Monday 8 March 2010

सत्य! सेवा! सुरक्षा !


नेपाल देश,सबैको हाम्रो,यो साझा फुल्बारी!
स्वास्थ र खाना,पानी र हावा,राखौँ न हरियाली!
सुरक्षा हामीले दिनुनै पर्छ,विदेशी आउँछन् !
बन्दूक,छुरी,हत्याराबाट खोस्नुनै बेश झन्!
सर्कारलाई हड़ताल गर?लज्जित अबस्था!
कि-सक्दिन भन,जनता गरौँ,आ-आफ्नो ब्यवस्था!


पहिले आफ्नो समस्या-राखौँ,लेखेर भनौँन!
हिम्मत गर्यौँ,परेरै सिक्यौँ,विचार गरौँन!
कसरी अब ती हुन गए?राखौँ न पछाडि,
नभूल तर,फर्केर होईन,बढेर अगाडि!


बुद्ध र शिव,शान्तिको देश,असूर भेटीन्छ!
रहस्य बुझौँ,मानव-कर्म,कसूर मेटिन्छ!
बदला हैन,नियम-प्रेम,खै!बत्ती बालन!
जनता,मन्त्री,राष्ट्र-कै पति,सबैले पालन!

तिमीले मेरो,म तिम्रो घर,सुरक्षा गरौँला
सत्य र शान,सोखले अब,भंडार भरौँला!
सत्यता के छ?सभ्यता हाम्रो,विशेष-विश्वमा?
पवित्र-दिव्य-सुन्दर-शान्त,शितल-शेषमा!


गरीव-सिधा,सज्जनलाई,कसरी सघाऔँ?
विकल्प सोचौँ,सबैले मिली,शान्तिले-अघाऔँ!
विधान लेख्दा,विचार गरौँ,विभिन्न-उपाय!
कसरी गर्ने-सुरक्षा कहाँ?सत्यको छ न्याय!

बामे त सर्दा लडिन्छ कैले,हिँड्नु छ पुग्नलाई!
सफल हुन सकीक्छ उठे,पुग्नु छ गर्नलाई!
बिरोध कतै-हुन्छ र भनि?न-गर्नेहरुको!
हिम्मत गरौँ,डरेर-होईन,विशीष्ठ काम-राम्रो!


शृङ्खलाबद्ध आतँक किन?हत्या र आक्रमण?
कैले हो सिक्ने?हामीले अब?प्रहरी-प्रशासन?
मधेश भन्छ तराई ठूलो,पहाडी-हिमाल?
नेता र कार्यकर्ताले आहा!क्या गर्योऊ कमाल?

ल सुन!मन्त्री-जनता अब जागेर आइसके!
भोटको लागि,भोज र भट्टी,सबै ती खाईसके!
तलब भत्ता खायेका तिमी,बनेर छहारी!
जनको-सेवा-नरोक-गर-मज़दूर,प्रहरी!


लुट र पाट,डकैती-चेली-बेटीका इज्जत
के बाँकी छ र लुट्नलाई अब?तिमीनै भनत?
जनता लूटे,शाहले पैले,काँग्रेसी,मावोले!
साँडेको पछि?स्यालले जस्तो,नहेर एमाले!

फोरम भन्छ फोर्दिँए मैले,बनाउने कोही छैन!
घुस त,मैले?खायेकै छैन,गनाउने कोही छैन!
कसले मार्‍यो?कसलाई मार्‍यो?कसैलाई थाहा छैन!
अन्धाले अब अन्याय देख्छ?-'केही पनि भा-छैन'?


अपराध किन?के छन् है निति,कस्तो छ सुरक्षा?
आरक्षण छैन,संरक्षण छैन,किन यो व्यवस्था?
अदालत-'वारंट' के?'रिट'लिन्छौ?छ,छैन अधिकार?
व्यवस्था राख,प्रतिज्ञा-गर,सरकार-जिम्मेदार!

सुविधा-क्षेत्र,लोकको हित,खै न्याय-पालिका!
जरिवाना खै?क्षति-पूर्ति र सत्यको सुरक्षा!
आतङ्क त्रास,धनको नाश,चौतर्फी विनाश!
ज्यानको माया कसलाई हुन्न?क्यै छ की निकाश?

याचना हत्या,छ दिनदिन,कैले पो ढुक्क छौँ?
आशा त्यो छैन,खतरा मात्रै,स-तर्क है रहौँ !

हाम्रो उपाय नै के छ त अब?

गाँउ-घर भरी,छ सौर्य-शक्ति,प्रविधी-विज्ञान
'क्यामरा'-राख,रुखको-माथि,छ खोज-विमान!
आलेख-गति,सुरक्षा निति,लेखेर राखन!
सजाँय-दण्ड,कानून-कडा,न्यायको-शासन!

सूचना बढाउ,'पेट्रोलिङ' पठाउ,दुश्मनी नबढाउ?
प्रतिशोधको भावना काट,निमूखा-नकटाउ!
समूह-साथ,विचार-माथ,विबाद ठोक्ने कि?
सशस्त्र-अब जनता हामी,बन्दुक बोक्ने कि?








न-एक्लै अब न-हिँड,हाम्रो,समस्या सुझाव!
मिलेर अब गाउँमा बसौँ,सुरक्षा-प्रभाव!
जन र शक्ति,साधनस्रोत,सम्भव हुँदैन!
शान्तिले,हाम्रो विकाश हुन्छ,दम्भले हुँदैन!

अनुसंधान,खोज र जांच,विधाको विभाजन!
गूप्तचर र जासूस राख,आदेश-संचालन!

आन्तरिक धम्की,चन्दा-आतङ्क,अपहरण-विष्फोट!
जनता-चिन्ता,दर्द र आर्त? लाग्दैन क्यै चोट?
खुला छ सीमा,के वारी-पारी,सुरक्षा बिग्रिन्छ!
समूह-अपराधी छ,भ्रष्ट!खै के ले,सप्रिन्छ?
आतँककारी लूकेका छन् की?आल्कैडा,जिहाद!
ससस्त्र-सेना,तयार गर,रक्षाको रियाज!
अभ्यास,'ट्रेनिंग',रातमा-खोजी,नेपाली गुप्तचर?
संविधान-भित्र छ सार्भभौम?रक्षाको प्रशिक्षण?

सिध्याउँछौं अब,छाड्दैनौं केही,सलह खेतमा?
भाषण-भोज,विलाश-शोख,कलह-भेटमा!
श्रद्धाञ्जली,सभा र गोस्ठी,छुट्कारा पाँउ म!
कविता-प्रीत,सूरिलो-गीत,खै!के छ र,गाँउ म?


षड्यन्त्र भन्छन्,राजनीतिक हत्या,संयुक्त पहल!
बढेको बढ्यै छ हिँसा,द्रोह!छ केही अकल?
बोटको आँप,टिपेनौँ भने,कुहियर झर्दछौँ!
गोमन साँप-चिनेनौँ भने,टोकेर मर्दछौँ !

सम्मान गरौँ,जीउँदै-सेवा-गरेका प्रहरी!
सम्मान गरौँ,जिउँदै-सेवा-मरेका प्रहरी!


इमान-राखे,दैवले-साँचे,देशकै छ रक्षा!
सत्यको सेवा,सम्मान-ठूलो,जनता-सुरक्षा!

-अनन्तगोपाल रिसाल [3/8/2010 Monday]

No comments:

Post a Comment