Monday 29 April 2013

गौ सेवा नै-धर्मको-द्वार





हे ईश्वर हे! शृष्टि करता,

मातृभावको शक्ति छ, देउ!

जहाँ गाईको किर्तन हुन्न,   

बिन्ति छ मेरो जन्म नदेउ-


धर्ती उर्वर गर्ने शक्ति,

तिन्को सम्पती, तिनमै देउ

बाच्छा-बाच्छी वरपर खेल्दा,

नाँचदां,घुम्दा, दु:ख नदेउ !




आमा सबकी, प्यारी बहिनी,

छोरी जानकी, धर्ती समान

पूण्य-दानकी,ज्ञानकी गंगा,

सेवा-धनकी, न-अभिमान!



अंग पावन तीर्थस्थल छन्,

ब्रह्मा विष्णु शिव भगवान

चारै पदमा- धर्म र अर्थ,

काम मोक्ष छन् द्वार महान !


तिम्रो सेवा गर्न सकुन्जेल,

गर्दै रक्षा घर परिवार

पूर्ण, कुशल, बन्दै जावो

स्

,

धन्य जीवन होस् व्यवहार !

धर्म र तिथि, चाड पर्वमा-

शान्ति प्राणले, बुद्ध, आराम!

सेवा, सबले गरी पूजिएकी-

दिलिप राजा, कृष्ण-महान !



ईश्वर गर्छन् पूर्ण छ सृष्टि,


पहिले तिम्रो ब्राह्मण-साथ


यज्ञ-कुण्डले वर्षा हुन्छ,

कर्मले अन्न, त्यस पस्चात!  


पंचगब्य र पन्चामृतले,

सिर्जित धर्ती,सही पहिचान

उर्बर खेती, स्वस्थ भूमण्डल,

तिम्रै हो यो प्राण-बलिदान!


गङ्गा तिमी नै,लक्ष्मी तिमी नै,

कामधेनुकी शक्ति जगमा

जडिबूटी छन्, औषधी शूत्र

गोमय-मूत्र-कण-कणमा !


कोटी देवता, सिङ्ग-पुच्छर्मा,

पवित्र खूर छन्, रौं रौं-पीठमा

नन्दी, सूरभी, पथ जो लिन्छन्,

बदलिन्छन् ती तीर्थ-पीठमा!


भूल्यौं सभ्यता,किन हो मान्छे?

पूर्वीय सत्य, गुण संस्कार!

अन्धकारको तामसले नै,

जित्ला,खोस्ला,बन होसियार !


रोगी, बालक, बृद्दाहरुकी

पावन, प्यारी, जन-सन्देश

दीप, चिकित्सा, घरघर ज्योति

बल्दछ, बन्दछ, उज्जल देश !

प्रेमकी दानी,जगकी ज्ञानी

रस वात्सल्य, कर्म भण्डार

स्वर्ग र धर्ती, अमृत धारा

शिवकी शक्ति,धर्म आधार !


श्रीहरि सुत्छन् क्षीर सागरमा

शेषनागले अमृत पान,

सम्मिलित छन् जगका सारा

पायस तिम्रा, गुण आख्यान!


गोबर्धनले धर्ती बचाए,

वीज सुरक्षा उनी नै गर्छन्

जडिबूटी ती अन्न पातमा

सोम-अमृत जगमा भर्छन्


गङ्गा सरी झैं बग्छन धारा

मातृ-भावले, कलकल वेग

सेवा-भाव-जनमानसको

शान्ति, हितमा, न छ उद्वेग!


निस्वार्थी छन् है,कामना तिम्रा,

सेवा तन, मन-बलिदान?

देख्छों ईश्वर,सृष्टि करता

प्यारो धन, जन-बरदान !




आफू को हो?किन र कहाँ छु?

कर्म के गर्दा, अपरं-पार?

गौ सेवानै मूल यो मन्त्र,

सहज रहेछन्,धर्मका-द्वार!



No comments:

Post a Comment