Friday, 4 September 2009

जन्तु-काब्य ! खन्ड ४. पशुको प्रेम-न्याय-ज्ञान !

खन्ड ४. पशुको प्रेम-न्याय-ज्ञान !

मुजुरले देखे सारा, आँखा रसायो
दुई खुट्टे जिव-जन्तु किन दशा यो?
गाउं-शहर दुबै छोडे, बड्दो पापले
सोधे सबैलाई हे! कस्तो न्याय रे!

'जांदै छु म यहाँबाट, फर्केर आउनलाई
सम्झेर राख ती याद तिम्रा, बिर्सेंर जाला है!
बिर्सेंका क्षण नसम्झाउ फेरी,जान देउ भूलेर
सम्झेर नयाँ-मिठाश फलोश,जिन्दगी-डुलेर!'


वकालत गर्नलाई ठुलो उंट आयो
कचहरी अदालत 'टाई-बूट' लायो !
चिडियाघर गई ल्याए, 'आमा-मान्छे' लाई
'भन तिम्रो, भन्नु केही? के छ सुनुवाई?'

रुँदै रुँदै आमा भन्छिन्, 'प्यारा छोरा-छोरी,
बाबु-नानी जन्म्यौ किन? धरतीमा फेरी'
धेरै छैनौँ मानिस हामी, दुई चार परिवार
जसो तसो बाँचेका छौँ , गर्नोस उद्धार !

नियम र कानूनको, भएछ विबाद
हात्ती आयो फुस्सा तर,कसैलाई छ याद?
जनावरको ग्रन्थसबै त्यहाँ लेराए
काग,गिद्ध,दिग्गजले तर्क लगाए !

तिनै आँखा-कान-मूख, छोपे गाँउले
धर्म-निती छ र त्यहाँ? न्याय पाउने?
जेल,कारागार-घर सबै छन् उदास
बन-जङगल भरी, कस्को छ र आस ?


न्यायी,भाषा-अनुभवी भालू कुर्लियो
लेक बेसी, तराइ फाँट सबै उर्लियो !
'कुल्-परम्परा' भनी सिँह गर्जियो
राजनीति बड्यो त्यहाँ, कस्को मर्जि यो?

जाम्बुवान,हनुमान सबै रिसाए
मुजुरले साथ दियो निकै कराए
माकुराले कुरा छेड्यो भन्यो सबैलाई
'हामी अब बेग्लै बस्छ्औँ' बाँट-राष्ट्रलाई|

'हाम्रो-राष्ट्र हाम्रो-भाषा,प्राण भन्दा प्यारो छ'
'हाम्रो-धर्म,हाम्रो-कर्म,राष्ट्र भन्दा प्यारो छ'
चर्का-चर्की बड्यो-बन्यो, अन्तरिम सरकार
चुनावको चर्चा चल्यो, जन-अधिकार !

पर्चा-पर्ची खर्चा-खर्ची,बड्यो हाना थाप
चुनावको चिन्ह बन्यो,कालो औँला-छाप


शिँह भन्छ 'डण्डा' चिन्ह, भालू मेरो 'तीर'
दुई-पक्ष विरोधमा, गन्ने भए शिर !
एक एक चौकी बने, दर्ता गरियो
जंङलका जन्तु आए, चहुर् भरियो !


मेरो पार्टी मेरै 'पार्टी' खाना चाहियो
रिसै रिसमा, विरोधको पर्चा फाडियो
मिलापको संसारमा, विचार् भाँडियो
भाग बण्डा, विवादको- झण्डा गाडीयो!

समयमै मिलिवरी बने होसियार

'भोट दिन्छोँ मन मानी' मेरो अधिकार!
लोक तन्त्र,लाम लागि दिए मत-प्यार
मानिसले जित्यो त्यहाँ, भयो उद्धार !

खोरबाट निस्के मान्छे, बाहिर भो बास
वलि-प्रथा हट्ने भयो, मन्दिर भो साफ!
उन्नती र मद्द्तले, उठ्न सक्ने भए!

मान्छे बल्ल स्वतन्त्रले हिँड्न सक्ने भए!!


- अनन्‍तगोपाल रिसाल (4th Sept' 09)

मन्दिरहरुमा दिईने बली-प्रथाको बिरोधमा ! अहिँसा र शान्तीको एक चोटि अन्तिम पुकारा गरोँ !
हिन्दू-हरुको राष्ट्रिय चाड दशै-तिहार नजिकिँदैछ!यो पट्क केही विशेष समारोह गरिएर बितोस्!
मन्दिरहरुमा दिईने बली-प्रथाको अत्यन्त नराम्रो र मार्मिक असर,कसर केबल केटाकेटीलाई मात्र पर्दैन!
संम्पूर्ण गाँउ,बस्ती,पहाड,शहर,नदी,देश र सारा विश्वलाई नै पर्छ!
अझ बिशेष गरेर नेपाल नै एक आद्यात्मिक भूमी हो, देव भूमी-क्रिडास्थल हो!
अझ भनिन्छ भगवान शिवको हिमालयबाट त संसारको सुरुवात भयो!
बुद्धस्थल स्तूप,गुम्बज,मन्दिर र त्यहाँको गाँउ-समाज त सबैको आस्थाको केन्द्र हो! नयाँ नेपालमा यस्ता हिँस्रक,सामंतवादी संस्कारको घोर बिरोध गरौँ ! व्यबहार र बातावरणीय अकुशलता;अपढ़,अशिक्षित र अवैज्ञानिक-अशास्त्रीय मर्यादाको मूल-सहित निर्मूल पारौँ !
नेपालनै विश्वको आद्यात्मिक स्तुप हो!
सबै प्रकारका मानिसहरु,अझ विदेशीहरु,पर्यटक-आदी,भारतीय भक्तजनहरु भगवान,देव-देवीका धार्मिक तिर्थस्थल भनेर आँउछन्!
कती मन्दिरमा त रगत्ले मुछिएकोले खुट्टो टेक्ने ठाउँ हुँदैन!
के तपाईं चाहनु हुन्छ, भक्तहरु फिर्ता जाउन्?
नयाँ नेपालमा जबसम्म यी अन्यायी,असामान्य कुरिती,रुढिबादी,माराकाट रहिरहन्छ - तपाईंको मन र मस्तिस्क अनि मानसिकता पनि त्यसरी नै दुशित हुन्छ! अनैतिक,निर्दोश जनावर प्रतिको असम्मान र अराजकताको संविधानद्वारा निराकरण गरियोस्|
जाँउ, सबैतिरका दिदी बहिनीहरुलाई घर घरका काका काकी,छोरा-बुहारी लाई अहिँसा र शान्तीको एक चोटि अन्तिम पुकारा गरोँ!
पून्य-भुमी नेपाललाई पुन: पुण्यात्माको Shangri-La र Utopia बनाओँ!

1 comment:

  1. Its really nice creation!

    ThankYou writer,

    Tshering Sherpa
    www.sherpaworld.com

    ReplyDelete