Friday 15 October 2010

नेपालका देवी र शक्ति पीठहरु


[सम्पूर्ण नेपालीहरुमा विजया दशमी (दशैँ) र तिहार(दिपावली) को मंगलमय शुभ-कामना! यहाँहरु सबैको पारिवारिक सुस्वास्थ,संवृद्धि, प्रशन्नता र दिर्घायू जीवनका लागि दुर्गा-भवानी तथा लक्ष्मी माता संग प्रार्थना गर्दछौँ!]

काठ्माडौंकी भद्रकाली,शोभा भग्वती  
मैतीदेवी, दक्षिण्काली शक्ति-पीठादि   
बत्सला र तलेजुकी गुह्येस्वरीकी  
नरदेवी चन्डेस्वरी बनेपाकी यी

ललित्पुर्की वाराही, बज्र योगिनी
बग्लामुखी भक्तपुर्की,नव दुर्गिनी
अन्नपूर्णा सन्तोषी हे इष्टदेवी माँ
तिम्रै रुप गुण गुन्ज्यो,सँसार् भरीमा

महाकाली, सरस्वती, महालक्ष्मीको
जति बयान् पूजा पनि कमै हुने भो!
काभ्रेदेवी पलाञ्चोक् साक्षात् भग्वती
नेपाल्गञ्ज बागेश्वर् की, दूर्गे-शक्ति ती

डडेल्धुरा उग्रतारा भग्वतीको रुप
पूजा अर्चनाका लागि, बत्ती फूल धूप
गोरखाकी मन्कामना, बीरगञ्जकी माता
सप्तरीकी छिन्नमस्ता जनक्पुर्की सीता   

नवरात्र अष्टमीमा मन्दिर् जाने भिँड
रमाइलो हुन्छ निक्कै,हिँड्न भाई हिँड
दशैं-घर दर्वार्-कोत दल्यो अबीर् रङ्ग
केटाकेटी पिंङ खेले गाउँ बजार् दङ्ग

टिका जमराको थाली, जनै सुपारी
नैवैद्य र चामल् द्रब्य, यन्त्र सवारी
हतियार कलपुर्जा, सफा सुग्घर
शक्तिरुपा आमाको, कुरै नगर

हर्ष पुजा अर्चनाले बन उदार   
राँगा बोका कुखुराको ज्यान नमार
कालो मन भित्र केही दोश नलेउ
कालरात्री मन्दिरमा बली नदेउ

सम्मान र सभ्य बन सत्व बढाउ
पाप हैन तीर्थादिमा धर्म कमाउ
सेवा गर गरीवको पुण्य बाँड र  
जनजाती सबमिल प्रेम आदर

मन्दिरले भरिएको जोगिएको देश          
नदिनाला बग्दैछन् है हिमालको केश
गँगा देवी तीर्थ-स्थल पानी खाएका छौँ   
संस्क्रिति र परंपरा मानिआएका छौँ 

मन्दिर्हरु भत्की जालान् मन नफाटोस्    
पानी बर्षा हिउँदले बारी ननाघोस्  
सुख शान्ति संब्रिद्धीले घर वाश पावोस्   
देवी तिम्रा आसिकले विश्व रमावोस्

मन बुद्धी अहंकार चित्त बुझावौँ
दोष राखौँ अगाडि नै पुण्य लूकावौँ
जोगिनेछ मिलिबसे जनतन्त्रले  
नेपालका देवी शक्ति पीठ मन्त्रले

-अनन्तगोपाल रिसाल [15th Oct, 2010]

4 comments:

  1. It's awesome Ananta da... I will post it on the web

    ReplyDelete
  2. A best collection and realistic based appealing to all not to kill the innocncent animals. Human being did not create the animals inthius tiny world. There is no right to kill them in any cost. No cruelty over any animals is accepted by so called civilisd intellectual human animals.

    ReplyDelete
  3. Good work,Ananta.Your poem is touching and inspiring.Thank you.-Ram B. Chhetri,VA,USA

    ReplyDelete
  4. Great writing. Poetic, creative yet message oriented. Great work!

    ReplyDelete