Sunday, 12 April 2015

साथी, सफल असल अमर बनौँ



 
किन म मन बिगारुँ? लूप्त झैँ बस्छ क्रोध

विषयरस निकालुँ झट्ट फालेर लोभ

लगन लग बढारी कामना चट्ट पार

निखर हृदय ज्योती दीप, खै अन्धकार ? ||1||

 

दुख र सुख सहेरै ईशमा गर्छु याद

परमगति बुझेमा हुन्न केही विषाद

सुमन सरल बोली कर्म चोखो मिठास

सलल नरम नौनी स्वच्छ प्यारो मिजास||2||

 

अविरल मधु दिन्छिन् गाई गर्छिन् भलाई

जडिबुटि बन खाई औषधी बन्छ भाई 

नगर भर छ कोही? सज्जनै मिल्छ रोजी

तरपनि दुख दिन्छन् राक्षसी मूर्ख, खोजी ||3||

 

असल बखत के हो? कुर्नु पर्ने छ कोही?

भन त सहज चिन्ता चित्तमा फूर्छ केही?

अनिद दिन चहारी फेरि मिल्छन् दुरुस्तै

अविरल सुख के मा? देखिने स्वप्न जस्तै ||4||

 

शरिर वशु सघाई आठ बस्छन् अपूर्व

अनल पवन पाँचै तत्व चन्द्रादि सूर्य

सहज दश छ इन्द्रै ज्ञान आदित्य खोपी

झलमल दिल पारी भक्ति सौन्दर्य चोपी||5||

 

रगत असल वायू रुद्र बस्छन् निरोगी

सफल भगत पाई देवता बस्छ भोगी

शिव रहु शिर माथी विष्णु छन् मध्य छाती

हृदय कमल फुल्छन् पावनी शिग्धशाली ||6||

 

नगर रिस र डाहा, लाज हा लाग्छ, हुन्न

अगणित सुख के हो ? सुन्नु पर्नेछ बुझ्न

सफर सजग बन्दै योगले नित्य बन्न

रसिक, उचित बाँकी छैन क्यै मन्त्र भन्न||7||

 

किन बुझ मद बाँकी मोह भित्ता र गारो

ज्वर छ अधिक तातो निभ्न पो हुन्छ गाह्रो

शुभ दिन कहिले हो जान्छ कालो निखारी

पुन पुन घर जान्छन् माग्न के यो भिकारी? ||8||

 

दन दन बन सल्के ज्वार सक्छौ निभाऊ

निरस अरुचि लाग्दा विश्व बिर्सी निदाऊ

शहर नजर भिन्दै हुन्छ यो देह फेर्दा ?

कुन कुन सत मान्ने ? ब्युझिएँ छैन हेर्दा||9||

 

जप तप गर साथी साधु जस्तै तटस्थ

कल कल झर पानी सोच राखेर व्यस्त

स्मरण नमन गर्दै तालमा जम्न जाऊ

सरल, नगर चिन्ता ज्ञानमा शोख लाऊ||10||

 

गन गन कति गर्छौ कामले फत्ते गर्नु

अनसन कति बस्छौ बोझ बन्दै नबन्नु

दुख दलितहरुको कामना सिद्ध गर्नु

गरिव दिन दयालू ज्ञानको वीज छर्नु ||11||

 

तलतल न छ खोजी कल्पना छैन निन्द्रा

अवगुण न त राखी च्यापी सम्मान निन्दा

अविषय बन साक्षी बुद्धि चोखो गराऊ

शरण गर चनाखो बुद्धकै मार्ग आऊ||12||

 

अब पनि कति रुन्छौ? चिन्तनामा डुबेर

समय नजिक आयो हुन्छ होला अबेर

डुबन सजल गङ्गा ज्ञानमा लौ रुझेर

बुझ बुझ बुझ साथी बुझ्नु पर्ने बुझेर||13||

 

बचन चमक ल्याई कर्म सौन्दर्य भाव

अधम गरिव देख्दा छैन केही अभाव

मुनि ऋषि हृदयै झैँ स्वार्थमा छैन लक्ष्य

शम दम तप राखे ज्ञानले मिल्छ मोक्ष||14||

 

अभय निडर बन्दै प्राप्ति गर्नुछ धेय

सम छ विरह माया मोह भन्दैन श्रेय

सुगम पथ बिचारी हिँड्न सक्छन् विवेकी

असत विगत बिर्सी दूर दृष्टि, नहेरी||15||

 

हिम शिखर पखाली बग्दछिन् श्वेत गंगा

बस कि उड विवेकी साक्षी संझेर चंगा

कठिन छ तर सक्छौ वीर भै स्वाद चाख

अमर बनन साथी शुद्ध संकल्प राख ||16||

 

-अनन्तगोपाल रिसाल [४/९/२०१५, मालिनी छन्द]
 

Monday, 6 April 2015

Have a blissful Easter !




Festivity and a day to celebrate the youth,
A return to life after death, miracle of truth !
Easter reminds of compassion, aged and the dead,
Body has an end although spirit lives instead !
 
An act of crucifying - our anger and greed,
A passion of wisdom to search agreed,
A period of fasting, prayers and penance,
Heavenly abode with blissful essence !
 
Let the tomb of thoughts be pure and tight,
Family and kingdom be divinely bright !
Paradise of bunnies and birds and life
Colors of knowledge sprout, insight to rife !
 
Life moves towards a goal of permanent,
Usage by month, trust we pay, rent like a tenant.
Sun is the golden egg-womb and warmth within,
gives us all energy source-again lets us begin.

Eggs have no beginning eggs have no end,
A life be born without an enemy or a friend.
A search for many yet a decorated self,
Cells inside the shell which can exist itself.
 
Full-moon remains, night as bright,
Warmth of life, springs in delight.
Fertile be universe, we consciously beg
Embrace the Union with an eternal egg !
 
-Ananta G Risal (Happy and divine Easter to all who celebrate)
 

Tuesday, 17 March 2015

पुष्पक विमान यात्रा संस्मरण: मित्र प्रतिको सम्मान, स्वागत र सम्वाद



पुष्पक विमान यात्रा संस्मरण: मित्र प्रतिको सम्मान, स्वागत र सम्वाद  


(
रावण र तिनका सेनालाई मारेर श्रीराम परिवार सहित अयोध्या फर्किनु हुन्छ! प्रविधिले सम्बृद्ध लंकामा प्राविधिक प्रचूरता त्यति बेला नै भैसकेको र त्यसको सम्मान र स्वागत गर्नका लागि त्यहींको आविष्कार पुष्पक विमान चढेर अयोध्या फर्किएको प्रसँग रामायणमा छ! सीतामाताका पुनर्मिलन प्राप्तिका हेतु श्रीरामका लागि समस्त प्राणीद्वारा बनाइएको पुल (सेतु) देखाउंदै आकाश मार्गबाट फर्किंदा भगवान श्रीरामले सीतामातालाई आफ्ना को को सहयोगी थिए भन्ने वयान कसरी गर्नु भयो त?)
पुष्पक विमान यात्रा संस्मरण : मित्र प्रतिको सम्मान, स्वागत र सम्वाद 

विभिषण -
राम, प्रेम रसिलो, दिल-प्यासी
सूर्य अस्त नहुने रघु दासी
कीन भो? नगरमा अलमस्त?
हे प्रभो उडि नबिर्सनु व्यस्त
भक्ति बाँड प्रभु है मन मस्त
राख ईश अभिमान समस्त 
राख देव, छ विमान छ मस्त
दाश हूँ चरणको सब लेऊ
पूष्प यो शरण, आशिष देऊ ||

राम-
वीर-आभुषणका सह प्यारा  
आत्म हे भर परें जन नारा
पर्खंदै भरत राजन कुर्छन्
राज्यमा अडिक भै पथ हेर्छन्    

युद्ध मात्र न कि योग्य-लडाका 
प्रेम आदर गरी बन प्यारा
न्याय-राज्य मिलने सब भोलि
व्यवधान नबनी मन खोली

दानवीर बन योग्य प्रजाका
पुज्दछन् नगर मस्त ध्वजाका
राक्षसै अब बनुन् प्रिय प्यारा
सभ्यता असल द्वीप छ नारा 
छैन है कुटिलता अब शंका
उच्च छन् सहजता नव लंका ||

काम भो अब पुरा म त जान्छु
सम्झना, मिलन भो अब लान्छु
वाह्र वर्ष बिति गो बनमा ता
राष्ट्र हेरुँ, ममता, तिन-माता ||

साधुकै सरल भूषण लाई
त्यागमै विलिन सात्विक खाई
पास गै भरत मिल्न म पाउँ  
साथमा मिलि गला म लगाउँ

जान देऊ उडनै मन मेरो
रत्ति भर् पनि अबेर यो भो,        
कैकयी हृदयमा छ सुमित्रा
मातृभाव, न छ चैन- चित्त ||

[पुष्पक विमान उडेर माथि पुगे पछि श्री रामचन्द्र भगवान सीतामातालाई सम्बोधन गर्दै भन्नुहुन्छ]

जानकी सुन कथा, शुभ-प्रीथा
प्राण, भारत छ सुन्दर, सीता
साथछन् नि धरती जग भर्ने,
खै वयान म कसोगरि गर्ने?
राजयोग गरने सुख त्याग्यौ
चन्द्र झैँ परि तिमी दुख पायौ ||

ती चरा र पुतली सब आए
पूल बान्न सहयोग गराए
एक एक गरिँदै तह राखी
बालु-काठ सजिलै, बल काफी||

गिद्द, बाज, चिल, सोखले चढी
प्वाँखमा पवन, झीर ली उडी
हर्षले चमक भै फूल फ्याँके,
मस्त गोमनले जल ढाके ।।

हे जटायु मनका प्रिय साझा
जान्ववान् निडर सूग्रिव राजा,
लोकका अझ कती जन प्राणी,
योजना नल गरे पुल-तानी ||

रामसेतु बनदै गति गङ्गा,
सागरै पनि उठाएर लंका
योग्य छन् प्रिय विभीषण साथी,
भक्त हे हनुमते शिर माथी ||

राखिद्यौ अनुजको नव प्राण,
जन्तु छन् सबल त्याग प्रणाम
जङ्गली पशु मिलेर बथान,
प्राकृतिक् सहज बन्दछ यान ||

पुष्पका लहर लाम पताका
सम्झने कतिकुरा बनगाथा
खोजदै कति रुनू मन थाके
कीट, खोज गरनै पनि लागे
रात चिन्तन सहोदर जागे
सोचमा प्रहर कैं निँद भागे ||

मित्रका जति कुरा गर भूमा
हुन्न पूर्ण, कठिनै न त भन्न
जान हेर सबले बुझ ऋण
प्राण ती दिन तयार छ कीन?

लूट,पीट असहाय छ नारी,
मुक्त छौ, डर? अशोक छ बारी
आर्य धर्म सहयोग गराई,
जो जती निडर साथ पुर्याई
युद्धले धरम राखनु नाता,
हे सिते, विवश यो म छु, माता ||

भालु बाँदर सखा बन यात्रा
स्वागतै कति गरे, सुन माता
अन्न योग्य फलफूल अघाए
दुख्ख लेर मनमा सब आए

विश्वकर्मि र छ, पर्वत सीप  
हेर क्या ! स-जल सुन्दर द्वीप
योजना, धन कुबेर छ लंका
लूट-दूर्जन गरे, तर शङ्का ।।

त्यागदै घर-विहार दयालु
धर्म ली जन बनेर कृपालु
ईश्वरै शिव-अहा सहयोगी
चित्त यो कति खुसी प्रिय पाई !

धैर्यता, सहनशील छ, पर्खी
सत्यमा खुस बनेर नअल्झी
धर्म भक्ति दम योग्य तपश्वी
ज्ञानको उदय हुन्छ अवश्यै ||

अग्नि-कूण्ड पथमा, बन डढ्छन्,
ज्ञान योग सुखमा जन चढ्छन्
फर्कि जाउँ शुभ राज्य अयोध्या,
धन्यवाद गरदै सब योद्धा ||

सम्झदैं दशरथी गुण दासी
सूर्यवंशज पितामह त्यागी
मातृ-भूमि छ, विदेह छ राज
हे सीते ! कति खुशी छु म आज 


हंस-यो छ गति लोचन पूर्ण
आतुरै किन छ यो मन पुग्न?
स्वर्ग छैन बरु चाह विलासी     
अङ्कमाल गरने प्रिय प्यासी

आइगो, भरतको अब याद     
सम्झना, मिलन हट्छ विषाद
जिन्दगीभर कुरी कन आज
मिल्दछू प्रिय सखे तन साँझ ||

पुग्नु पर्छ रघुवंश छ मान्य
आज साँझ मिलने अब धन्य 
गर्नपाइ रहुँ दर्शन माता 
हे,कठोर किन बन्छ विधाता?

सीता-
तामसी मन भए जग डर्छन्
जङ्गलीहरु सबै अब तर्छन्,
स्त्री, सती, सरल सुन्दर धर्म,
देख्न काँहि नपरोस् दुख कर्म||

हा ! म पो रहछु भाग्य विधाता
प्राण यो स्वजन दिव्य छ नाता
कामना नरकद्वार छ साथ्मा ?
लोभ क्रोध नगरे - परमात्मा ||

आत्मदाह सजिलै नहुनेको
रामकै जप गरी बितने भो
राक्षसै थिइ उ ता तर के भो?
त्रीजटा प्रिय थिइन्, बुझने जो
रामनाम सजिलो, भज थेगो
जीवनी सहज भो जपनेको
साधना कमल झैँ जब फूल्छ,
सोचले अमरता तब मिल्छ ||

राम नाम भव सागर तर्दै,
पाप-मोक्ष, छ उजागर गर्दै
ज्ञानका नगरमा बस छानी,
राम नै छ सबको शुभ नामी||

रामकै चरणमा भव-सिन्धु
रामकै शरणमा मन दिन्छु
सम्झिएं, समय मिल्छ, चरित्र
भक्ति, पूर्ण अब होस्, प्रभु ! भित्र!
- अनन्तगोपाल रिसाल [स्वागता छन्द - र न भ गु गु, ७ मा यति ]
reference: http://www.valmikiramayan.net/utf8/yuddha/sarga121/yuddha_121_frame.htm