Friday 26 April 2013

जड्याहाँको-मादक-नशा

साथीहरु मादक पदार्थ सेवन (मापसे ) भनेको पाप होईन ! रासायनिक पदार्थबाट आश्रित नबनेर पिउनै नपर्नु सबैभन्दा उत्तम ! यो ऒषधी हो थरीथरीको - व्यक्ति,परिस्थिति र रोगको मात्रा मिलाएर खान जान्यो भने जीवनको लागि सहयोगी पनि होला तर तामसी हो, मात्रा मिलेन, करै-कापमा परेर आफ्नो शरीर,मन र विचार नमिल्ने गरी ज्यादा सेवन गरेमा यही पदार्थ विष हुन सक्छ, हतियार, पारिवारिक झगडा र दुर्घटनाको शिकार पनि! होस गरौं,पिउँदा सजक बनौं! रमाईलो र ज्यादा सामाजिक बन्दा, सामूहिक नागरिक दायित्व नबिर्सौं !


जड्याहाँको-मादक-नशा


कुरा गर्दा विद्वान झैँ, नजानेको छैन -
‘मात लाग्यो? बिर्स्या होकी?’ त्यो त हुँदै हैन!

घर बाहिर सर्प जस्ता, बाङ्गो टिङ्गो हिंडछन्
घरभित्र आउनु पर्यो, सीधा सीधा छिर्छन्!

शत्रु-हरु मित्र बन्छन्,मित्र टाढा टाढा-
धमिलो र फिक्का लाग्छ, ले न गाडा,गाडा!   
सुन्न सक्ने तीखो कान, कुरा घरी घरी    
विवादमा यौटै मान्छे, बन्छ थरी थरी !  


पेटी अलि तल झर्छ, सर्ट निस्किएको
नाच्दा-गाउँदा आखाँ लठ्ठ, यस्सै जिस्किएको!
‘यत्ति होनी खाई हाल्नुस्, फेरी थप्नु पर्छ,’
खोली हाल्यौं अर्को पनि, यो त सक्नु पर्छ !


कात्तिकका कुक्कुर जस्ता, जता पायो हेर्यो

असारका गोरु-सिंगे, धक्का दियो हिंड्यो !
घिरौंलालाई केरा ठान्छन्, सुन्तलालाई स्याउ
बिरालोलाई सिंह ठान्छन् , बाघलाई म्याँऊ !



लियो धेरै खानेकुरा, आधा जति फाल्छु
‘गाडी हाँक्न गाह्रो हो कि?’ हैन, सकिहाल्छु!
बिहा होस् कि बर्तमन् वा, ईहि, बर्थडे, पास्नी
‘गाडी भर्खर सिकेकी छिन्’-छदै छे नि स्वास्नी!

आँखा सानो-मन ठूलो, झुटो कुरा हैन   
बोल्दा निकै फरासिलो, शंका-छूरा छैन
रसिक झैँ, सायरीमा - वा!वा! ताली खायो
यताउती हुन लागे, घर्मा गाली पायो!



‘ट्वाँट लाग्यो? फिटान भो?’- कैले नभन्दिनोस्
बोलाई हाल्यौ आजलाई, चाहे- पिउन दिनोस्
डाक्टर, बैध्य, नर्सै-सरी, समाज छन् हाम्रो-
‘औषधी हो,’ थोरै भए - स्वास्थलाई राम्रो
रोगी-घायल-उदासीको, उपचार छिटो
यिनको प्यास मेट्नु भन्दा, गाई, भुस्सा पीठो!

सबैलाई नमीठो भो, चित्त दुखाएर
झगडाको वीउ रोपी,रीस उठाएर!
दुरुपयोग गर्नु हुन्न, महँगो छ मूल्य
जीवनको ईज्जत यो, हुन्छ मरे तूल्य!


टाउको दुख्ने गरी पिउँछन्,भोलीपल्ट सम्म
तामसले हान्छ तीखो, हृदयमा रन्न-
काम,क्रोध बढाउने, लोभ नगरमा  
झगडाको वीउ किन? सोझै नरकमा

परिवार,आयु छोटो - हिंसा अन्याय भो?
असूभ झैँ असूरको, प्रथा समाजको !
हिंसा हुन्छ अकस्मात, दूर्घटना घट्छ
सावधानी नगर्नामा, जेलै जानु पर्छ !


समाजले त्यै हो भन्छ, साथी टाढा बन्छन्
कामबाट लिकालिन्छ, छि: छि: दूर्रदूर गर्छन्  

नबिर्सिने गरी पिउन्, 'शराब् - हो तो यैसा'
बयान् गर्ला, समाजमा, 'पार्टी क्या था! कैसा'?
बाँदरलाइ मकै जस्तै, भैंसीलाई भूस्सा
जड्याहाँलाई लुटाउनुस्, कमाएको पैसा!




No comments:

Post a Comment