युगौँ युग बिते 'नव-वालक' जन्मियो
सभ्यताको वन-जङल पुन: मौलायो!
खोर भित्र मान्छे जन्म्यो, शहर घन्कियो
पशु-पंक्षि आए त्यंहा विबाद चर्कियो !!
कोइ भन्छन् छाडनु पर्छ, कोही समात
महिना दिनमा वली दिन्छऔँ. उर्ले जमात !
वली दिन लागे पशु, बाल-लीला लाई
रगतले भिजिन् देवी, शव कालीलाई !
मन्दिरमा मान्छे काटे, दार्हा किटी किटी
उल्लुहरु टुलुटुलु, पेट मिची मिची !
जुनकिरी बत्ती बाली, घन्टी बझी रहे
चिलहरु माथि उडी फुल फ्याकिँ रहे
बल्ल बल्ल शास गयो,हरे! घिटी घिटी|
मिल्यो होला आत्मालाई, शान्ती भनिकन
ढ्याँङ्रो ठोके मलामिले, आगो दनदन !
कुखुरा र हाँस मिली अण्डा फाल्न थाले
मुस्लो धुँवा आकाशमा, होम चरु बाले|
'शान्ति-शान्ती' भन्दै गायो, कोयलिले गाना
'भोज्-भतेर' जाँड-मासु, लुछी लुछी खाना|
चमेरोको सेरो-फेरो लाटो कोसेरो !
बल्ल बल्ल सकियो है कुल्-देवी पूजा
आर्को पल्ट आउनु पर्छ, भनी उडे शुगा !
सबै जन्तू बाटा लागे, भयो सुनसान
रात भरी जागी बसे, उल्लू धुमधाम !
जोगीहरु फुस्रो घसे,ग्रीहस्थले घर्
निसाचर मसान बसे, धर्मी गूफा सर् |
जस्को स्वर ठुलो उस्कै हात लाग्यो,फुस्सा
ईमानको कदर खै?मन-मोज मात्रै
साधु-शन्त,संस्कार चैँ,बन-भोज मात्रै!
रात-दिन पिशाचले दु:ख दिन लाग्यो
भूत-प्रेत,डँकिनीले तन्त्र-मन्त्र फ्याँक्यो
समाजमा भयानक,रोग-ब्याधी ल्यायो
असभ्यता,अशिक्षा र अन्धकार छायो!
सत्व सबै रिसाए झैँ,पाप-पीर्ले-पोल्यो
भित्रै-भित्र असहाय,द्वार कोल्टे फेर्यो!
विलाशको जीवनले मन सुस्त पार्यो
आगो सल्क्यो,डढेँलोले बन ध्वस्त पार्यो!
बफादार बने टाढा, छेपारे छन् पास
अलौकिक,अचम्मको थोरै मात्र आश!
No comments:
Post a Comment