Wednesday 18 September 2013

लोक-तन्त्रमा, ईन्द्रजात्रा हट्नै पर्छ ?

लोक-तन्त्रमा, ईन्द्रजात्रा हट्नै पर्छ ?


स्वर्ग-राजा मानिँदैछ, आजभोलि पनि
ईन्द्र दिन्नन् गाईबस्तु? बरुणले पानी?
रुढिबादी परम्परा, जनजाति गीत -
बलि दिने तामसको, किन यस्मा प्रित?

बुद्ध जन्मे यिन्कै लागि, पूरेतमा प्रश्न
चारपाटे मुड्नु पर्छ, डोरी पाता कस्न-
मन्दिरमा तम घुस्यो, मद्द-मांस माते
भुस्याहा ती कुक्कुर झैँ, लोभी-कामी-खाते!



अब 'क्राइस्ट' जन्मिदैं छन्, गाउंघर भरी
बर्ण, जात किन चाहियो? डलर थरी थरी!
संस्कृतिले के नै दियो? दियो निभाउन -
धर्म अब चहिन्न रे! पाप जिताउन ?

जीवन यो जात्रा भयो, रथ तान्ने हामी
नेतालाई बोका चढाउ? तिनै बोक्सी-धामी?
लुट्नु सम्म लुटे-देश, बलात्कार बढ्यो
राजनीति कम्जोर भो, विदेशीले लग्यो !   


उठौं ! जागौं ! साथी भाई, संसारका भरी
हिमाल हाम्रा देवता हुन्, पाहाड थरी थरी
डाँडा भरी पानी जमोस्, वर्षा घाम छायाँ
मिलिजुली बसौं अब, बढोस् हाम्रो मायाँ


नदीबेली जडिबुटि, घरै भित्र रमुन्
फलफूल तरकारी, अन्नपात छरुन् !     
गाईबस्तु, मेलापात, हाम्रै घरमा छ
स्वर्ग-सरी मन्दिर यो, संसारमा काँ छ?  


धर्म-अर्थ-कर्म-ज्ञान, यज्ञ ईश्वरको
ईछ्या शक्ति दरो राखे, मिल्छ चिताएको
प्रकृतिले दिएकिछन्, अन्नपूर्णा खानी
घरदैलो पधेंरी छन्, बिर्स्यौं जानी जानी !


छली ईन्द्र किन पुज्छौ? रथ काखी च्यापी?
त्यस्तो पनि धर्म हुन्छ? रगत् छ्यापी छ्यापी?
मन्दिरमा बली गर्ने, नरकको पापी -
बालकमा बाँड बरू, किताब र कापी !


ईन्द्रलाई हैन अब, गोबर्धन पूजौं  
गाउंघर जाऊँ, छिटै, जैबिकी के? बुझौं !
रथ-यात्रा गणेशजी, होस्टे-हैंस्टे भेट,  
सीता हाम्रै धर्तीमा छिन्, गोडी हेर खेत !  


ईन्द्रलाई बांध्नैपर्छ, मन चोरी गर्छ-
घुसखोरी, लोभीलाई दण्ड दिनै पर्छ!
डोरी-बाँधी, लोक शिक्षा, पाता कस्नै पर्छ
बाताबरण शुद्ध, नदी, सफा राख्नै पर्छ!


राणा र शाह,मिलेर लुटे, मुण्डन गराए
दुइचार दशक्, कांग्रेसी मिली,सिनित्त सकाए
बन्दूक बोकी, मावोले लडे, तमासा सकियो ?
शान्ति त आयो, सधैलाई पुग्ने?हो हल्ला, होकी यो?

गाउँघरलाई, बोक्सीले खान्न जाँड र रक्सीले
भूत र प्रेत, डरले खायो, चूरोट, ह्विस्किले !
खै के पो आयो? हज्जारौं मरे, नयाँ के भएछन् ?
लूट र पीट,भ्रष्ट झन् नेता, जस्ताका तस्तै छन् !


तम बाट उठ रज, रजबाट सत्य-
अज्ञानले लुकेको छ, खोज गर तथ्य !
शिव-बुद्ध-कृष्ण कहाँ? धर्म त्याग चिन !  
राजालाई फाली सक्यौ, ईन्द्र मोह किन?

2 comments:

  1. http://www.mysansar.com/2013/09/7493/

    ReplyDelete
  2. Thxs Ross, Seems like almost the similar message. I am opposing the King's bad conduct not on auspicious traditions of the divine people. But there are still some distortions in our traditions due to the kings and many rulers who ruled ktm (such as animal sacrifices in the temples). I have no doubts on an exceptional, unique human values of Kumari Pooja, Ganesh Pooja - by the way !

    ReplyDelete