Tuesday, 2 March 2010

नेपालमा आउँदैछ रे! ठूलो भुईँचालो !

नेपालमा आउँदैछ रे! ठूलो भुईँचालो !


नब्बे सालमा दुर्दसा भो!मान्छे हराए!
घरै-भित्र,फसे बरा!कत्ति कराए!
होश गरौँ,खोज गरौँ,चाँडै नै पालो!
नेपालमा आउँदैछ रे!ठूलो भुईँचालो!


घर-बार,भित्ता-झ्याल,छैन दरिलो,
खुल्ला ठाउँ छैन कतै,चहुर् हरियो!
ईश्वरले बुद्धी देला?हाम्रो छ पालो-
नेपालमा आउँदैछ रे!ठूलो भुईँचालो!


हाईटी गयो,चिली गयो,जापान,चाइनामा
साह्रै दुख,चिन्ता बड्यो,कुरै सुन्दामा!
अब हाम्रै पालो-आयो,खै को करायो?
नेपालमा आउँदैछ रे!ठूलो भुईँचालो!


नयाँ नेपाल बन्न नपाई मनै भत्की जाला
हिमालमा हिँउ शून्य?सुक्लान् नदी नाला!
प्रकृतिको धर्म-रक्षा,दैवी न्याय मिल्ला?
सदा हाम्रो जीवित हुन्,अँचल र जिल्ला!

दूर-दर्शी छन् की कोही?चोरी,लूटेरा
छट्टु,धूर्त,पाकेट्मार-अल्छि-घटेरा!
ईन्जिनियरको सल्लाहमा,घर राम्रो छ रे!
जिल्ला-कारिन्दाले पनि सहि-छाप गरे!
पानी-बत्ती,जसो-तसो,नेपालको-घर
सबैबाट बच्लाउ तर,भुईचालोको डर!


हाम्रा आमा-बाबू त्यहिँ,बसेका छन् एक्लै
उमेर पाकी सक्यो बरा!थोरै-देख्दै,सुन्दै!
सानीमा र काकाहरु,सशुरालीका,
भान्जा-भान्जी सानै छन्,काखै-काखका!
सरकारको भर छैन,छैन जालै-जालो!
नेपालमा आउँदैछ रे!ठूलो भुईँचालो!


खुट्टा हाल्ने ठाउँ छैन,जता हेर्यो घर,
स्वच्छ-हावा कैले खाने?दुषित् वरपर!
पानी फोहोर भैसक्यो,ईनारको कालो !
नेपालमा आउँदैछ रे!ठूलो भुईँचालो!


पहाडमा ओहो कतै पैरो जान्छ कि?
नदी-खहरेले,कतै गोठै खान्छ कि?
डर लाग्छ,दिदि-बैनी,साथ-सँगालो?
नेपालमा आउँदैछ रे!ठूलो भुईँचालो!

उपाय के छ त, अब ?

बाहिर-बाट के पो गरुँ?लाउरे भईयो,
दुईचार-पैसा बनिहाल्छ,विदेश-गइयो!
आपतमा कैले काहिँ,हात-फैलायो!
गर्ने ईक्षा मनै बाट,त्यसै वैलायो !

कत्ति दिनु दोष मात्रै,के छ उपाए?
सर्ब-हीत हुन्न कहिँ,छैन है न्याय!
'बहुजन हिताय'-मा,छ लाखा-पाखा!
धैरै बिचारको धनी-धैरै छन् भाखा!


अस्पताल,होटेल र पर्यटक ठाउँ
जिल्ला,जिल्ला बनाउँ हामी,घुम्नु पर्छ गाउँ!
शहरमात्रै के नै छ र? शङ्रग्रहालय?
नेपालको मजा त त्यो-हेर!हिमालय!


सबैलाई भन्छु म त,घर नबनाउ!
बाग्मतीको किनारमा बस्ती नबसाउ!
स्वछ्च-पानी-खाने मन् छ?ईनार नखनाउ!
काठमाण्डौँमा जगै छैन,जग नबसाउ!


हेर्दा,देख्दा सानो घर-भित्र सुबिधा
ठूलै-मात्र हुन्न राम्रो?नहोस् द्विबिधा!
घर-वरपर पनि,मन रमाओस् !
साथी-भाई मिली-मिली गाँउ जमाओस्!
गृह कसरी आश्रय बन्छ? मन-वसन्त?
जन्मभूमि,वास-स्थान,नाता-कुटुंब!
सदन र शालामात्रै हैन घरवार!
हुर्किन्छन् है,विरुवा र वंश-परिवार!

जनक्पूरमा जनकको,विश्व-बिध्यालय
स्वर्गद्वारी-बनोस्,विश्व-शङ्रग्रहालय!
लूम्बिनी र खप्तडमा,बन्न बाँकी छ,
धादिङँका गरा-माटा,खन्न बाँकी छ!

सीता र भ्रिकूटीको,खोइ आश्रम?
अरनिको,भीम जस्ता खोइ सीप-श्रम?
लक्ष्मी-भानु,कता गए?त्यसै सेलाए?
नेपालको फूल-सबै,कहाँ वैलाए?


सोलुखुम्बु-शेर्पाको,धरान-गुरुङको
काठमाण्डु-नेवार्को,पोखरा-सुरुगँको!
दाँग-देउखुरी-मा,थारु-थरुनी
नेपालमा मन-बस्यो,कसो गरुँनी?


तराईको खेती राम्रो,पहाड हिडौउँला!
स्वच्छ-मीठो पानी खान हिमाल चडौँला!
विज्ञानको खोज-गरी,शक्ती निकालौँ!
देशको फेरि एक-चोटी,भक्ती निखारौँ!


स्वास्थ-चौकी,सेवा-केन्द्र,पूलिशको थाना
पाइयोस् सबैतिर अझ,मीठो-मिठो खाना!
सूरक्षा,ब्यबस्था,घुस्को नहोस् कसर्?
अनि के को नेपाल्मा,भुईचालोको डर?


रसुवामा रातो फूल,सोलु-स्वाउ मीठो!
पाल्पाको ढाका टोपी,दोलखाको पीठो!
सबैतिर बनोस्,स-साना राम्रा घर्!
अनि के को नेपाल्मा,भुईचालोको डर?

सिमेण्टी कै किन हुनु-पर्‍यो?गार्हो काम!
बाँस-ढुङा-माटोमै,तातो-न्यानो-घाम!
परालैको-छानामा,रातो-माटो छर!
अनि के को नेपाल्मा,भुईचालोको डर?


ईलाम भन्दा ईटहरी,सस्ता छन्,
हेटौँडा र बुटवलमा,बस्दा झन्!
रमाईलो त धनगढी, तुलसीपूर,
नेपाल्गँज्मा भुईचालोको छैन केही सूर!

जे जे गर्न सकिन्छ है,मिलिजुली जन,
आशा गरोँ सहयोग,बल-सीप-धन !
समयमै गरि-हालौँ,पछी सकिन्न!
भगवानको भर-परौँ?भन्न सकिन्न!
ज्ञान बाडौँ,सीप साधौँ-मान्छे बचावोँ!
गाँउ-घर,गल्ली-गल्ली-देश जोगावोँ !!
सेवा मागौँ,हाथ-थापौँ,नेता-तताओँ!
बिचार गरौँ,गोस्ठी गरौँ-सबलाई सुनाओँ!


धेरै-बिधा,बिज्ञानको-ठूलो जाँच छ!
यौटै मात्र होईन त्याहाँ,सबको आश छ!
विदेशी र छिमेकि,सहर-बस्ती-ग्राम!
तन-मन-धन-जन,देउ भगवान!

- अनन्तगोपाल रिसाल (2nd March,2010)

No comments:

Post a Comment