Tuesday, 29 September 2009

जन्मेँ स्वर्ग-भुमी, संझे त्यहीँ मरुँला!


प्रधान मन्त्री फर्के, फेरि हुने होकी होइनन्?
फोटो खिच्यो,सम्झ्यो,राख्यो चिन्ने होकी होइनन् ?

काँग्रेसी हो! ए-माले ! मावोबादी मिल
झगडा त सक्किहाल्यो,सिक्ने कुरा सिक!

थुक्क भन्छन् विदेशीले,थुक चाट्दै हिँड्ने?
देश जोगाउने अब, कम्मर पनि कस्ने?

लाज मर्दो कुरा छ है, नेपालको थिती
विदेशमै किन फेरि कुरा झिकीझिकी?

निकाल्देला बिदेशबाट भुटानीको हाल
नबिर्स है?नेपाली हो गूट-बन्दी ताल!

भुटान सँग गर्न सक्ने छैन तिम्रो खुबी
राज-नीति गर्ने भन्छोउ घरमा सुतिसुती?

धिक्कार छ,सराप छ जनताको दिल
रुवायो र खेलायो,त्यो रगतको भेल!

सँबिधान लेख चाँडै जन अटाउने,
अशिक्षा र दरिद्रिको ज्वरो घटाउने!

बाझा-बाझ कती गर्छ्यो? जनावर जस्तो
सामान-को भाउ बड्यो,जनता-को सस्तो

राजिनामा दिनु बरु,नयाँ जोस-होस
जन्मी सक्यो नेपालमा, जन-सक्ती खोस?

आफ्नो योजनामा लाग,अरु जे जे गर्छन
तिम्रो योजना छ? हेर,को को? के के गर्छन?

खसी उक्ले भारत बाट, भेडा चाईना बाट
नेपाल खाल्डो भरिने भो, जनजाती टाट!

खसी आयो तल बाट खसी नबन,
भेडो ल्यायो माथि बाट भेडो नबन !

आफ्नै गाँउको बोको लाई को को? बनायौ !
भारी बोक्ने हामी कस्को? डोको बनायौ?

नव युवा-यूवती हो,पढ-बुझ-सोच
नयाँ नेपाल को मन्त्र 'गर-सिक-खोज'

आँफै कैले मन्त्री हुँला? भन्ने धोको एउटा
देव-देवी,आसिक देउ है? ३३ कोटी देवता!

मर्सिटिज् छ ऐले मेरो, पजेरो के नाम?
मेरो पार्टी नेपाल झन्डा-अरु पार्टी के काम?
समाज-सेवा गरौँ हामी, के नै बाँकी होला?
घर भरी शान्ति-खुसी, के ले भर्ने होला?

ठीक्क सम्मान दिनु पर्छ,नचाहिँदो होइन
टायर बाली बिरोध गर्छोँ, हुने केही छैन !

आफ्नो पेशा सब्को राम्रो,कुशल व्यबहार
हली,ड्राईभर,शिक्षक,सार्की खै त्यो पत्रकार?

कस्ले भन्छ सेर्पा सानो? भारी बोक्छ त्यो त?
देशको भाग्य उस्कै माथ,हाम्रो राजदूत !

दिन भरी मेला जान्छ, बाहुन बिचरा
घरको खोले,ढिँडो खान्छ किन झगडा?

जाती राम्रो आचरणले, जातले हुँदैन
धर्म बुझ नेपाली हो! मर्नु पर्दैन ?
जाने धोको विदेश थियो, अब त्यहिँ बस्छु
कहाँ जाने? मन्त्री बनी, भईगो फेरी फस्छु!

खुशी अनि विजय होस्,घर परिवार
नेपालीको दिल ठुलो मीठो परीकार!

झूठो कुरा मिठो लाग्छ,सत्य तितो हुन्छ
टाढा मान्छे नजिक हुँदा,घाऊ निको हुन्छ!

नजिकैका छुरा-धस्ने,कति दुष्ट हुन्छन्
टाढै बाट माया गर्ने सहयोग गर्छन्!

चिल्ला मिठा कुरा गर्छन्,सुनिरहुँ जस्तो
'लौ न यसो गरोँ भन्दा'सातो जान्छ उस्को!

झिँगा जस्ता मान्छे सस्ता,खाये,उडे,झर्को
धेरै हुनु भन्दा,खोज साँचो-साथी अर्को !

समाजमा मिलिजुली सधैँ बस्नु पर्छ
कल्लाई के पो पर्छ भोलि?हेर्न सक्नु पर्छ!

जन सेवा,पूजा गरौं देवी तिम्रो जय
शान्ति आयो उन्नतीको,छैन केही भय!

एउटा मेरो आशा, ईच्छ्या देश माथी बढोस्
सहयोग,शिक्षा-स्वास्थ, सुखी राम्रो बनोस!

गान्धी बन्ने सर्त दुई,धैर्य-अहिँसा
देश साधा,बन्छ बन्छ-शान्ति सुरक्षा!

'नाथु-राम'जस्ता हुन्छन्,गाँउ-भरी कति
जन्मन्छन् ती बोझ थप्न,धर्तिलाई क्षति!

स्वदेशमै राम्रा काम,कति गर्न सक्छौँ
योजनाले देशलाई ज्ञान भर्न सक्छौँ

अम्रिकामा मन्दिर थपौँ, नेपालमा कलेज
दुई देश हातेमालो,बाडौँ आफ्नो 'नलेज'

जन-तन्र सिकौँ हामी अमेरिकाबाट
सँक्रितिमा धनी भारत,अर्थ चीन बाट!

जापानको मेहनत, युरोपको मेल
बेलायतको सुरक्षा है, अरबको तेल!

पर्यटनमा देशलाई अझै चिनाउँ
बातावरण सुद्ध गर्न शक्ती फिजाउँ

दशै आयो दसैं गयो,बिदेशको पारी
नयाँ कोट,जुत्ता फेर,नयाँ जोर सारी!

साथी-भाइ मिली कैले? भेट होला काँहा?
उन्नती र प्रगती होस्,जो जो छन् है जाहाँ!
तराई बेसी झरेँ, सके हिमाल चडुँला
जन्मेँ स्वर्ग-भुमी, संझे त्यहीँ मरुँला!
Ananta Risal
09/29/2009 9:29 PM

Tuesday, 22 September 2009

हिजो जस्तै भए पनि भोली हुन्छ राम्रो!

आफू हामी सम्झोँ,कहाँ? के के गर्नु पर्ने?
हातेमालो,वरपर सधैं हेर्नु पर्ने !
समाजमा मिली बस्दा कती रमाईलो
पानी,हुरी,आगो,बतास-मनै घमाईलो!

साथ दिन्छन् लग साथ, बाटो फराकिलो
फत्ते गर्नु काम थाल्यौ, चाँडो न की ढिलो
दुष्ट हुन्छन् वरिपरी समाजको फेरो
राम्रो काम गर्न लाग्दा,तीतो मिठो कुरो!

समाजमा धेरै मान्छे मन भरी कुरा
सभ्य मिठा कुरा गर्छन्,भित्र छेड्छन् छुरा!
आफ्नै भन्ने मान्छे पनि,टाढा टाढा हुने
टाढा-मान्छे चीन तिमी, तिम्रो मन छुने!

गोर्खाली हौँ वीर जाती, सेर्पा हामी सूर
गुरुङ,मगर,वाहुन,क्षत्री,नेवारको पूर
साथी हामी सयौँ वर्ष,मिली बसेका छौँ
तराइ-पहाड-हिमचुली,सगैँ चढेका छौँ |

मधेषमा खेती राम्रो,हिमालको पानी
ठूला-ठूला राष्ट्र विच,हामी भाग्यमानी
सँसारको ताज महल, देवपूर नामी
ढिलो भयो लौन उठौँ अब जागौँ हामी!

भाषा हाम्रो,भेष हाम्रो,सँस्क्रितिको धनी
बुद्ध हाम्रो शिव हाम्रो सीता महारानी
जनकको विद्द्वताले विश्व चिनाउँछौँ
शान्ती ध्वनी फैलाउने मित्र रुँचाउछौँ !

वैरी हाम्रा छैनन् कोही,सबै मित्रै मित्र
मन्दिरै छन् घर हाम्रो,मन्दिर् घरै भित्र!
हिमालको वातावरण,स्वच्छ हाम्रो मन
साग-सिस्नु खाएका छौँ,'सुख'हाम्रो धन!

मुशल्मान,हिन्दु-बौद्ध ईसाईको घर
जैन,सिख्ख,राधे राधे भज्छन वरपर
भाषा धेरै,सबै थरी,धनी भावनामा
माला गाँसौँ फुलवारी,आहा आँगनमा!
परिवार मिलिजुली बसेका छौँ हाम्रो
हिजो जस्तै भए पनि भोली हुन्छ राम्रो!

-अनन्तगोपाल रिसाल
२२ सेप्टेम्बर २००९

Tuesday, 15 September 2009

यस्तो छ हाम्रो - न्यू जर्सी

यस्तो छ हाम्रो - न्यू जर्सी

फुलै फुलको बारी,
नयाँ शहर को पारी-
हाम्रा नारी लाँउछन् सारी
देखीन्छन् क्या सुकुमारी !!

liberty को छेउमा,
शान्ति खोज्छन, भिँड्मा,
हप्ता भरी काममा जान्छन
मस्ती गर्छन् end-मा !
कार्खानाको शहर
बास्ना आउन्छ हर् हर्,
कोइ आउछन् टाढा बाट,
कोइ भन्छन् नसर् !

Atlantic को जुवा,
Indian को खाउ खुवा -
नेपालीको दाल, भात, अचार
आउनुस् आमा बुवा !

के छैन यो जिल्ला?
समुद्र, पहाड, किल्ला !
यस्ता साथी-भाइ कोही,
खै अरुतिर मिल्ला?

फार्मेसिको अञ्चल,
beach चै beach को हल्चल्,
राम्रा फुल का बारी देख्दा,
होला मन चाँही चन्चल !

गाडी माथि गाडी,
घुम्ने बाटो साथी-
दिउंसो त ठिकै छ नि,
गाह्रो हुन्छ राती |

toll -लेइ टोल्-ले वाक्क,
झ्यालबाट थुक्क्छ ख्वाक्क
च्वाँक भनेर पछी लाग्दा,
boxing खाउलाउ प्वाक्क !

बारीमा काँक्रा फर्सी,
फल्छन् बर्सी बर्सी
तरकारी के खानु हुन्छ?
आज, भोली, पर्सी !
यस्तै छ हाम्रो जर्सी !

सबै मौसुम-को गाउँ,
मेहनत्-ले कमाउँ,
पान्-सय जती नेपालीको,
रमाइलो छ ठाउँ !

- अनन्‍तगोपाल रिसाल (15th Sept'09)

Friday, 4 September 2009

जन्तु-काब्य ! खन्ड १. जनावरको मिलाप !

[नेपालका मन्दिरहरुमा दशै-का लागि शहीद हुनु भएका बिचरा कुखुरा,हाँस, राँगा, भैंसी, बोका, खसी-र उहाँहरुका सोक-सन्तप्त परिवारहरु सबैमा समर्पित!]

खन्ड १. जनावरको मिलाप !



कुक्कुर् भुक्छ उफ्री,दौडी,काग भन्छ उड् !

कमिलाको नाइके फुच्छे, सबैजाना गूड् !

भैंसी भन्छ दुध दिन्छु,बिरालोले म्यांउँ

गाई भन्छिन हतार भयो,कती काम भ्यांउं?


भङेरिले गुच्चा खेलिन,पिङ खेल्ने को ?

कच्छु भन्छ खरायो लाई, फेरी कुद्ने हो ?
स्याल 'रेफ्री' बिचमा आयो, सर्प निशानमा
गोरु,राङा डौडी आए - काम किसानमा !

चौंरी-गाई चरी रहिन, गिद्ध गाई-रह्यो

बाघ-बदेंल,बनका भालु, हात्ती ब्याही रह्यो !

घोडा बोके डोको भारी, बोको भन्छ 'बा'
मुसो छैन गाउंमा कोही, बिरालो कां? जा !

लुगा धुन गयो गधा, खोला सुक्यो!ज्या !

माछा पाखा लागि बसे, घाम-तापी त्याँ !

छेपारोको गुलेलीले, तारो भ्यागुतोमा
पुतलीले रोक्न खोजे 'हुन्न हो मामा' !

'ड्याँग' आबाज आयो चरी, खसिन् रुखबाट

बन-माछे, धनुष-कांड उठे खाट बाट !

चितुवाले,चिल्लो दल्यो, 'कुस्ती गर्ने को?'

व्वाँसो-बस्यो चिप्लेटी-भिर् मस्ती हेर्ने हो !


'हाइवे'बाट हरिणले, भेडा-बाख्रा ल्याए
किनारको चिसो पानी मिठो घाँस खाए !

मिलिजुली काम गर्छन्, भाषा छैन एक
प्रेम-नियमको जोडी, सबैको अनेक!



पानी तल पानी माथि, आकाशलाई छोई
'डल्फिन्' भन्छ 'शार्क'लाई तेरो साथी खोइ?
'विकिनी'मा आईन् गोही,सोध्छिन् छैन कोही?
अलमस्ती 'हिप्पो' आयो दुई-जोई-पोई !!


कछुवाले कच्छड् लायो, लाज शरम छैन !
बकुल्लाले पौडी खेल्यो,आउने होकी होइन?
प्रेम-पत्र दिन आयो, माहुरिको घार
जोडी-ढुकुर,दिल खोली, सुते लम्पसार !!


'आउन्न-भन्थ्यौ-कैले तिमी आयौ आज किन?

बाहिर जस्तै भए पनि, भित्र भित्र चीन

काउकुती लगाँउछौ,सपनामा पनि

बिपनामा सताँउछौ,दिल छामी छामी!'


चिप्लेकिरा चिप्लिदियो, गडौँलाले प्वाल
खाल्डा खाल्डी खनिदियो उफ्री उफ्री स्याल|
लोखर्केले रुख बाट फर्सी तल झार्यो
सुँङुरले सुँ-सुँ गरी, नाक सानो पार्‍यो |


दुम्सी काँडा ठाडो पारी, घुम्छे वरीपरी
डांफे,मुजुर नाच्न थाले, नक्कल पारी पारी!

मौसमले साथ दियो, हिम-बर्षा-धूप !

मेहेनत् र जाँगरले, मिलेका छन् खूब !!

जन्तु-काब्य ! खन्ड ४. पशुको प्रेम-न्याय-ज्ञान !

खन्ड ४. पशुको प्रेम-न्याय-ज्ञान !

मुजुरले देखे सारा, आँखा रसायो
दुई खुट्टे जिव-जन्तु किन दशा यो?
गाउं-शहर दुबै छोडे, बड्दो पापले
सोधे सबैलाई हे! कस्तो न्याय रे!

'जांदै छु म यहाँबाट, फर्केर आउनलाई
सम्झेर राख ती याद तिम्रा, बिर्सेंर जाला है!
बिर्सेंका क्षण नसम्झाउ फेरी,जान देउ भूलेर
सम्झेर नयाँ-मिठाश फलोश,जिन्दगी-डुलेर!'


वकालत गर्नलाई ठुलो उंट आयो
कचहरी अदालत 'टाई-बूट' लायो !
चिडियाघर गई ल्याए, 'आमा-मान्छे' लाई
'भन तिम्रो, भन्नु केही? के छ सुनुवाई?'

रुँदै रुँदै आमा भन्छिन्, 'प्यारा छोरा-छोरी,
बाबु-नानी जन्म्यौ किन? धरतीमा फेरी'
धेरै छैनौँ मानिस हामी, दुई चार परिवार
जसो तसो बाँचेका छौँ , गर्नोस उद्धार !

नियम र कानूनको, भएछ विबाद
हात्ती आयो फुस्सा तर,कसैलाई छ याद?
जनावरको ग्रन्थसबै त्यहाँ लेराए
काग,गिद्ध,दिग्गजले तर्क लगाए !

तिनै आँखा-कान-मूख, छोपे गाँउले
धर्म-निती छ र त्यहाँ? न्याय पाउने?
जेल,कारागार-घर सबै छन् उदास
बन-जङगल भरी, कस्को छ र आस ?


न्यायी,भाषा-अनुभवी भालू कुर्लियो
लेक बेसी, तराइ फाँट सबै उर्लियो !
'कुल्-परम्परा' भनी सिँह गर्जियो
राजनीति बड्यो त्यहाँ, कस्को मर्जि यो?

जाम्बुवान,हनुमान सबै रिसाए
मुजुरले साथ दियो निकै कराए
माकुराले कुरा छेड्यो भन्यो सबैलाई
'हामी अब बेग्लै बस्छ्औँ' बाँट-राष्ट्रलाई|

'हाम्रो-राष्ट्र हाम्रो-भाषा,प्राण भन्दा प्यारो छ'
'हाम्रो-धर्म,हाम्रो-कर्म,राष्ट्र भन्दा प्यारो छ'
चर्का-चर्की बड्यो-बन्यो, अन्तरिम सरकार
चुनावको चर्चा चल्यो, जन-अधिकार !

पर्चा-पर्ची खर्चा-खर्ची,बड्यो हाना थाप
चुनावको चिन्ह बन्यो,कालो औँला-छाप


शिँह भन्छ 'डण्डा' चिन्ह, भालू मेरो 'तीर'
दुई-पक्ष विरोधमा, गन्ने भए शिर !
एक एक चौकी बने, दर्ता गरियो
जंङलका जन्तु आए, चहुर् भरियो !


मेरो पार्टी मेरै 'पार्टी' खाना चाहियो
रिसै रिसमा, विरोधको पर्चा फाडियो
मिलापको संसारमा, विचार् भाँडियो
भाग बण्डा, विवादको- झण्डा गाडीयो!

समयमै मिलिवरी बने होसियार

'भोट दिन्छोँ मन मानी' मेरो अधिकार!
लोक तन्त्र,लाम लागि दिए मत-प्यार
मानिसले जित्यो त्यहाँ, भयो उद्धार !

खोरबाट निस्के मान्छे, बाहिर भो बास
वलि-प्रथा हट्ने भयो, मन्दिर भो साफ!
उन्नती र मद्द्तले, उठ्न सक्ने भए!

मान्छे बल्ल स्वतन्त्रले हिँड्न सक्ने भए!!


- अनन्‍तगोपाल रिसाल (4th Sept' 09)

मन्दिरहरुमा दिईने बली-प्रथाको बिरोधमा ! अहिँसा र शान्तीको एक चोटि अन्तिम पुकारा गरोँ !
हिन्दू-हरुको राष्ट्रिय चाड दशै-तिहार नजिकिँदैछ!यो पट्क केही विशेष समारोह गरिएर बितोस्!
मन्दिरहरुमा दिईने बली-प्रथाको अत्यन्त नराम्रो र मार्मिक असर,कसर केबल केटाकेटीलाई मात्र पर्दैन!
संम्पूर्ण गाँउ,बस्ती,पहाड,शहर,नदी,देश र सारा विश्वलाई नै पर्छ!
अझ बिशेष गरेर नेपाल नै एक आद्यात्मिक भूमी हो, देव भूमी-क्रिडास्थल हो!
अझ भनिन्छ भगवान शिवको हिमालयबाट त संसारको सुरुवात भयो!
बुद्धस्थल स्तूप,गुम्बज,मन्दिर र त्यहाँको गाँउ-समाज त सबैको आस्थाको केन्द्र हो! नयाँ नेपालमा यस्ता हिँस्रक,सामंतवादी संस्कारको घोर बिरोध गरौँ ! व्यबहार र बातावरणीय अकुशलता;अपढ़,अशिक्षित र अवैज्ञानिक-अशास्त्रीय मर्यादाको मूल-सहित निर्मूल पारौँ !
नेपालनै विश्वको आद्यात्मिक स्तुप हो!
सबै प्रकारका मानिसहरु,अझ विदेशीहरु,पर्यटक-आदी,भारतीय भक्तजनहरु भगवान,देव-देवीका धार्मिक तिर्थस्थल भनेर आँउछन्!
कती मन्दिरमा त रगत्ले मुछिएकोले खुट्टो टेक्ने ठाउँ हुँदैन!
के तपाईं चाहनु हुन्छ, भक्तहरु फिर्ता जाउन्?
नयाँ नेपालमा जबसम्म यी अन्यायी,असामान्य कुरिती,रुढिबादी,माराकाट रहिरहन्छ - तपाईंको मन र मस्तिस्क अनि मानसिकता पनि त्यसरी नै दुशित हुन्छ! अनैतिक,निर्दोश जनावर प्रतिको असम्मान र अराजकताको संविधानद्वारा निराकरण गरियोस्|
जाँउ, सबैतिरका दिदी बहिनीहरुलाई घर घरका काका काकी,छोरा-बुहारी लाई अहिँसा र शान्तीको एक चोटि अन्तिम पुकारा गरोँ!
पून्य-भुमी नेपाललाई पुन: पुण्यात्माको Shangri-La र Utopia बनाओँ!

जन्तु-काब्य ! खन्ड ३. नव-वालक वली !

खन्ड ३. नव-वालक वली !

युगौँ युग बिते 'नव-वालक' जन्मियो
सभ्यताको वन-जङल पुन: मौलायो!

खोर भित्र मान्छे जन्म्यो, शहर घन्कियो
पशु-पंक्षि आए त्यंहा विबाद चर्कियो !!


कोइ भन्छन् छाडनु पर्छ, कोही समात
महिना दिनमा वली दिन्छऔँ. उर्ले जमात !

वली दिन लागे पशु, बाल-लीला लाई

रगतले भिजिन् देवी, शव कालीलाई !


मन्दिरमा मान्छे काटे, दार्हा किटी किटी
उल्लुहरु टुलुटुलु, पेट मिची मिची !
जुनकिरी बत्ती बाली, घन्टी बझी रहे
चिलहरु माथि उडी फुल फ्याकिँ रहे

करोँतिको धार जस्तो नङ्रा रेटी रेटी
बल्ल बल्ल शास गयो,हरे! घिटी घिटी|
मिल्यो होला आत्मालाई, शान्ती भनिकन
ढ्याँङ्रो ठोके मलामिले, आगो दनदन !


कुखुरा र हाँस मिली अण्डा फाल्न थाले

मुस्लो धुँवा आकाशमा, होम चरु बाले|


'शान्ति-शान्ती' भन्दै गायो, कोयलिले गाना

'भोज्-भतेर' जाँड-मासु, लुछी लुछी खाना|


झिँगो भन्छ बाँकी मेरो, भुईँको कमिलो
चमेरोको सेरो-फेरो लाटो कोसेरो !

बल्ल बल्ल सकियो है कुल्-देवी पूजा
आर्को पल्ट आउनु पर्छ, भनी उडे शुगा !
सबै जन्तू बाटा लागे, भयो सुनसान
रात भरी जागी बसे, उल्लू धुमधाम !


जोगीहरु फुस्रो घसे,ग्रीहस्थले घर्
निसाचर मसान बसे, धर्मी गूफा सर् |

बुद्धी भन्दा बल ठुलो?बल भन्दा पैसा?
जस्को स्वर ठुलो उस्कै हात लाग्यो,फुस्सा
ईमानको कदर खै?मन-मोज मात्रै
साधु-शन्त,संस्कार चैँ,बन-भोज मात्रै!


रात-दिन पिशाचले दु:ख दिन लाग्यो

भूत-प्रेत,डँकिनीले तन्त्र-मन्त्र फ्याँक्यो
समाजमा भयानक,रोग-ब्याधी ल्यायो
असभ्यता,अशिक्षा र अन्धकार छायो!


सत्व सबै रिसाए झैँ,पाप-पीर्ले-पोल्यो
भित्रै-भित्र असहाय,द्वार कोल्टे फेर्यो!

विलाशको जीवनले मन सुस्त पार्‍यो
आगो सल्क्यो,डढेँलोले बन ध्वस्त पार्‍यो!


बफादार बने टाढा, छेपारे छन् पास
अलौकिक,अचम्मको थोरै मात्र आश!


जन्तु-काब्य ! खन्ड २. मनुश्यको विलाप !

खन्ड २. मनुश्यको विलाप !


बांध बाँध्न गयो मान्छे, खाल्डो भासियो

सयौँ शताब्दीको भाषा सबै मासियो !

साँग्लै-साँग्लो डोरी बनी बांधे मान्छेलाई

किरा-फट्याँग्राले टोके मद्घत छैन क्वै ?

'गुहार्-गुहार्' मान्छे रुन्छ, गोही वारीस
अजिँङर निल्दै जान्छ, जिँदो मानिष !

बांदर बन्यो बन-मान्छे, मान्छे-देवता?
हामी बन्यौँ किन यस्तो? छैन एकता !


तराइ भन्छौ मेरो बुद्ध, तिब्बतले मेरो
शान्ती अहिँसाको चाहिँ, केही छैन कुरो?
शिक्षा पायौ,भिसा-पायौ? सम्पत्तिले टन्न
बुद्धबाट बुद्धी सिक्यौ? लोभ,रिस,रन्न !


खोज आफु, सोध-गर ज्ञान समयमा
प्रेम भाषा मिठासले, बोल समूहमा !

मानिसको मानिसले, दिल-छुने गीत

प्राणीलाई सद्भ-भाव र समताले जित!



हिन्दू भन्छ, बुद्ध राजा शान्ती तिम्रो बोली
लाज छैन तिमीलाई? मन्दिरमा वली ?

घिच्चायी-घिच्चायी कालो बोका,रगतको भेल
'शंकरको भक्त हुँ म', कहाँ छ त मेल?


मन्दिर् बने छ्यास्-छ्यास्ति,पूजा गर्ने को?

एक फन्को लायो भने - धर्म हुने भो!
धर्म गर्ने उनै भये,परेवाको घर!
बाँदरहरु हजार् चोटि,मन्दिर माथि तल !

दुई जिब्रे मान्छेलाई, डाँडा कटाए
जीब-जन्तु सबै मिली, शहर् हटाए !
'चिडिया-घर' खाली पारी मान्छे भराए
चौकिदारी गर्नलाई शिँह खटाए!


सभ्यताले कोल्टो फेर्यो,साधु बने चोर्
शामन्ती छन् दरबारमा,सज्जन पसे खोर्!

भाषा छैन धर्म, कर्म छैन रूप एक
जन्तू बरु मिलेका छन्, समाजमा सिक!


कस्तो विडम्बना आज, पशु-जाती वीर
मान्छे, मान्छे चिन्न छोडे बढ्दो छ पीर!


हाम्ले आफ्नो स्तर आँफै माथि लानु पर्छ
आफ्नो कला,सीप माझी अझै साँधनु पर्छ!
आचरण,विचारमा शक्ती साँच्नु पर्छ!
खाना,मन शुद्ध राखी,प्रेम बाट्नु पर्छ!!


मानिसहरु मासिँदै छन्, दुर्लभै छन् आज
देव बन्नु छाडी बने पशु जस्तै, लाज!
खोर भित्र कहिलेकाहिँ,गीत गाई रुन्छन्
जोडा-जोडी,आक्कल-झुक्कल्,प्रेम के हो?सिक्छन्!