Monday 8 April 2013

विवेकशील नेपाली
















विवेकशील नेपाली हामी, धर्तीका पूत्र हौं !
राष्ट्रिय अभियानमा लाग्ने, करोड शूत्र छौं !
युवाको मन, संकल्प अघि सर्नेछ नेपाल
विश्वले अब चिन्नेछ बुद्द,चढ्नेछ हिमाल!

संस्कार अब निर्माण गर्छों, तीन करोड पाईला !
जेठाको मार्ग, होस्टेमा हैंस्टे कान्छा र माहिला
गाउं र शहर, टोल र गल्ली, आउंछौं भीरमा,
ईश्वर मान, झण्डाको शान राख्नेछौं शिरमा !  
पौरखी हात, दिनेछन् साथ, संस्कृति जोगावौं
जन र जाति, मान्यता, मूल्य, निक्कै छ बढावौं!  

गण्डकी, कोशी, कर्णाली, राप्ती, मेची र माकाली
बाग्मती, भेरी, नाराणी, सेती, लुम्बिनी जानकी !
धवलागिरी स्वर्गको द्वार, गंगा छ विशेष,   
सागरमाथा शिरको ताज, के छैन यो देश?

देव र देवी, धर्म र शक्ति, सतीले दिएकी !
पार्वती प्यारी, हिमाली छोरी, सीताले भरेकी
सम्पर्क राखौं संजाल चिनी, विश्वका नेपाली!
भारत, भूटान्, बर्मेली, थाइ, अम्रिकी,बेलाइती!  

यो देश हाम्रो, प्रकृति-पूर्ण, पश्चिम-पूर्व छ,
उत्तर-दक्षिण, निलो र रातो, चन्द्र र सूर्य छ!
विश्वले अब चिन्नेछ बुद्द,चढ्नेछ हिमाल,
विवेकशील नेपाली बने, बन्ने छ नेपाल !

-अनन्तगोपाल रिसाल [4/8/2013]

No comments:

Post a Comment