[सारा सँसारका साथीहरुले त्यागे पनि,बन्धु-बान्धबले छोडे पनि,आफन्तले घ्रिडाँ गरे पनि,सरकारले तिरस्कार गरे पनि - म्रुत्यु एक परमप्रिय मित्र हो,जो अन्तिम समयमा पनि सबैको सधैँ साथ दिन्छ! चाहे ईस्वरीय स्वरुपमा वा अन्धकार कृष्णमय-लीला रुपमा - शरीरको म्रुत्यु निश्चित छ है!]
मान्छे भित्र छ यो लूकेर बसने, निस्कन्छ यौटा दिन
मूर्दा झैँ कति बस्दछौ ह्रिदयमा? मान्छे छ द्यौता चिन|
आजै बित्दछ,छैन है सफर यो, बासै बसौँला भनी
भोग्नै पर्दछ दुखमा विवशले गिन्ती सकिए पनि |
आयौँ,भोग गर्यौँ,रह्यौँ, अब कता? जाने भनी सोचद्छौँ ?
हाम्रा तर्क-वितर्कले नसकिने, प्यासी बनी घुम्दछौँ |
धेरै होश गरौँ,असूर मदको बास्ना न हो झर्दछ
नाशै छैन,निवाश यो भन कता? मृत्यु त्यहाँ मर्दछ|
मर्ने निश्चित छौँ, अबश्य रहने छैनौँ यहाँ क्यैपनि
कैले हो?अब हा! बुझौँ,सजगले,मर्नै नपर्ने गरी
भोग्ने भोग्दछ, सत्य-शान-रसले, थाकेर थाकिन्न जो
जानेँ,जान्न अझै?पुग्यो रहरले,जानेर जानिन्न यो |
मौका यी कति मिल्दछन्? जीवनमा हाँसी बिते जीवनी
आत्मा-भावन, जीवमा गर तिमी दुइचार मैना बढी
हिँड्दैछौँ तर जान हे! अमरता,हेर्दैछ मृत्यु-छ-कैँ !
पर्खन्छौ? डर के छ सोध मनमा? बाँकी रहे प्रश्न क्यै?
सम्झन्छौँ अन्तमा जस्तो, लिन्छौँ त्यस्तै नयाँ जुनी
घाम लाग्यो उठे सारा रातमा बित्छ जीवनी !
मृत्यु हो, रातको निन्द्रा, सुत्यौ? आनन्दले हिजो?
आजको जीवनी बेग्लै, हिजैको चिन्तना न हो !
- अनन्तगोपाल रिसाल (10th Nov'09)
Tuesday, 10 November 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment