Friday, 26 February 2010

होली: हाम्रो मस्तको चाहाड !





बसन्तको चाड आहा,बसन्तनै जस्तो!
खेलुँ-खेलुँ,हेरुँ-हेरुँ,लाग्छ किन यस्तो?
बुढा-बुढी,केटा-केटी,तन्नेरीको चर्को!
होली भन्ने रमाइलो,चाड हामी-हरुको!


साथीभाई मिली खेल्दा पानी चिसियो,
खानेपानी छैन बरै!फोहोर मिसियो!
लोला-रँग हाल्दा सोच,दिल नघोचोस्!
अनूशासन् भित्र बस,दुख नपरोस्!




रंगीएका,भिजिएका,रँग-अँग भरी!
आपसमा प्रेम-वार्ता,दिल-खुस गरी
प्रक्रितीको मिठाशमा,शान्ति वरिपरि!
केटा-केटी उफ्रन्छन् र हाँस्छन् मरीमरी!


हुरी चल्छ चैत झरी,मन्द-बैशाखमा!
मौसमले होली खेल्छ,घर आँगनमा!
तेरो-मेरो छैन त्यहाँ,फुल्छन् साना फूल!
माहुरीले मह काड्छ,पूतलीको हूल!




आपसको रीस-राग हटी जाने होकी?
राजनीति,धर्मनीति सबै मिल्ने छ की?
देशै यौटा मँगलमा जान्छ होली खेली,
मुस्कुराँउछन् हिमाल त,लच्की नदी-वेली!


खेतिपाती उब्जनीको,शुरु हुन्छ वेग,
डाँडा-पाखा सँगीतले गुँजने छ भेग!
मस्ती मस्ती फाँटमा छ,धन्य वशुन्धरा!
उल्लाश र उमँगले नाच्छन् गरै-गरा!




नदि-नाला तन्नेरी झैँ मस्की,मस्की बोल्छन्!
अर्ध-नग्न,लाजै-मारी हिमाल-चोली खोल्छन्!
पहाडमा झर्ना-झरी सुस्काउन थाल्छन्,
बसन्तमा देव-देवी सिँन्दूर्-टीका हाल्छन्!


रुख-हरु नाङैँ नाँगा,लाजै छैन हेर!
दुइचार मैना लूगा हेर्छन्,फेर्छन् उत्निखेर!
धान-बाला लहलह खेत सुत्केरी झैँ,
अनाज र अन्न पस्की,ढल्छन् बरी लै!
प्रेम-लीला,माधुर्यता परम्परा गाथा!
नेपाल र नेपालीको,अमूल्य छ नाता!
ईश्वरीय देवभुमी प्रक्रितिको साथ,
बुद्ध-हाम्रो मुटुभित्र-शिव हाम्रो माथ!


धर्ती पनि होली खेल्छे गर्मी-वर्षा-हिँउ,
जाडो निक्कै कठाँग्रिने,तूसारो नै दिउँ?
पानी पर्छ नरोकिने, कैले?मीठो घाम,
फुमि-फिरी नथाक्ने यो धर्ती चारै-धाम!


भावना र आत्मियता समाजमा आउन्,
मुलुकमा शान्ति-प्रेम,विकाशले छाउन्!
स्वस्थ-रँग,सुरक्षा र शिक्षा अब जागुन्,
अन्ध-अज्ञान्,अविश्वाश,डाँडा-काटी भागुन्!




रँगै-रँग,छाउँ हामी,दिल-खुशी-ज्योति!
बत्ती-बालौँ झल-मल्ल घर-दैलो पोती!
जन-जाति,तेरो मेरो,किन तानातान?
जाति मान्छे छान तिमी,बन भाग्यवान!


शुद्ध-मन्त्र 'शान्ति' हाम्रो,अशुरको नाश
आत्म-शुद्धी सँस्कारले गरी रहोश् बाश!
विलाशको जीवनमा-सेवा भाव आओश्,
बाडी-चुँडी,नियममा,प्रेम भाव छावोस्!
दैवी-होली खेलेका छौँ,ईस्वरीय-लीला,
सत्व-रज-तम मिल्यो,मान्छे रुप-चोला!
दुई-चार दिन रमाईलो,बोकी थोत्रो झोला!
हिमाल्-बाट समुद्रमा बग्यौँ खोलै-खोला!


रँगी-विरँगी होली खेल्छ्न् साधा-निष्ठ-त्यागी!
समताको बाटो उस्को सत्य-शान्त-योगी!
आकाशैले होली खेल्छ तारा खस्छन् कैले!
व्रह्माण्डै यो घट्ने-बढ्ने,पुग्ने को हो पैले?


कालो-सेतो-खैरो रँग खेल्दै छौँ है हामी,
सँसारमै समानता,देखौँ,बनौँ,ज्ञानी!
गरीव र धनी-रँग,सबै एक हो कि?
उदारले बाचौँ अब धन-मन खोली!




होली खेल्छन् कोही लूगा,गेरु-स्वेतधारी!
कोही रौँ-का होली खेल्छन्,फाल्छन्,पाल्छन् दारी!
चट्ट,सारी 'टाईट-जिन्स'-मा सोल्टिनीको कूर्था!
मौसम-मौसमका फरक् नाना,पुग्यो-लायो-फिर्ता!




झण्डाको कोही होली खेल्छन् पार्टी घेर्छन् कोही!
छेपारो झैँ कुरा फेर्छन्,देख्ने-हाँसो-गोही!
जनताको होली खेल्छन्,दानवै झैँ त्राश!
मूसो जस्तो धुत्ने-चोरी,पर्दा छैन आश!




नैतिक-को होली खेल्छन्?धर्म-अर्थ गुरु!
राजनीति योटै-आँखा भन्छन् अन्धाहरु!
आफैँ-खाँउ,आफैँ-लाँउ स्वार्थी रोग लाग्यो!
सँयम र चरित्रता किन पाखा लाग्यो?


धर्मै गर्ने गुरु पनि छ्यापाछाप गर्छन्,
म नै ठूलो-मेरै राम्रो,किन होला भन्छन्?
अर्थ-गुरु,शिक्षा-गुरु 'डा.'-मै हाँ हाँ गर्छन्!
शिँह,गिद्ध,ब्वाँसो जस्तै,'डाँ'कु-चोरी गर्छन्!
कु-शिक्षा र सँपत्ती चैँ,सूचनाले खायो!
सज्जनको-सँस्कारको,कसले गुण गायो?
बाबु-नानी खेलुन्,पढुन्-हाम्रै आँगनमा!
पिचकारी,पुस्ठकारी मिठो भावनामा!

वासनाको होली खेल्छन्,बुज्रुकहरु पनि!
आउने-जाने 'चौरासी यो' छैन केही भनि!
प्रकृति र पुरुषमा देखि,बुझि,जानी!
तप,साधनामा रत,सद्गुरु ज्ञानी!

विषय र ईन्द्रियको होली खेल्छौं हामी
गुण, रस कामनाको जरो छानी-छामी!
ईश्वरको होली खेलौं, नाम-रुप खानी
साधना र तप,दम, स्वरूपका दानी !

ज्ञान, अध्यात्ममा मन,बुद्धि सब्को जागोस्
शान्ति, आस्था,दया,क्षमा, भक्ति रङ लागोस् !   

ढुँगा किन मूर्ति बन्छ?रुप-सीप खोली!
जडलाई चैत्यन्नता दिन्छ कला-होली!
भावना जो बस्दै जान्छ,संस्कारको विज!
पहाडको ढुँगा पनि-बन्छ देव,जीव!
सन्देश यो आँफैलाई,भोलि-हिजो-आज,
हिमालमा पग्ल्यो-पानी,समुद्रमा छाल!
गरिबीले रँगिएको सँस्क्रितीको गर्व!
सौगात यो विश्वलाई,हाम्रो होली पर्व!


-अनन्तगोपाल रिसाल (26th Feb 2010)

Friday, 19 February 2010

र पो उसले भविश्यमा आफु जस्तै गर्छ !

र पो उसले भविश्यमा आफु जस्तै गर्छ !

[बाल-कथाकार,साहित्यकार,स्रध्धेय श्री कृष्णप्रसाद पराजुलीका सम्मानमा बाचन गर्न लेखियेको बाल-कबिता|यो उहाँका काब्य,किर्ती,कबिता,कथा र विषेश गरेर केटाकेटीमा पढीएको रमाईलो नानीले बसायेको सँस्कारबाट प्रभावित हुँदै लेखिएको हो!]

केटा केटी साना छदैं, माया गर्नु पर्छ,
भाषा,भेष,संस्क्रितीको छाँया दिनुपर्छ!
आफ्नो प्रेम,छाती-भरी देखाउनु पर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!

रचना र मिठो,राम्रो बोली बोल्नु पर्छ
समाजमा सज्जनको कदर गर्नु पर्छ!
सम्मानले आफ्नो देश गुण गाउनु पर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!



सुनकेस्रा,जुनतारा,हिमाल-डाँफे कथा,
सातगेडी,गाँउ-उखान सँघर्षको ब्यथा!
हिमाल हाम्रो,तराई हाम्रो सुनाउनु पर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!



हिजो हामी खोचँ-भित्र,आज सँसारभरी
सुख-दुख बाडेँका छौँ काम मरि-मरी!
शिक्षा अनि संपत्ती त,बाटैबाट सिक्छ
करै करले सँस्कार चाँही हामीले दिनुपर्छ!

विहानको सुनौलीमा छिट्टै उठ्नु पर्छ
ईश्वरको मननमा सधैं रम्नु पर्छ!
विश्वलाई-मित्र देख्ने,शिक्षा दिनु पर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!



धर्म-सेवा गरीवको,पाप देखि डर्छ
विश्वाशको घात गर्नु,कैले हुन्न-मर्छ!
उँचा-शिर,हिमालको स्वेत-ताज धर्छ
र पो उसले भविश्यमा आफु जस्तै गर्छ!

ज्ञान भन्छ तिमी एक ननासिने सत्व
विज्ञानले शक्ति भन्छ नमासिने तत्व!
शिव,बुद्ध,क्रिष्ण,ईश सबै नाम रैछ
र पो उसले भविश्यमा आफु जस्तै देख्छ!

मिठा मिठा सपनाका कथा भन्नुपर्छ
रातमा,गीत-सँगीतको तार बुन्नु पर्छ !
सिकाउँछन् कतिकुरा तीनलाई बुझ्नु पर्छ
हिउँमा खेल्दा,लडिबुडी,कैले रुझ्नु पर्छ !



साना-साना बालख झैँ,हाम्रो पनि मन
सुद्ध-शिक्षा दिनु पर्छ,राम्रै राम्रो भन!
जाति मान्छे अझै छन् है,एक..दुइ..गन
ठुला भयौ,पुग्यो अब,बालक झै बन!



हाँसी-खुसी दौडेका छन्,मिजासीलो-बानी
स्वर्गबाट झरेका छन्,राम्रै राम्रा छानी!
सत्य-शिव-सुन्दर रैछौ,परिपुर्ण ज्ञानी
धन्य-धन्य सृस्‍टि तिम्रो,रमाइलो नानी!

अनन्तगोपाल रिसाल (19 Feb 2010)

Thursday, 11 February 2010

माया गर्न पनि किन साइत कुर्नु पर्छ?

हिउँ र जाडोले वैलायेका पातलाई सोध,
जन्मियेको रुखलाई छाडी हावामा उड्नु कति दर्द हुन्छ?
भर्खरै जन्मियेर जोतिनु पर्ने वहरलाई सोध,
गोरुनै हुन पनि कत्ति पर्व हुन्छ?
सँस्कार बलियो भएकी नारीलाई सोध,
सच्चरित्रताले जीवनमा कति गर्व हुन्छ?

गरिवीले लुटियेका किसानलाई सोध,
दुई छाक कमायेर खान कति बात खेप्नु पर्छ?
अपाँन्ग सन्तान भएकी आमालाई सोध,
मानसिक तनाव झेल्न कति मन थाम्नु पर्छ ?
कामको गार्होले जोगी भएकालाई सोध,
ब्यवहार मिलाउन कति माग्नु पर्छ ?

दुब्लो पातलै भएपनि माहुतेलाई सोध,
जँगली हात्तीलाई तालिम दिन कत्ति खट्नु पर्छ?
छेपारे राजनीति गर्ने नेता लाई सोध,
समाज सेवी भनाउन कत्तिको सड्नु पर्छ?
रणभुमिबाट नभाग्ने गोर्खालीलाई सोध,
संसारको सम्मान लिन कति लड्नु पर्छ?

सधैं विवेकी बनेर हिड्ने होशियारलाई पनि सोध,
किन हो बेला बखतमा बुद्धी फुर्नु पर्छ?
चेपारे लोभी बाहुन बाजेलाई सोध,
बर्ष भरीमा किन योउटै साइत जुर्नु पर्छ?
छातीभरी माया बोकेका मायालुलाई चाँही कहिल्यै नसोध,
बर्ष भरीमै यो Valentine Day नै किन कुर्नु पर्छ?

- अनन्तगोपाल रिसाल (Feb 11,2010)

Sunday, 7 February 2010

खै, किन आएन ?

सत्य सुन्दर सन्सारमा,खै जिउनै आएन
नसै नसाको जीन्दगी रे!खै पिउनै आएन
छातीभरी पीडा छँदा- डर्नै आएन
निसाँस्सिदो जीवन रैछ, तैर्नै आएन!

जानें,सिकें,बुझें,ठानें-भन्नै आएन
मानिसको दिल भित्र छिर्नै आएन
मृत्‍यु के हो?पापसँग डर्नै आएन
जीवन सँग के नै सिकें?मर्नै आएन!

तीर्थै-भुमी,देव-भुमी नेपालको गाँउ
विश्व भन्दा निक्कै माथि हिमालको ठांउ!
स्वयम्भूले आंखा चिम्ले,ब्रह्म-वोध शुद्ध!
बुद्ध भन्नु शिव रैछ,शिव भन्नु बुद्ध !

पार्टीलाई चन्दा दिँदै, गिर्नै आएन
बन्दूक र धम्की,गोली भिर्नै आएन
असुरक्षा,अपहरण-पिर्नै आएन
जनताको मुटु छुँदै, छिर्नै आएन!

मौसम आउँछ,फेरि जान्छ-फुल्नै आएन
फुलै फुलको बारी भित्र,झुल्नै आएन
तीर्थै तीर्थको नेपाललाई घुम्नै आएन!
प्यारा दिलका फुल्बारीलाइ चुम्नै आएन!

नियम र पीरेम-मा भुल्नै आएन
भाषा,धर्म,कर्तव्यमा फुल्नै आएन!
विवेकले संस्क्रितिमा रम्नै आएन
हिमचुलीको स्वश्थतामा जम्नै आएन!

- अनन्तगोपाल रिसाल (Feb 07,2010)