Monday 15 March 2010

कलिवूड देखि हलिवूड सम्म:माइतीको छुट्टी

दांङ-देउखुरीका हामी सँग-'जेलस'-
सुदूर-पश्चिमान्चल-लस-एन्जेलस!
पूर्व भन्नु झापेली, पूर्व-न्यूजर्सी
हामीसंग मेक्सिकान्,काली,गोरी तर्सी !

हामी हिँड्दा हाम्रै बाटो,आउँदैनन् कोही
खाना पकाइ घरै बसुन्,रोइरहुन् पोइ!
जवानीमा सबैलाई 'हिरोइन्को'-सोख!
घाम-बसी,फोटो-खिचौँ लागिरहोस् भोक!

सिकारीले जानी-बुझी गोली हानी दिन्छ?
कस्तूरीको आफ्नै मीठो बास्ना आइरन्छ
वरीपरी पानी पानी,हातमा किन पानी?
स्वर्ग-परी,किन-झरी?-'ह्यान्डिक्याप्मा'-रानी!

छोरा-छोरी घरमै छोडी,मस्ती आमाको
आँखा चाहिँ किन कालो?चारै जानाको?
समुद्रको पानी,आकाश-धर्ती मिलेको !
मीठो मुस्कान,कल्ले होला फोटो खिचेको?

वरिपरी रमाइलो छ,ठाँउ रोमान्टिक
बाग भालू छैन तर लाग्ला हाम्लाई-'टिक्'
'Fragile' भन्छ कस्तो होला?जग्गा मुलायम्?
लांम्खुट्टेले टोक्ला नानी,'ज्या!क्रिम खोइ,ल्याएम्?'

उडुँ उडुँ लाग्यो मलाई चील बनेर
आफ्नै मायालुको प्रेम-दिल सँझेर!
पखेटा चाँही छैन फेरि भुँइमा खसौँला
धेरै मोज मस्ती गर्दा बिरामी परौँला!

भाउजु एउटी,दिदी अर्की,हाम्री बुहारी
पहल्मान चाहिँ को पो भन्दा,आफ्नै पियारी!
शर्मा,घर्मा अरुसबै,खै को बेनर्जी?
आफ्नो बुडी चाहिँ लाग्छ-रानी मुखरजी!

काली होकी, in Cali - चार नक्कली!
नरिसाइदिनु होला है? धेरै कोही पनि!
जन्मदिन मूरीमूरी भाव खुलिजावोस् |
मनका ईच्छ्या बर्ष दिनका पूरा हुँदै जावोस्!

काला काला कपाल मेरा निलो निलो हार!
हिँड्दा हिड्दा नथाकिने-किन चाहियो कार?
पूर्वबाट पश्चिमतिर, तातो तातो घाम !
ज्वरो आउने मस्ती गरौँ -बल्ल घर जाम!

'Angelina Jolie'-हो की? 'Jennifer'-को जोडी?
'Julia'-को काट्टी-कुट्टी, 'Sandra'-लाई छोडी !
फुल भन्दा मान्छे राम्रा-मान्छे भन्दा 'ब्याग'
नयाँ लुगा बिर्सीएछ,ज्या! झुन्डिएको 'ट्याग'!

आमाहरु मस्ती गर्छन् पाउडर घसेर!
केले धुन्छौ?बाबु-नानी,चहुर बसेर?
छोरी पाउने,हुने रहर सबलाई हुँदो हो!
बाहिर हाँस्यो-चस्मा(खोली)छोपी,भित्र रुँदो हो?

सँसारको फुलबारीमा गर्नु योउटै चोरी
बल्ल थाहा भयो-हाम्रा सशुराकी छोरी!
गोरी भनुँ काली लाग्छ,काली भनुँ गोरी!
के नै र छ माया भन्ने?दिलै लगि मोरी!

टाढा टाढा हेर्दा पनि देखिदैनौ तिमी,
माइत पनि कति टाढा,पुग्नु पर्ने ठिमी!
हिँड्दा,कुर्दा-प्यासै लाग्यो-टन्टलापूर घाम!
जति हेरे नपुग्ने चाँही,आफ्नै प्यारो राम!

'Synchronized swimming'-जस्तो चहुरमै चमत्कार!
महिनौँ दिन माइत बस्दा,घरमा हाहाकार!
घुम्दा घुम्दै ज्वरो,कठै,भोक लाग्यो कि?
घुम्ने भन्दा-फोटो खिच्ने रोग लाग्यो कि?

नेपालझैँ पूर्व-पश्चिम् माइत टाढा छ
अम्रिकामा 'टाइमै'-छैन,वायू-गाडा छ!
बर्सौँ दिनमा एकै चोटि,भेट्न गाह्रो छ!
उता घामै-घाम लाग्दा,यता जाडो छ!

वाक्स गर्ने हलिवुडमा, चप्पल् सिंगापूर
पानी जस्तो के छ सस्तो? पैसा हुर् हुर्!

दाइ र बहिनी,दाइ र बहिनी-कति सुहायो
बाबु पनि भन्छ यौटा - बहिनी चाहियो!

खोलुँ खोलुँ लाग्छ कपाल,घाम पारिलो!
हात्मा पर्स किनुँ राता-फूल घारिलो
माइत भन्या दुइ-चार दिन,फेरि फर्कन्छौ!
हात्मा'सेल',फोन गर्न किन बिर्सिन्छौ?

तल देखि माथि सम्म सबै सेरो-फेरो!
'बिरालाको-हिँडाइ'-तिम्रो,तारा-छाँया मेरो
तील-चामल लूगा राम्रा,नसालू छन् आँखा
नेपाली र खैरी जस्तो मिश्रित छ भाका!

कपाल तिम्रा झर्ना जस्तो-सशुराकी छोरी!
सँसारको फुलबारीमा गरेँ योउटै चोरी!
के नै र छ माया-न्यानो?दिलै लग्यौ मोरी!
गोरी भनुँ काली लाग्छ,काली भनुँ गोरी!

काला-निला लूगा छन् नी,रंगी-चँङी घर
गाँउ मन पर्छ भन्थ्योउ?कुन हो त्यो सहर?
अरुहरु घोडा चड्छन्-हामी पर्खाल चड्छौँ
हात समाउँ,लड्यौँ भने,एकै चोटी लड्छौँ!

हातमा ब्याग,'स्कर्ट-टिसर्ट',लामो कपाल
'रिश्ट्-ब्याण्ड' सेता दाँतको हेर कमाल!
कालो पोते,चस्मा-माथि,बिर्स नेपाल!
हाम्रा पछी कति आए-राजेश हमाल!

तीन जना उभीएछन् तीन मुर्ती जसै
कती राम्रो देखिएको हाँसी देउन एसै
कती समय लाग्यो होला तयार पर्दा पर्दै
हाथ मेरो दुखिसक्यो तस्बिर खिच्दा खिच्दै

दाइ र बहिनी,दाइ र बहिनी-कति सुहायो
बाबु पनि भन्छ यौटा - बहिनी चाहियो!
हलिवूड्ले ब्रेक दियो? जाने भए जाउँ
बलिवूड्को डान्स गरुँ-लाइन बसी खाँउ!

खैरे-खैरी,कत्ति हेर्नु खैरो लाइयो!
'बूडा,कपाल खैरो बना'-खैरै चाहियो!
हलिवूड्मा माइती छ, के नै चाहियो?
भोको पेटमा 'रेड-कार्पेट','अस्कर' पाइयो?

'सेलिब्रिटी-स्टार'-सँग 'डिनर' गर्नु छ!
फोटो खिची हाल चांडै,घर लानु छ !
गाडीले ब्रेक दिए - पूल तल खस्छु !
हलिवूड्ले ब्रेक दिए-भन्देउ यहिँ बस्छु!

गोरा काला छैनन् कोही,तस्बीर सेतो-कालो
लाइन लाग्दा दिनै बित्यो,कैले मेरो पालो?
पूरानो झैँ लाग्ने रै छ,फोटो हिजैको हो
केटाकेटी जोडी देख्दा बल्ल बुढा 'मिस्'भो!

आमाको माया-ममता,न्यानो छ घाम प्यारो
तेल-मालिसले नरम्,ढाडै घसेको देखेँ|
तिम्रा निशब्द प्रेममा,स्वयं फसेको देखेँ|
मन भित्र तिमीलाई मैले बसेको देखेँ !

खोला अटेर-भेलले खेतै बगाइ दे छ!
गरीव पेट भोकले,आँखा धसेको देखेँ|
तिम्रा निशब्द प्रेममा,स्वयं फसेको देखेँ|
मन भित्र तिमीलाई मैले बसेको देखेँ|

नभन तिमी आकाश एक-दिन् खस्छ भनेर
नगर फारो जीवन,मुफत्मा फस्छ भनेर!

लौन मैले कसो गरुँनि-घोच्ला दारीले!
छोरी(रा)भन्दा आमा तरुनी,फुल बारीले!

टल्कियेको घामले तिम्रो,सुनकेस्रा झैँ केश
रंगीचङ्गी फुलबारीको,कुन हो त्यस्तो देश?


भौँतारिएको मनमा ग्लानी सिकारीको झैँ
फाटेको बस्त्र चन्चल कम्मर् कस्सेको देखेँ!
तिम्रा निशब्द प्रेममा,स्वयं फसेको देखेँ|
मन भित्र तिमीलाई मैले बसेको देखेँ|

स्वर्गीय बागमा फूल् टिप्दै थिएँ म किन्तु
पत्ताहरुमा (इ)स्पर्श तिम्रै पसेको देखें!

बादल र सागरका पानी यौटै रँङ्ग
कपाल ती काला-खैरा,देख्दै मन दङ्ग!
सेता निला आकाश झैँ साह्रै राम्रा नाना
जीन्दगीमा हाँसीखुसी पल्टाइदेउ पाना

आफू हेर्छु बुढी तिर,बुढी गर्छे फोन
कान थापी सुनेको त 'ईन्गेजको टोन'
सोझै भन्नू 'फुर्सत छैन'-पछि कुरा गर्छु
पौडी खेल्न आउँदैन,डुबीएला मर्छु !!

पानी झर्दा झर्झर हेर!कपाल हाम्रो त्यस्तो!
लौ त भन,दिदि-बहिनी-को हो?चिन्यौ?कस्तो?
हामीले लाए हीरा हुन्छ,काँचै पनि सस्तो!
कस्को हुन्छ हलिवुड्मा,माइती हाम्रो जस्तो?

- अनन्तगोपाल रिसाल (March 15, 2010)

No comments:

Post a Comment