Thursday 23 May 2013

गोमाताका-मन्दिरहरु, संसार-भरी बनुन्!



गोमाताका-मन्दिरहरु, संसार-भरी बनुन्!

यस्तो मन्दिर बनोस् जहाँ, गाई-बस्तु नाचूँन्
बाच्छा बाच्छी उफ्रीउफ्री, पुच्छर कम्मर भाचुंन् !
मूर्तिलाई दुध भन्दा, गाईलाई घाँस ख्वावौं 
कृषकको फूल्बारीमा, जावौं गीत गावौं !

वैदिक हुँ भन्नेहरु, गुरुकुल साँचुन्
समिधा र कुश ल्याई, शुद्द मन्त्र बाँचुन्
गाई सेवा संरक्षण, देव खुशी हुन्छन्
अनि पो त, धर्ती अन्न, मन-चिन्ते दिन्छन्


नयाँ बस्ती बसोस् जहाँ, जनावरको राज
हिँसा-मुक्त, मूलुक खै? दूर्लभ भो आज !
तेत्तीस् कोटी देवता छन्- 'जो जे मान्छौ’ मान
खुसी भई दिन्छिन् गाई, माग, अमृत्-पान !



सेवा गर,सुम्सुम्याउ, किरा-किर्ना झिक
मानव हो, निस्वार्थ भै, माया के हो? सिक!
गौशालाको रक्षा गर, ईश्वरको वास
स्वास्थ-चौकी, विद्यालय बनोस् आसपास!



बालक्हरु बलिया र बुद्धिमान हुन्छन्,
भुस्सा काट्ने,दुध दुने, भकारो जो गर्छन् ! 
भूत-प्रेत आउंदैन, गाईगोठ भए- 
सूम्सुम्याउँन् गाईलाई, कठै सातो गए!



बिद्यार्थीले सेवा गरुन्, शिक्षकले प्यार-
रास्ट्रको यो सम्पत्ती हो, अन्न, धन, हार!
पन्चगब्य पन्चामृत, मिल्छ विश्वलाई
कामधेनु देवी सरी, माग्छौ?दिन्छिन् गाई! 



रातोमाटो गोबरले लिपी भान्छा चुल्हो, 
आँगनको मठ, सफा, संधै भलै भलो!
गाउँ-घर,कान्लाबारी,चउरमा चर्छन् 
गङ्गा-लक्ष्मी मिली धन, जताततै छर्छन्!


आमा जस्ती गाई हाम्री, प्रेम-ऒतप्रोत        
दुध दही नौनी मीठा, ईन्धनको श्रोत, 
साँझ, रात प्रसन्नता, विवेकी हो मान 
गाई वैद्दय,हिंड्ने डुल्ने,स्वास्थ चौकी जान!

बिहानको दर्शनले दिनै राम्रो हुने
गो-हित र सेवा गर्दा स्वस्थ-दिल छुने!
‘अम्बा, रम्भा ’,’हुंकार’-मा प्रणव लुकेको छ, 
गोधुली र मूहुर्तमा, सन्ध्या खुलेको छ!



बाच्छा-बाच्छी उफ्रीउफ्री, पुच्छर कम्मर भाचुंन् !
यस्तो मन्दिर बनोस् जहाँ, गाई-बस्तु नाचूँन् !
गाउँ,बस्ती,टोल,शहर,गल्ली हल्ली बसुन् !
गोमाताका-मन्दिरहरु, संसार-भरी बनुन्!

No comments:

Post a Comment