को को के के भन्छन् त,'म'-लाई?
[जन्मदिनको उपलक्षमा आफैँले आफनो स्वरूपको विश्लेषण गर्दा - वास्तविकतामा 'म'-को हुँ त?-भनेर सोच्नै पर्ने हुन्छ!बर्सौँ बिते तर खोज्न खोजेको कुरा,खोजेको ठाउँमा पाइयो त? जीवनको मूसा-दौड्मा धेरैनै अल्-मलिएछु!जीवनको उत्तरार्ध नै सहि,सत्यताको खोज जारी छ! भगवानको हातको चमत्कार कुनै जादुगरी झैँ कहीले-काँही त देखा पर्छ! यो संसारको जादुको पूर्ण-रहस्य कसैले खोजी गरी पाउनु भयो? मैले जादु हेर्दा-हेर्दै आफैँलाई हराये नै भन्ठानेँ, म त हरायेको नै रहेन छु! 'म' त जहाँबाट खोज्न शुरुगरेँ त्यहिँ रहेछु! अपूर्ण-ठानियेको जीवनमा,परिपूर्णता के नै रहेछ त? कसैले भेटी हाल्नु भो, भाग्य र चमत्कारले हेर्न पाउनु भयो भने-टिकट काटेर मलाई पनि राखी दिनु होला है?]
साधु-भन्छन् भोगी हो यो,भोगी भन्छ साधु !
आफ्नै साथी दोषी भन्छ,शत्रु भन्छन्-बन्धु !
जन-जाति,बाहुन् भन्छन्,बाहुन्-उपाद्धे!
खुट्टा काट्न् सिपालु छन्,कुरै-असाद्धे !
यौटा भन्छ बौलाहा यो,दिमाग सन्कियो
अर्को भन्छ हैन यार-'तिमीलाई के भयो'?
मान्छे-पिच्छे नानाथरी,चाइनिज्ले-इन्डियन्
युरोपीले भन्छ मलाई,'हे:यो'-मेक्सिकन!
'बोका,खसी काट्ने भन्छन्,हिन्दू-बिचरो!
पापी,दुष्ट-मूर्ख हो यो,देखिन्छ-चोखो'!
हैन-हैन,'बुद्धिश्ट-तँ?के हो तेरो जात?'
चाइना-भारत-अंम्रिका-मा?को छ तेरो साथ?'
'नेपालमा तिमिहरु-जन्तू झैँ भोका?'
हजारौँमा परेँ होला,सोझा-निमुखा!
'काटिन्छौ रे!मन्दिरमा किन त्यसरी?'
कति-लाई उत्तर दिँउ?म-को?कसरी?
भारतीले,आफु जस्तै भनि मस्किन्छ!
मेक्सिकन,ब्राजिलीयन,खूबै-जिस्किन्छ!
गोरे भन्छ 'एलियन',काले ठस्किन्छ!
नेपालीले चिन्न छाडे,मनै खस्किन्छ!
'एसियाली गरिव यो',भन्छ धनीले !
धनी छ यो-ग्रह-दसा,बिग्र्यो शनीले!
सबैजाना उस्तै हुन्नन्,राम्रा-कुराले!
आफ्नै भन्ने पनि हान्छन्,मुठ्ठी-छुराले!
समाजका मान्छे भन्छन्,निकै कराँउछ !
चाकडी र राज्नितिमा,किन डराँउछ?
मीठा-मिठा कुरा गर्ने,भन्छन्-'गर्नुहोस्'!
डाहा-रीश हुँदै गर्छ,खल्ती भर्नुहोस्!
माया गर्ने धेरै भन्छन्,सोझो विचरो!
काम गर्न खोज्छ तर,छैन सजिलो !
न्यू-योर्कमा पशुपति-मन्दिरको कुरा
सबैजना साथ दिये,चाँडै हुन्थ्यो पुरा!
गर्नेमन सबैको छ,नभएको होईन!
मन मात्रै पूगेन रे-पूजा,पैसो छैन?
मुख्मै-हाले-खाने-हाम्रो,नेपालीको-बानी !
सेवा,पैसा झिक्नै गाह्रो,ब्यापारी खै?दानी?
जुवाडेले कौडे भन्छ,खेल्ने-खेलाडी!
जान्ने 'डाँ'-टर् सोची भन्छ,हैन 'अनाडी'!
भाषा-लेख्ने भन्छ कवि,कति लेख्नु भो?
अल्छी-ढोगीँ कुरै गर्छन्,अति-लेख्नु भो!
केटाकेटी'बूढा' भन्छन्,बूढा-'तन्नेरी'!
तन्नेरीले हातै छोडे,थुक्क-धत्तेरी!
भारतको ब्याङ्लूर्मा,बिद्यार्थी पो-थिस्!
सिँगापूरमा चारै-बर्ष,पड्दा-बस्दा-मिस्!
'बाल्टीमोर'र'रोचेस्टर्मा'-दुई,तीन बर्ष बिते!
न्यू-जर्सीको चिसो-हिउँ,दसै जाडो जितेँ!
पन्द्रै-बर्ष भैसकेछ,अम्रिकाको पानी!
मान्छे चाँही अर्कै भे छ,उस्तै रे छ बानी!
भुटानीले भन्छ दाजु,हाम्लाई सहयोग
नेपाली त बोल्छोँ उही,किन भो बियोग?
'सोनी-जी-बिफोर्-यु'-भन्छे घर्वाली!
छोरो सोद्छ किन बा-हामी-'नेपाली'?
'यु.एन.'-मा देख्छु कैले-खासै छ के काम?
'फाइल्फोल्डर्'-यस्सो खोल्छु-कैले जाला घाम?
गरीबीको जरो काट्ने?'रेड्-वाईन्-पार्टी'
सम्बिधान निर्माणमा खोइ,के छ 'ट्रिटि'?
आफ्नै पेशा-परामर्श,गर्छ के रे-खोज्यौ!
खोज-गर्छ,विधा-ज्ञान?के पो रैछ सोध्यौ?
मान्छे-लाई फुर्सतै,खै?मन्दी-अमेरिका!
स्वतन्त्रको देश छ यो?बन्दी-अमेरिका!
कोही कोही भन्छन् यो त,सार्है भाग्यमानी!
रातौँ-रात पलायन् भो,के छ?दु:ख-जानी?
आउ-बाबू कति बस्छौ?विदेशमा-पुग्यो?
स्वदेशको दाल-भात-तर्कारी छ मिठो!
पैसा-पैसा,भन्दा-भन्दै दसौँ वर्ष बिते!
दु-चार,दु-चार गन्दा-गन्दै,विसौँ बर्षा भिजे!
देश-विदेश घुम्नु पर्छ,सिक्नु पर्छ ऐले!
भन्दा भन्दै बितिसक्यो,जाने हो पो कैले?
खालि-खालि सून्यताको,शब्द सुन्न सक्छौँ?
स्वरूपमा बस्यौँ भने,बन्न-भन्न सक्छौँ !
न यो म हुँ,न त्यो म हुँ,नाम-मेरो हैन!
हात मेरा पवित्र छन्,चोरी-छल,छैन!
तिमी को हो?सोध्छ-मेरो-अर्को प्रतिबिँम्ब!
छाँया जस्तो हेर्दा तर,छैन कुनै रुप!
जो जो जे जे भनुन् अब,सुन्ने बानी छैन!
को को के के भन्छन् त?म त्यो हुदैँ हौइन!
-अनन्तगोपाल रिसाल [3/11/2010 Thursday]
Thursday, 11 March 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment