Monday 6 September 2010

नेपाल-जैविक-पार्टी (ने-जै-पा)

[नदी,वायु,घाम,वाताबरण शुद्ध गर्ने, वैज्ञानिक कृषि-अर्थतन्त्रमा आधारित, भ्रस्टाचार-नातागोता बिमुख, पर्यटक ओइराउने, स्वास्थ बर्धक, मन चित्त प्रसन्न गराउने खालका गतिविधी, पारदर्सिताको समर्थन गर्ने यौटा ससक्त जीवन निर्माण प्राविधिक क्रान्तिको आवश्यकता छ! यो आफ्नो विचारको हड्ताल हुनेछ, मानसिक उद्बोधनको, जातिय संस्कार र मूल्यताको लागि चुनौति!
विश्वमै यौटा जैविक जीवनको यथार्ततामा आधारित आर्थिक, प्राविधिक, सामाजिक, राजनैतिक, आध्यत्मिक प्रणाली!
नयाँ नेपाल बन्ने भन्ने कुरा त आकाशको फल भएको छ! ब्रिटिशको शासन सकियो,राणा शासन हट्यो, शाहले शासन गरे! शाह पनि पाखा लागे, पहिले प्रजातन्त्र अनि पछि-गणतन्त्र आयो,गयो-जनतन्त्र चाहिँ अझै आउन बाँकी छ रे! धर्म निरपेक्षता मिल्यो-मान्छेमा अझै अधर्म बढ्दै छन्! राजा हटे-अराजकता बड्दो छ! संबिधानको के कुरा, प्रधान्मन्त्री छान्न सकेका छैनन् साँसदहरुले! यौटा सहमतिमा पुग्न सकेका छैनन् जनताको भत्ता खाएका लाज मर्दा, नपुँसक राजनैतिक नेताहरुले! यत्रो बचन, आशा र सम्मानले दिईएको र अधिकार दिएर पठाएका यी सेवकहरुले जनताको पूर्ण सेवा गर्न सकेका छैनन्!
राष्ट्रकोषको दूरुपयोग गर्दै विदेश आउने संपूर्ण राजनैतिक नेताहरुलाई कालो झण्डाले स्वागत गर्दै पून: नेपाल फर्किएर चाँडो भन्दा चाँडो सँविधान बनाउन पहल गर्नुहोस् भन्ने हाम्रो पार्टीले विश्वाश राख्दछ! यौटा नयाँ भन्दा नयाँ पार्टी खुलेको छ! यो पार्टीमा तपाईँहरुको 'भोट',केवल 'नोट' माग्दै मागेका छैनौँ! तपाइँहरुको राष्ट्रबाद माग्दै छौँ! तपाइले ठान्नु भएका अगुआ,सच्चा सामाजिक नेता,ग्राम-सरदारका नाम सिफ़ारिश गरी सल्लाह दिनु होला! नेपालको राजनितिक राजमार्ग बनाउनलाई जति समय, अर्थ लगायौँ-जति नेताको झोला र पार्टीको झण्डा बोक्नु भयो अब त्यो काफी भएन त? आजको यूगलाई ससक्त बनाउनलाई अब सचेत-पूंजीको आबश्यकता छ र त्यो पनि जनताको, समाजको समुन्नति लागि हुनु पर्ने बाध्यता र उद्घोषण हो हाम्रो!]
राजनैतिक ईतिहास:

को राजाबादी?कम्जोर छन् ती,सौ बर्षा बितिगो
के अन्न फल्छ?मौसम छैन,झन् अल्छी गर्दियो
ब्यापारी गोरु,गाईझैँ सँझी,दुध्-खूबै दोका छन्
आछे र पाछे,भैहाल्छ हल्ला,कुरेर रोका छन्
दुईचार् सय,बर्षमा के के?समय बितिगो?
ती बँशै मरे,भाका नि सरे,ल नातै रित्त्तियो
समय साथ,लैजाने-दिने,कोही नि भएन
को-किन-कल्ले?सँहार-काण्ड,दर्बार रहेन

त्यै शाही सेना,जन्ताको बन्यो,मन्त्रीको होईन
हज्जारौँ छोरा,छोरीको ज्यान,खै मन रोएन?
 
काँग्रेसी हात्ती,को छ र त्यस्तो?दूर्गन्ध नभाको?
घुस र भुश,कुर्सी र गाडी,क्यै अन्ध-नखाको?
छोरी की भान्जी,मै शक्तिशाली,आफ्नै छन् नातेदार्
को कार्यकर्ता?जाँसुकै जाउन्,पार्टीका बफादार्?

प्रजातन्त्र समाज्वाद राष्ट्रियता भन्छौ
पूँजी-वाद भ्रष्टाचार नातावाद् मै रम्छौ?
उदारका विश्वेस्वर विश्व विख्यात्,गए
तन मन धन दिने कति जन भए?

नेता ठूलो मेरै गोरु साथ-दाईना छन्
विदेशको मुख ताकी राज्निति गर्छन्


मावोबादीको,जोस र होस,क्यै गर्छु भन्दै छ
बिचरा-नानी,धम्कि र डर् मै,जमिन गन्दैछ
सर्वश्व लूटे,जनता-काटे?ज्या!जग्गा खोसियो
पजेरो नेता,आफू चैँ ढुक्क,त्यै पार्टी पोसियो

लुट्नु त लुटे,पिए र पिटे,त्यै सत्ता फैलाए
बन्दूक नाल,विद्वंश नाश,होहल्ला मच्चाए

एमाले ब्वासोँ,यता न उता,छाला छ बाघैको?
गन्हाउने गुन्द्रुक्,हारेका बुज्रुक्,छ्या मूला सागैको!
चुनाव हारी,जन्ताको हाँसो,नेता भै-खाएका
कानफट्टा जोगी?न धर्म कर्म,के देश ल्याएका?

तराई जन,जाग्न त जागे,भारत भाँडियो
सेना र सीमा,लौ आउ अब,सुरक्षा दरिलो
फोरम भन्थे, फोर्देम् हाम्ले, नेता नी भै हालेम्
साँसदाँ बस्यौँ, विदेश घुम्यौँ, भत्ता नी पाइ हालेम्
टाउके भन्दा, राउटे नीको जैबी देवताको
‘जंगल भूमी, प्रसस्त छन् नी, द्लदल् कता गाको?’
जन र जाति,मिलेर बसे,को कल्ले भन्छ र?
छुट्टिने भए,नङ र मासु,को कल्ले गन्छ र?
भविस्य कस्तो छ त?

संविधान् लेख्लान् ,भनेर ढुक्क, ती मान्छे छानेको
बुझ्लान्-पढ्लान्,कलम खै त?क्यै छ की जानेको?
सपना विश्वाश्,आधार्मै चल्छ,कस्तो यो राज्नीति?
चटके जादु,चाकडी गरी ? बल्छ की बिजुली?

धिक्कार आज,रहरै-लहड्,पार्टी यो रोज्नुहोस्
भोट् पछी दिँदै गर्नु है दाज्यु,जागिर खोज्नुहोस्
नेता जो छैनन्,काम् कम हैनन्,धेरै नै छन् ठालु                           
जसो र तसो,फलेको मकै,खाने चैँ ती भालु
धर्म र राजनीति बेग्लै हुनु पर्छ :

राज्नीति धर्म,छुट्टिनु पर्छ,ब्यापार हो ब्यग्लै
समाज सँस्था,आ-आफ्नो मन्त्र,राख्नुछ अलग्गै
आस्थाको पोको,सीपको डोको,नेपाल सुहाउने
प्रकृति प्रेमी,विश्वको हित,देवता डराउने

मस्जिद गुम्बा,चर्च नि बनुन्,बढ्नेछ भावना   
हटेर जाउन्,बलिका प्रथा,स्वस्थका कामना
खै!वर्षौँ बिते,तीता र काँडा,विवाद सँकिर्ण       
सात्विक भजन्,सद्भाव-जन,संवाद संपूर्ण

सँविधान तुरुन्त लेखियोस् :

सँविधान् सोच,उन्नति रोज,शिक्षामा प्रगति
स्वास्थ र रक्षा,शान्तिका लागि,अर्थको सम्मति
मिलेर-काम,सक्दैनौँ भन,उपाए सोचौँला
बलिया सूरा,सेवक सक्षम्,देशमा खोजौँला

शासनादेश,सांसद-नेता,लूट्नलाई नदेउ    
सेवक हुन् यी,जनता ठूला,सम्मान भाउ लेउ

अम्रिका भन्छ,भारतले सुन्छ,चाइना भन्दैछ   
‘उठ्नोस’ हजूर्,साथ् दिम्ला हामी,खै दिन गन्दैछ
लौ हिजो मात्रै,म सिँगापूर्मा,बैठक् बोलाएँ  
कुन् मन्त्री कस्लाई?को राष्ट्रपति,सबैलाई खूलाएँ

मानेछन् बल्ल,सबैले मेरो,सु-मन्त्री भू-मन्डल्
जन्ताको तन्त्र अवश्य बन्छ,आउँनेछ-दलै दल्  
नेत्रित्व खाँचो,रहेछ बल्ल,पूरा भो पुर्ने भो
राज्निति खाडल्,भत्केको पूल,बल्ल पो बन्ने भो

हाम्रो पार्टीको नारा:

समानता शान्ति हाम्रो मानवता नारा  
आफ्नो गाउँ आफैँ बन्छ आजै मिलौँ सारा
सिंहदर्वार साइकलमा स्वास्थ राम्रो हुन्छ
जनताको सुरक्षाले बिश्वाश त्यो जाग्छ

किसानको पार्टी हाम्रो मजदूर आवो
हामी आफैँ खेत रोप्छौँ जैवी खाना खावो  
सूर्य हावा पानी बाट शक्ति किन्छौँ हामी
सँसारमै निर्यात होश् हाम्रो पार्टी नामी

शहर् गाउँ तराईका पहाडका जन
हिमालको नदी हाम्रो अन्न फल्ने धन

परिवार मिलिजुली सुन गोड्नु पर्छ
हाम्रो उन्नतीलाई अब कसलाई सोध्नु पर्छ?

घर-घर्मा पानी बत्ती शिक्षा धर्म रोज
बाटा धारा चौतारीमा आफ्नै भाषा बोल
सेर्पा थारु गुरुँङ्गको राई लिम्बु मगर्
नेवार् बाहुन् मधेशीको ठूला भब्य शहर्

लिँङ्ग धर्म जात पात पार्टी समभाव
मानवता समानता अर्थ शुभ-लाभ
 
बाडीँ चुडीँ घर ग्राम पाटी-पौवा कुवा
वली प्रथा विरोध छ,छैन भट्टी जूवा

आफ्नै घर वरपर कसलाई किन गाल?
गल्ली गल्ली सफा राख्न स्वास्थ हडताल   
पर्यटक विदेशीले देसै भ्रमणमा
खर्च गरुन् स्वस्थ विचार् राम्रो श्रवणमा

गाइ-भैँसी,खेती-पाती परालको भारी
बगैँचामा फलफूल गाउँ हरियाली
बाल यूवा तन्नेरी हो अधबैँशे बूढो
दुई करोड्लाई काम दिन्छौँ योजना छ ठूलो   
मन्त्री मन्डलमा को को छन् त?

जन्ता तिमी,मालिक हौ,भूल्यौ ईतिहास?
तिम्रै हित्मा,चल्नुपर्छ,के को उपहास

हतियार अधिकार कुन् चाहिँ ठूलो होला?
सोच,सिक,बुझ गर संझ भोट बेला
प्रत्यक्षको जनतन्त्र देख्न ढिलो छैन
आन्तरिक सेना रक्षा राख बाह्य किन?
बाहिरको पुगिसक्यो भित्र दरो बन
चरित्रमा सीपकला गुणस्तर मन

महावीर पुन हाम्रा प्रविधिका नेता
अनुराधा कोइरालाको नारी-बाल सेवा


आनी चोयिङ ड्रोल्मा हाम्री नेपालकी आत्मा
कति भित्र-बाहिर-शान्ति, बसुँ सुनुँ साथ्मा

हाँस्ने जोडी,म-ह मीठो,मनोज् योजना
मन्त्री दल,जैविक्-पथ,अरु क्वै खोजन

पुस्करको साइकलले यातायात चले
कुलचन्द्र आजभोलि यसै खाली छन् रे
बन्ने छैन देश हाम्रो त्यसै कुरी कुरी
रबिन्द्रको शिल्प मीठो देव ग्राम पूरी
योजना र निर्माणमा दक्ष पुग्नु पर्छ
स्वदेश र विदेशीले मूल्यांकन गर्छ

वाङ्देलको कला क्रिडा क्यान्भासको रँङ्ग
विविधछन् जनजाती मनै फुले दङ्ग

कर्ण शाक्य पर्यटन,बिजयको लामा
सुरेस्राज शिक्षा मन्त्री,कोइ छ पहरामा?
रोइतले आँखा दिन्छन्,देख्न सक्ने बन
ज्ञान विज्ञान् ल्याउ धर्ती,विश्व अन्वेषण

राष्ट्रकवि-राष्ट्रपति छ सेना सबैको
हिमालको-तराईको विधान सधैँको
अर्थ-योजना कस्ता कस्ता छन् त?  

हिमाल पग्ल्यो,पहाड पैरो,तराई डुब्दैछ
नदीलाई बाँध,पाखामा गरा,मधेश गोड्नैछ
करोड जन्ता, मिलेर झट्ट, सह्-कारी खोलौँन?
देशलाई ब्यापार्, योजना गरी, बन्दगी राखौँ न?

अस्पताल् पार्क,मिलेर 'सार्क','ट्रेन'को योजना
पर्यटक् बढुन्,बाँडेर खाउन्,सेवाको भावना 

'फाइबर-अप्टिक्स्',उद्योग खप्पिस्,हिमाल अभ्यास          
साइकल मोटर्,नदीको मार्ग,स्वस्थको छ साश
सलल्ल बग्ने,राज्मार्ग हामी,सजीलै बनाउछौँ
पहाड्मा पुग्ने,हवाई उड्ने,'रोपवे'-चलाऊछौँ


'टावर् पुल्ली',नदीका बाटा,चिप्लेटी खेलौँला
'स्की-ड्रिम्-रिजोर्ट',बाँसका घर,हिमाल हेरौँला
मानवी-चँगा,हिम्नदी गँगा,धर्मले नुहाउँला
खप्तड कुण्ड,कोसीको छेउ,'जेट्-स्की'-पो चलाउँला

एक दशक् भित्र,यो देश बन्छ,बन्नेछ नेपाली
शान्तिको भारी, यो विश्व भरी,शिरमा हिमाली

शिव र बुद्ध,यहुदी-ईशु,अल्लाहको शन्देश
मित्रता ठूलो,प्रेमको पूँजी,सचेत यो देश 

जाग्रत जन,विधाको भाव, नियम कानून
सुरक्षा दिनु संब्रिद्ध साथ, अतिथी सगुन
चन्द्र र सूर्य,धर्म र पाप,स्वर्ग र नरक् छ
कुन् देश छैन,नराम्रा राम्रा,शासन फरक् छ


- अनन्तगोपाल रिसाल [6th Sept, 2010]
**Disclaimer: All the images referenced in this poem are from Google Images

1 comment:

  1. Very good composition ! wish a evry success of your political party based in USA? or Nepal? which might have a crystal road map unlikely different from traditional and modern revolutonary what they call people's party say one thing but opposite n impelementing.

    ReplyDelete