Thursday 18 March 2010

गजल:खै!किन त्यस्तो लाग्छ?

खै!किन त्यस्तो लाग्छ?

हात्मा बन्दूक् लिने भन्छ-तारो लाग्छ सबै!
भोकाएको कुखुरालाई-चारो लाग्छ सबै!
शान्ति खोज्ने सबै हुन्छन्-खासै गर्ने को छ?
सजिलो पो सोच्नु पर्छ-गाह्रो लाग्छ सबै?

चिन्तै चिन्ता लिनेलाई-फारो लाग्छ सबै!
दुध दिने गाई पनि-थारो लाग्छ सबै!
मन पर्ने ठाँउ अझै मन जान्छ सधैँ?
बूढा-बूढी भए पछि-साह्रो लाग्छ सबै!

शान्ति दिने सहयोगी,हुन्छन् कोही कोही
अबिश्वासी छिमेकी झन्-छारो लाग्छ सबै!
माया हुन्जेल् माया लाग्छ,माया-मारी जान्छे?
छैन-माया शशुराली?-झारो लाग्छ सबै!

ओँला दिँदा हातै निल्ने,हात दिँदा मान्छे
अपकारी ठान्छ,मिल्छ-धारो लाग्छ सबै?
सँसारमा योगीहरु,योगै योग भन्छन्
भोगीलाई विलाशिता-प्यारो लाग्छ सबै!

गरीवको मौसम के?-जाडो लाग्छ सबै!
जमिन्दार्को खेती-पाती-टाडो लाग्छ सबै!
विद्यार्थीलाई स्कूल जान-ठाडो लाग्छ सबै!
छिमेकीका चेली-बेटी-डाडो लाग्छ सबै!

बिना-माया फुलै पनि-काँडो लाग्छ सबै!
मीठा मीठा परिकार-खाँडो लाग्छ सबै!
लाटो आफैँ बाठो भन्छ-गाँडो लाग्छ सबै!
काम चोर्ने कर्मचारी-घाँडो लाग्छ सबै!
बिहानमा उठ छीटो-चाँडो लाग्छ सबै
सँघ-सँस्था मागी खाने-भाँडो लाग्छ सबै!
शँकालुका साथी पनि-छाडौँ लाग्छ सबै!
उदारता,शान्ति-खुसी-बाँडौँ लाग्छ सबै !

-अनन्तगोपाल रिसाल [Thursday, 3/18/2010 ]

No comments:

Post a Comment