Monday 22 April 2013

शान्ति, प्रकृति प्रेमी नेपाली


- अनन्तगोपाल रिसाल {Happy Earth Day, 4/21/2013 }

शान्ति प्रकृति प्रेमी नेपाली

प्रकृतिले दियेको छ, नदीनाला पानी,
जति दिन्छ-बिगार्छौं नै, किन जानी जानी?   
हाम्रा डाँडालाई मिलाई, खन्न सक्छौं हामी
ताछी वरी कुना काप्चा, बस्न सक्छौं हामी!

हिमाल छ चिसो पानी, तातो घाम छायाँ
मिलिबसे वरीपरी, छिमेकीको माया !
सबैलाई बाटो-चाँडो, देश बन्छ छिटो
बन्य-बस्तु, खेती पाती, कृषि आफ्नै, मीठो !

बिजुली र सौर्य शक्ति, हावा लाग्छ प्यारो
मन बस्यो-ग्रह मिल्यो, छैन केहि गाह्रो !
देवता छन् भने जस्ता, जे जे माग्यो दिने,
पृथिवीको स्वर्ग कहाँ? संसारले चिने!     

दिएकी छिन्, जति सक्दो - धन्य बसुन्धरा !   
'मनै अब गरीव भो', के पो लाग्छ, बरा !
आमा-धर्ती, दुख-सुख धानेकी छिन् घर
सन्तान मुग्नान् भासियौं खै? भयौं पर पर !!

बल्ल बुझ्यौं बिकास के? स्वस्थ,जीवनमा-
शिक्षा,उन्नतिको बाटो, प्रेम-भावनामा
फर्की जाने दिन एक उदाउँछ, सोची
संसारको सार बुझौं, ईश्वरको खोजी!  

खान पुग्ने लाउन पुग्ने, गाईगोठ थियो,
रातो माटो, गोरु-गोडी, अन्न-पात दियो,
सूर-बीर, ईतिहास, देश रही-रह्यो
प्रकृतिका प्रेमी, शान्त, धन्य नेपाली हो !!

- अनन्तगोपाल रिसाल {Happy Earth Day, 4/21/2013 }













No comments:

Post a Comment