किँदैछ दिन
कफ बाथ पित्त कडा, औषधीमा दम
जादु-गरी बोटलमा रम झम-झम !!


'टकिला' र कागतीको 'जुस'-मार्गरिटा
नून हाल किनारमा 'आइस्'-मजासित!
अँगुरकै झोल,'बेरी', 'भेरी-भेरी'-'गुड'
छैन उस्तै 'औँसी-पूर्णे',जिन्दगीको-'मूड'


यौटा गधा पूर्व-बाट- घोडा आएछ
रक्सी खायो यौटा,अर्को पानी खाएछ!
'पानी खाने चाँही गधा'-पिउन मानेनौ
डाक्टरले भन्छ किन जीउन जानेनौ?


चुरोट र रक्सी खान्नौ? के भो पिएर?
जीन्दगीमा के नै गर्छौ? अरु जिएर?
बाँकी साथी को नै बन्ला?को नै थिए र?
दिल जोड्ला तर कठै-मुटु-खिएर?


सयौँ थरी मद्यपान 'मार्टिनी' र 'वाईन्'
श्रीमतिले गाडी हाँक्ने-ठीक्क मात्रै खाइन्
मिश्रण यो कला-'जीन','मार्गरिटा'-अरु?
आँखा चिम्ली नखानु है?बुझ्ने मान्छेहरु!


कति आँखा चिम्ली पियुँ ढल्किसक्यो प्याला
साथी-सँगी मिले स्वस्थ जीवन् गए जाला !
'वाइन्' हो की 'आइस टी'?देख्दा 'मार्गरिटा'?
साथी-भाइ सँगै पिउँ? कुरा तीता-मीठा!

पिउँदा-पिउँदै जवानी गो मार्टिनी छे सानी!
काली,'ह्विस्की','टकिला' र 'ब्ल्याक्लेवल्' रानी
'ब्लडी मेरी' नाच्छे किन?तरुनी झैँ तानी
मरी मरी जिएको छु-अजँबरी ठानी


सभ्यता र सँस्कारमा मिल्न माँनिन
जडि-बूटी जवानीमा झुल्न जानिँन
कति सँझी-बिर्सने हो?पुराना ती बात
अर्को बोतल् झिक बरा-गैसके छ रात!

- अनन्‍तगोपाल रिसाल [June 21st, 2010]

पढेर भन्दा परेर जान्दछ !

पढेर भन्दा परेर जान्दछ

गाईले खोजी दुधिलो घाँस चरेर जान्दछ!
चरीले गुँड बनाइ बसाँई सरेर जान्दछ!
नियम मास्ने कानूनी डण्ड डरेर जान्दछ
भूइँको किरा पुतली हुन मरेर जान्दछ


दिलको घाऊ समय पर्खे टरेर जान्दछ!
नदीको भेल गाउँले बस्ती तरेर जान्दछ
खेतको पानी छुपु र छुपु भरेर जान्दछ!
किसान बीउ गोडेर मल छरेर जान्दछ!

लडाकू भीर-आकाशबाट झरेर जान्दछ!
स्वदेश माया सेवक मन्ले धरेर जान्दछ!
दुष्टले लोभ पाप र नाश हरेर जान्दछ!
समाज सेवी बोलेर हैन गरेर जान्दछ!

विद्वान-धेरै पढेर भन्दा परेर जान्दछ!

-अनन्तगोपाल रिसाल [Jun 7,2010]

Saturday, 19 June 2010

Hip Hop & Nepali Rapp

Hip Hop & Nepali Rapp


भोले नाच्छन् 'Hip-hop'
जनकजी ज्ञानी 'Pop'
सीता दरी 'Single Mom'
बुद्ध शान्ति-'Atom Bomb'

अरनीको 'Artist-Scene'
भ्रीकुटी-च्वाँक 'Beauty-Queen'
सँसार् नामी, भारत, चीन
नेपालीको बलियो 'Gene'


हिमालको पानी 'cool'
चीसो अमृतको मूल
साना नानी Beautiful
बत्तिबाली खोलौँ स्कूल
अजँबरी-बुटी फूल
सालिग्राम हार-'जूल'



'Superman'-हाम्रै राम
बलियो गरूड 'Bat Man'
'Yak र Yeti' - हनुमान
'God Goddess'-लाखौँ छन्
स्वर्ग-गँगा-परी देश
हजारौँ छन् भाषा-भेष


बाजा-सँगीतको सूर
काँ काँ जान्छौ?कस्तो Tour?
Sangri-La हो Trekking पूर
नजिकैको, छैन दूर !

सनातन्को छ Fusion
जैविक खाद्य रसायन्
'orchestra' को 'master band'
रीता थापा पूजा च्यान्द

बेलुन् चड्ने? 'Parachute'?
'Snow' मा लाउनु राम्रो 'Boot'
तन्त्र मन्त्र राँके भूत
चाडैँ उठनु-चाडैँ सुत


'Water Ski' र 'Rafting Boat'
'Glider' हिमाल-माथी 'float'
ढ्याम् ढ्याम् धिमे Rock & Roll
Yoga ध्यान Self Control


'Safari' को 'Bungi Jump'
'Polo,Soccer' हात्ती, 'pump'
सनाईमा मादल Rapp
साकेलामा खुट्टा-Tap


Snow-Leopard, बाघ Rhino
कुक्कुर नाग गाइ-साईनो
काग गोरु भैँसी-हुन्
बाहुन् क्षत्री जैसी-हुन्


सेर्पा गुरुङ् मगर् गाउँ
थारु नेवार् फरक् छौँ


डाँफे मूनाल् चिर्बिर् चिर्
चितुवा भेडा भिरै भिर्
हज्जारौँ छन् खोजी गर्
'Spiny Babbler' हाम्रै घर्


सारँङ्गीको मीठो स्वर्
हुन्न तिम्लाई कैले bore


- अनन्‍तगोपाल रिसाल [June 19, 2010]