Wednesday 17 March 2010

गजल:अजीब संभावना !

अजीब संभावना !

नभन तिमी आकाश,एक-दिन खस्छ भनेर
नगर फारो जीवन,मुफत्मा फस्छ भनेर!

नछोड जान मन्दिर,लाजैले रुन्छौ?किनकी
गरीव नाँगा जोगीले खरानी घस्छ भनेर?

पहरा दिनुछ खेत्मा, छिट्टै छ अन्न गोड्नु
नमान डर-उत्साही गोमन्ले डस्छ भनेर?

नबिर्स खुल्ला समाज,नीति झन् खस्किँदैछ
ढोका नथून ग्रिहस्थी अतिथी बस्छ भनेर ?

नरोक वासना इच्छा,मीठा प्रेम-नियम् बुझ
खोल्दैनौ मनको द्वार कैँ माया पस्छ भनेर?

नगर फारो जीवन मुफत्मा फस्छ भनेर!
नभन तिमी आकाश एक-दिन खस्छ भनेर

-अनन्तगोपाल रिसाल [3/17/2010 Wednesday]

No comments:

Post a Comment