आफू हामी सम्झोँ,कहाँ? के के गर्नु पर्ने?
हातेमालो,वरपर सधैं हेर्नु पर्ने !
समाजमा मिली बस्दा कती रमाईलो
पानी,हुरी,आगो,बतास-मनै घमाईलो!
साथ दिन्छन् लग साथ, बाटो फराकिलो
फत्ते गर्नु काम थाल्यौ, चाँडो न की ढिलो
दुष्ट हुन्छन् वरिपरी समाजको फेरो
राम्रो काम गर्न लाग्दा,तीतो मिठो कुरो!
समाजमा धेरै मान्छे मन भरी कुरा
सभ्य मिठा कुरा गर्छन्,भित्र छेड्छन् छुरा!
आफ्नै भन्ने मान्छे पनि,टाढा टाढा हुने
टाढा-मान्छे चीन तिमी, तिम्रो मन छुने!
गोर्खाली हौँ वीर जाती, सेर्पा हामी सूर
गुरुङ,मगर,वाहुन,क्षत्री,नेवारको पूर
साथी हामी सयौँ वर्ष,मिली बसेका छौँ
तराइ-पहाड-हिमचुली,सगैँ चढेका छौँ |
मधेषमा खेती राम्रो,हिमालको पानी
ठूला-ठूला राष्ट्र विच,हामी भाग्यमानी
सँसारको ताज महल, देवपूर नामी
ढिलो भयो लौन उठौँ अब जागौँ हामी!
भाषा हाम्रो,भेष हाम्रो,सँस्क्रितिको धनी
बुद्ध हाम्रो शिव हाम्रो सीता महारानी
जनकको विद्द्वताले विश्व चिनाउँछौँ
शान्ती ध्वनी फैलाउने मित्र रुँचाउछौँ !
वैरी हाम्रा छैनन् कोही,सबै मित्रै मित्र
मन्दिरै छन् घर हाम्रो,मन्दिर् घरै भित्र!
हिमालको वातावरण,स्वच्छ हाम्रो मन
साग-सिस्नु खाएका छौँ,'सुख'हाम्रो धन!
मुशल्मान,हिन्दु-बौद्ध ईसाईको घर
जैन,सिख्ख,राधे राधे भज्छन वरपर
भाषा धेरै,सबै थरी,धनी भावनामा
माला गाँसौँ फुलवारी,आहा आँगनमा!
परिवार मिलिजुली बसेका छौँ हाम्रो
हिजो जस्तै भए पनि भोली हुन्छ राम्रो!
-अनन्तगोपाल रिसाल
२२ सेप्टेम्बर २००९
Tuesday, 22 September 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment