[ठूला सपना देखेर,जनतन्त्र बोकेर, निद्राबाट ब्युँझिएका, शहर-गाउँबाट जोस्सिएका, देश-विदेशबाट शिक्षा बोकेर फर्किएका निक्कै निराशाबादी जनतामा आर्को क्रान्तिको शुरुआत देखिएको छ! त्यो अबको राजनैतिक पहल मात्र होईन; प्राविधिक, आर्थिक या मात्र साँस्क्रितिक आरोहण होईन-अबको क्रान्ति त केवल आध्यत्मिक उद्वोधनको हो! हो, हामीले धेरै देवताहरुलाई संकल्प चढायौँ! धेरै बली र आरतीमा रगत र होश गुमायौँ! सूरा र सुन्दरीको लालचमा, चाकडी र देव-नेता सेवामा अमूल्य जीवन अर्पियौँ! बाँकी रहेको अबको जीवन भगवान बुद्धको आत्म-सात, सदा शिवको ईश्वरीय ताण्डव न्रित्यबाट चमत्कारमा उत्सर्ग लिनु छ! साँसारीक भोग वाशना, विलासितताबाट निक्कै माथि उक्लनु छ! यो जीवनलाई फूर्सत या काम-चलाउ प्रवित्तीले नहेरौँ, आ-आफ्नो दायित्वको वोध लिएर यौटा संव्रिद्धशाली रचनात्मक जीवन-समुदायको भविश्योद्घाटन गरौँ! ]
दिने कम्-छन् माग्ने धेरै,छैन सन्तुलन्
दिनै पिच्छे जात्रा यात्रा,यस्तै छ चलन् !
कति मन्दिर् बन्दै छ रे, कतै बन्दै छ
ब्यापार र लगानीमा, अर्थ मन्दै छ !
माग्नेहरु मागेका छन् बाहिर्-भित्रै नि
गरीवले जुत्ता हेर्छ? राख्ने छन् धनी
भित्र माग्छ यौटा जाति, अर्को बाहिर
कुनै बोल्न जान्दैनन् रे! कोही माहिर !
जंगल र झाडी बन-देउता लूकेछ!
नदी नाला बग्दै खोला सागर् पुगेछ
पूजा होम आरतीले छैन फूर्सत
समय यो बेमानी छ,कैले कुर्छ त?
गहिरो र पहिरोमा बाटो सुसायो
आँधी-ब्याधी रोग बढे मन्त्र चढायो
बाथ पित्त दम कफ कस्को हुँदैन?
स्नायु वायु फूक-फ्याँक धेरै बस्तैन!
फरक् फरक् देव-देवी धर्म संस्क्रिति
देश काल अवस्थाका क्रिया-पद्धति
पानी माटो आगो हावा आकाशको के?
आफ्नो-आफ्नो स्वभावको ईष्ट-मित्र रे!
दिँदा दिँदा बाँकी छैन?के के बनायौ?
घर बाटो पानी पौवा,निकै खनायौ?
लोभ बढ्यो?काम क्रोध, खूबै गनायौ?
विद्वानको कुरा गरी, ठूलै भनायौ?
फूर्सत् छैन कसैलाई, सुन्ने को छ र?
भन्ने,नारा-लाउने लाई कस्ले गन्छ र?
काम गर सेवा गर, मन बसाउ
देव-तन्त्र आईहाल्छ, मन्त्र बचाउ!
बस्ने वाश समाज यो मन्दिर् बन्दछ
देवताको फूर्सतले देशै रम्दछ!
मन्दिर् हैन देवताको घर बनाउ
घर भित्र-बाहिर लौ सफा गराउ
गुम्बा चर्च मस्जितमा माग्नेहरु झन्?
बाहिर के?भित्र हेर-सुकिला पो छन्
माग्ने बानी समस्याले पिल्सिएको जन्!
देवताको फूर्सत् छैन जाने-कता मन्?
तामस र राजसमा सत्व फैलाउ
गाड काट बाल फाल आत्मा हल्लाउ?
मरेपछी देव पित्री दुबै मार्ग छन्
स्वर्ग मिल्छ राम्रो गरे दुख:नरक् झन्
मरिजाने शरीर यो,रै छ निश्चित
दिने कुरा बाँकि छैन?के छ तिम्सित?
तेत्तीस् कोटी जीवनमा कति रमेनौ?
स्वर्ग-धर्ती आउने-जाने कठै थाकेनौ?
जन्म-म्रित्यु तिम्रा पनि ढिलो चाँडो छ
स्वर्गबाट धर्ती भोली तिम्ले झर्नु छ!
मन्दिरमा भेटी बली छोड भन्दैनौ?
ईश्वरले दिने कुरा दिन सक्तैनौ ?
जन्मिँदाका मर्दा पर्दा ब्रतबन्ध बिहे
पूजा अर्थ भजन् वास्तु लौन छाना चुहे
देवता छन् रंगी चँगी माने खुसाउँछन्
चाकडी जो ठूलाठालु,हैन, रिसाउँछन्
आफ्नै आफ्ना भन्छन् सबै, उस्तै देवता
सोची गए, मिल्छ त्यहाँ, फर्केर उता
के के ईक्षा खोजी गर्छौ? जे जे माग, छ
पैले अलि चढायौ त? मिल्छ, भाग छ!
देवताका यथा-स्थान बाँड, चखाउ
गुणबाट माथि-उठी केही नखाउ
अमृतको आशा कतै?स्वर्ग नजाउ
काम क्रोध लोभ छाडी, ज्ञान समाउ
सम्मानको बोली बोल त्राश हटाउ
देवताको फूर्सतमा नाच नचाउ
शिला, रंग, रोगनका, कला, कृतिले
संगित र गीत, गान, शास्त्र-स्मृतिले
भोली बाँकी हुन्न जे जो, देखीयो आज
ज्ञान-अर्थ भक्ति माग सभ्य समाज
भाषण र नारा मात्र थूक्क राज-नेता
आफू मात्रै ठूलो ठान्ने, काना लाटा अन्धा
यताबाट उता लाग्यो छैन केही चैन
काम चलाऊ देवताको कुनै मूल्य छैन
पाखण्डी झैँ स्वामी गुरु पण्डितको कुरा
काम थाल्यौ ईश्वरको,गर्दैनौ क्यै पूरा?
छोडी जाउ धर्ती जन कठै डरेछन्?
फूर्सतमा मनुस्यले निकै गरेछन्!
यता पनि उता पनि छक्का दाउ हान्यो
चौका सत्र के के पर्छ, आफ्नालाई छान्यो
झुण्डिएका हारीएका हिजडाले जान्यो !
सानो पाटो लुछाचुँडी रोपनीमा तान्यो
द्रिढ बन समाजमा मार्ग सफा राखे
कमजोर मुटुलाई तर्साउँछन् लाखे
देव्तै देव्ता कति चाह्यौ? आत्म-सम जान
कर्म सेवा मन शुद्ध भावना हो जान
चाकडी र घुसखोरी नातावाद छोड
लोभ काम क्रोध रैछ गति रोक मोड
काम चलाउ जीवनको ध्येय हुनु हुन्न
देवताको फूर्सत् छैन, पुग्यो? माग्न-रुन?
-अनन्तगोपाल रिसाल [19th Nov, 2010] *Disclaimer: Images of deities referenced in this poem are from the Google Images*