Friday 19 February 2010

र पो उसले भविश्यमा आफु जस्तै गर्छ !

र पो उसले भविश्यमा आफु जस्तै गर्छ !

[बाल-कथाकार,साहित्यकार,स्रध्धेय श्री कृष्णप्रसाद पराजुलीका सम्मानमा बाचन गर्न लेखियेको बाल-कबिता|यो उहाँका काब्य,किर्ती,कबिता,कथा र विषेश गरेर केटाकेटीमा पढीएको रमाईलो नानीले बसायेको सँस्कारबाट प्रभावित हुँदै लेखिएको हो!]

केटा केटी साना छदैं, माया गर्नु पर्छ,
भाषा,भेष,संस्क्रितीको छाँया दिनुपर्छ!
आफ्नो प्रेम,छाती-भरी देखाउनु पर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!

रचना र मिठो,राम्रो बोली बोल्नु पर्छ
समाजमा सज्जनको कदर गर्नु पर्छ!
सम्मानले आफ्नो देश गुण गाउनु पर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!



सुनकेस्रा,जुनतारा,हिमाल-डाँफे कथा,
सातगेडी,गाँउ-उखान सँघर्षको ब्यथा!
हिमाल हाम्रो,तराई हाम्रो सुनाउनु पर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!



हिजो हामी खोचँ-भित्र,आज सँसारभरी
सुख-दुख बाडेँका छौँ काम मरि-मरी!
शिक्षा अनि संपत्ती त,बाटैबाट सिक्छ
करै करले सँस्कार चाँही हामीले दिनुपर्छ!

विहानको सुनौलीमा छिट्टै उठ्नु पर्छ
ईश्वरको मननमा सधैं रम्नु पर्छ!
विश्वलाई-मित्र देख्ने,शिक्षा दिनु पर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!



धर्म-सेवा गरीवको,पाप देखि डर्छ
विश्वाशको घात गर्नु,कैले हुन्न-मर्छ!
उँचा-शिर,हिमालको स्वेत-ताज धर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!

ज्ञान भन्छ तिमी एक ननासिने सत्व
विज्ञानले शक्ति भन्छ नमासिने तत्व!
शिव,बुद्ध,क्रिष्ण,ईश सबै नाम रैछ
र पो उसले भविश्यमा आफु जस्तै देख्छ!

मिठा मिठा सपनाका कथा भन्नुपर्छ
रातमा,गीत-सँगीतको तार बुन्नु पर्छ !
सिकाउँछन् कतिकुरा तीनलाई बुझ्नु पर्छ
हिउँमा खेल्दा,लडिबुडी,कैले रुझ्नु पर्छ !



साना-साना बालख झैँ,हाम्रो पनि मन
सुद्ध-शिक्षा दिनु पर्छ,राम्रै राम्रो भन!
जाति मान्छे अझै छन् है,एक..दुइ..गन
ठुला भयौ,पुग्यो अब,बालक झै बन!



हाँसी-खुसी दौडेका छन्,मिजासीलो-बानी
स्वर्गबाट झरेका छन्,राम्रै राम्रा छानी!
सत्य-शिव-सुन्दर रैछौ,परिपुर्ण ज्ञानी
धन्य-धन्य सृस्‍टि तिम्रो,रमाइलो नानी!

अनन्तगोपाल रिसाल (19 Feb 2010)

No comments:

Post a Comment