Saturday 25 May 2013

अम्रिकाका आदिबासी नेपालीका साथी

हामी मानवहरुको आन्तरिक भेदहरु प्रसस्त होलान् ! यिनै बिभिदतामा भौगोलिक, सामाजिक, राजनैतिक या पारिवारिक, धार्मिक, आध्यात्मिक भेद भित्र सामंजस्य, एक-रुपता खोज्नु जरुरी छ ! 'नयाँ विश्व सम्भव छ'- भन्ने प्रण लिएर जीवनको गतिशील धारलाई स्वीकार गर्न सकियो भने यहाँ जीउन सजिलो छ, प्रेम र नियममा रहेर संसारका सबै प्राणीसंग आत्मसात गर्न सहज हुनेछ! बाँडीचुडी,मिलिवरी, सेवा भाव र सामन्जस्यमा सहभागी हुन सक्नु नै आजको विश्वको आवश्यकता पनि!      


साधारण जीवन छ, संगीतमा प्यार
खाना, स्वस्थ संस्कृति यो, विश्व-उपहार!
प्रकृतिले दिन्छे सबै, औषधी र धन
रुप मात्रै होइन साथी, यौटै रैछ मन !!


जनजाति जाति मन, मकै रोप्ने हामी
सिंह,बाघ,भालु जस्ता, खोसी खाने तिमी?
चील, घोडा, गाई, कुक्कुर, काग प्वाँख, बाज
सौभाग्य के? सफलता, बुझ्ने को छ, आज?


गुरुङ्ग र सेर्पा जस्तै, बाहुनका आँखा
शिवजीको पूजन झैँ, जान्छौं डांडा पाखा!
तिब्बतको सम्पन्नता, हिमालको चाला
शान्ति, सुखी परिवार राई, लिम्बू छाला!



धामी, जान्ने भूत-प्रेत, बन झाँक्री मान्छौं
आगो बाली अन्न पात, प्रकृतिका खान्छौं
बर्ष भरी राउटे झैँ, वरी परी जान्छौं
जंगलको जीव-बस्तु,सभ्यता जो सार्छौं!   


दियौं शिक्षा बालकमा जीव हाम्रा साथी
आकाश र वायु, सूर्य, धर्ती, चन्द्र माथी
असभ्य रे? स्वदेशी हौं, नदी लडीबुडी
जीवन्त छ आचरण, मस्त बुढाबूढ़ी !



लुगाफाटा गहना छन्, पन्ना, मोति माला
रत्न, मणि, जूहारात, जल्ले देला जाला!
हरिया र राता निला, पहेंला र काला   
प्रशन्न छ हृदय त, राता राता गाला!

नाच्ने, गाउने संस्कृति छ, सुरक्षाको नीति
अन्याय क्यै भयो भने न्यायालय, थिति-
गाउँघरको पाको बाले, भने पछि पुग्छ
रूख धेरै काट्दैनौं खै? कैले नदी सुक्छ?


शुभ मङ्गल अनुकुल, चाड मिति पर्व
शान्ति प्रेमी सुह्रिदयी, यसैमा छ गर्व
नारी, रोगी, दुखीलाई, सकेसम्म हेर्छौं,
नयाँ वर्ष मौषममा, नयाँ रंग फेर्छौं!






कला, हाँसो, धैर्यशाली, उन्नतीको लागि   
आत्मा दिन्छ शक्ति, ज्ञान, सम्मानको भागी         
शालीग्राम् झैँ सिपी राम्रा, सुन चादीं खास  
ढुंगा, मूढा, पातमा छ, ईश्वरको बास !


आकाशमा सुन्छु ध्वनी, प्रकासको पून्ज
आफैं सँग लड्ने सीप - धर्ती पूण्य,  कुञ्ज
सफा हात,सीधा आँखा-धन्यवाद लाख
मूर्झाएको बेला पनि पाउँन सकूँ, काख



भारतका कृष्ण काला, यिन्का रैछन् राता
हिमालय शिव जटा, भिन्दै टाटापाटा-
नेपालीनै हो की जस्ता, माटा लिपेका छन् -
हृदय त्यो उदार छ, मुखै हसिंला झन् !



युद्द यिन्ले लडेका छन् ठूला ठूला क्षति
गोली खाई किल्चिएर, मरे कति कति
मानसिक हार थियो, बन्दूक् हतियार
बाईसी र चौबिसीको जाति-मतियार









लुटीखाने ठूला भए, निमूखा छन् तल  
निर्दयी र लोभी, पापी बढेका छ्न् दल
नेपालीको आनीबानी, मिले मिले कस्तो !
थारु, राणा, थापा, शर्मा, झा र शाह जस्तो



यिन्ले पनि युद्द लडे, मरे कटे अंग-
सुगौलीको सन्धी गर्यौं - बेलायती संग !
बन्दूक त्यो नहुंदामा, भयौं धुजा धूजा !
आदिवासी अम्रिकामा, प्रकृतिको पूजा

सौभाग्य र दीर्घायुको जीवनको खेला
फेरि पनि राज गर्ने, आउला कुनै बेला !
कोही भाई हिमालको बादलको माथी
अम्रिकाका आदिबासी, नेपालीका साथी!

No comments:

Post a Comment