Monday 11 November 2013

हरि-बोधनी-एकादशी



क्षिर सागरमा महिनौं बसने
रस प्यार मिलाएर भक्त दिने
दुख छैन कतै जब काल छिने
बुझि बुद्धि पुराएर ईश चिने
तप त्याग जहाँ बस मुक्ति मिल्यो
दमले शमले जड चित्त गल्यो
जन कृष्ण जनार्दन शेष कहीं
भव विष्णु र केशव नाम सही

रुप सुन्दर स्वच्छ छ मंगल रे
भज-ब्रह्म मुकुन्द अनन्त हरे
युग-पालक रक्षक बन्धन के?
बन मोक्ष स्वतन्त्र छ यो मनले  


अझ सोधन भो मन बोधन यो
हरिले हरिदे गुण तामसको
झलमल्ल बली अलमल्ल गयो
सुख मस्त मिलि अब बोध भयो


बस कार्तिकको नव शुल्क तिथि
ग्रह सूर्य मिलाएर आऊ मिति
तुलसी बधु शूभ-बिवाह गरी
सब पाप हरेर हटाइ लगी


कणमा अणुमा गणमा गरिमा
कसरी म चढाउँ कती महिमा?
प्रिय आऊ उठी अब यो जगमा
लग दोष सबै मद छैन म मा

1 comment:

  1. Good to read your Hari Bodhani poem...Nice and beautiful

    ReplyDelete