Thursday 11 February 2010

माया गर्न पनि किन साइत कुर्नु पर्छ?

हिउँ र जाडोले वैलायेका पातलाई सोध,
जन्मियेको रुखलाई छाडी हावामा उड्नु कति दर्द हुन्छ?
भर्खरै जन्मियेर जोतिनु पर्ने वहरलाई सोध,
गोरुनै हुन पनि कत्ति पर्व हुन्छ?
सँस्कार बलियो भएकी नारीलाई सोध,
सच्चरित्रताले जीवनमा कति गर्व हुन्छ?

गरिवीले लुटियेका किसानलाई सोध,
दुई छाक कमायेर खान कति बात खेप्नु पर्छ?
अपाँन्ग सन्तान भएकी आमालाई सोध,
मानसिक तनाव झेल्न कति मन थाम्नु पर्छ ?
कामको गार्होले जोगी भएकालाई सोध,
ब्यवहार मिलाउन कति माग्नु पर्छ ?

दुब्लो पातलै भएपनि माहुतेलाई सोध,
जँगली हात्तीलाई तालिम दिन कत्ति खट्नु पर्छ?
छेपारे राजनीति गर्ने नेता लाई सोध,
समाज सेवी भनाउन कत्तिको सड्नु पर्छ?
रणभुमिबाट नभाग्ने गोर्खालीलाई सोध,
संसारको सम्मान लिन कति लड्नु पर्छ?

सधैं विवेकी बनेर हिड्ने होशियारलाई पनि सोध,
किन हो बेला बखतमा बुद्धी फुर्नु पर्छ?
चेपारे लोभी बाहुन बाजेलाई सोध,
बर्ष भरीमा किन योउटै साइत जुर्नु पर्छ?
छातीभरी माया बोकेका मायालुलाई चाँही कहिल्यै नसोध,
बर्ष भरीमै यो Valentine Day नै किन कुर्नु पर्छ?

- अनन्तगोपाल रिसाल (Feb 11,2010)

No comments:

Post a Comment