मन भित्र तिमीलाई मैले बसेको देखेँ,
तिम्रा निशब्द प्रेममा,स्वयं फसेको देखेँ|
स्वर्गीय बागमा फूल् टिप्दै थिएँ म किन्तु
पत्ताहरुमा इस्पर्श तिम्रै पसेको देखें!
भौँतारिएको मनमा ग्लानी सिकारीको झैँ
फाटेको बस्त्र चन्चल कम्मर् कस्सेको देखेँ!
हित-राष्ट्रको नबिर्से,बर्षा छ पुँसताको
भिज्दै छ भारी दिन्दिन्?बारुद् वस्सेको देखेँ|
हिम-मानवै हरायौ? आस्था ढलेर ब्युझेँ
गिलो फोहर हिलोमा पहिरो खसेको देखेँ|
खोला अटेर-भेलले खेतै बगाइ दे छ!
गरीव पेट भोकले,आँखा धसेको देखेँ|
आमाको माया-ममता,न्यानो छ घाम प्यारो
तेल-मालिसले नरम्,ढाडै घसेको देखेँ|
शिव-बुद्धमा छ दो मन्?भ्रांति मज़ाक गर्ने?
लड्दा छिमेकी गोमन,तिमी डसेको देखेँ|
तिम्रा निशब्द प्रेममा,स्वयं फसेको देखेँ|
मन भित्र तिमीलाई मैले बसेको देखेँ|
-अनन्तगोपाल रिसाल [3/15/2010 Monday]
Monday, 15 March 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment