Sunday 16 October 2011

नारीको स-सम्मान होस् !



आत्म रुपा नारी -
धर्ती माता शक्ति रुपा प्रक्रितिकी भित्र
विस्व रुपा थरी थरी  ईस्वरकी मित्र
नियमकी नारी धन्य सम्मानकी खानी
माया दिने सबैलाई क्षमा दया दानी

विजयी छौ पूर्ण दश ईन्द्रियको द्वार
आत्मा ब्रह्म स्वरुपकी संसारकी सार
जीवलाई रक्षा गर तिम्रै शरणमा
देवता र दानव छन्, जन चरणमा!  

जयन्ती र मंगला हौ, काली सरस्वती
दूर्गा अम्बे गौरी माता शिवा महा-धात्री
कर्मेन्द्रिय ज्ञानेन्द्रिय चलून् तिम्रा लागि
साथ लागून् संब्रिद्धी र ज्ञान सिद्धी जागी!

विश्वरुपा नारी -
दिदि बैनी काकी सासू माइज्यु फूपु साली
सीप शिल समानता हात नहुन् खाली
सभ्यतामा पूर्णता होस् वास संस्कारमा
हामी सब्को ध्यान जावोश् नारी सम्मानमा

लुटियेका बेचियेका हरायेका आस
खोसियेका मारियेका विवशका वास
नारी जाग उठ चिन आफ्नो शक्ति लिन
दूर्भाग्य यो संस्क्रितीको नचिनेको कीन?

रस रुप नारी-
नव रस तिमीमा छन् बाह्रै मास साथ
नारी तिम्रो संम्मान छ शंकरको माथ
गँगा, धर्ती गाईमाता नदी प्रक्रितिमा
ईश्वरको वरी परी घुम्छ्यौ स्विक्रितिमा!!

शिक्षा दया क्षमा दान तिम्रा हतियार
नियमको पालनामा हक पत्यार !
शान्ति सभ्य समाजमा समानता आवोस्
शुभ-लाभ पूर्णताले घर घर छावोस्

प्रक्रिति रुपा नारी
चन्द्रमाकी सूर्य रश्मी, किरणमा तिमी
मन ज्योति उज्यालो होस् घर झिलिमिली
छोरी ब्वारी साली भान्जी संगीनी र प्यारी
भिन्न भिन्न रुप, गुण अलौकिक नारी
विश्व तिम्रो साथ दिन्छ पैले आफू बन
सुधारको नियम के? ईछ्या सूत्र भन!!

पूर्णीमाकी ज्योति तिमी धर्ती झलमल
कर्तब्यकी पथ गामी, के छ अलमल?
कल्पनाकी अन्तरिक्ष कण कण पुग्ने
नारी तिमी खानी रैछौ मन दिने लिने

नेपाली रुपा नारी

गुण्डा-गर्दी आतँकले घर बिगारेको
नारी मन रुन्छ त्यसै, बिग्रे सिँगारेको
फूल फूलोस् भने सरी बगैँचामा राम्रा
गाउँ शहर् बस्ती बसुन् संब्रिद्धीले हाम्रा

विद्वँश र आतँकको मूल छिनाइदेउ
अज्ञानको भस्म गरी, ज्ञान चिनाइदेउ
नारी तिमी छैनौ खुसी, सून्य हुन्छ घर!
नियास्रो र नैरास्यता रुन्छ वर पर!
        
स्वतन्त्रको आँगनमा हिँड हल्लीहल्ली
भूत प्रेत किचकन्नी भाग्छन् गल्लीगल्ली
निडर भै सबै नीति सूचनाले भर
संयोजना संभावना निर्धक्कले गर!  

मन तिम्रा उदार हुन् सोच ठूलो राख
स्वार्थ केही नराखेर विश्वाशका साथ  
खेती गर्ने घर स्यार्ने वँश थाम्ने तिमी
दाउरा चूल्हो मेला पात मकै बारी सिमी!

धूवाँ गोठ, पनेरामा पानी ल्याउने दुख:
जागिर् खाने लोग्ने मान्छे किन सुखै सुख?
खोस खोज अधिकार नहरावोस् जोश   
उठ अब समाजमा मान सम्मान् होस!  

- अनन्तगोपाल रिसाल [6th Oct 2011, विजया दशमी ]

No comments:

Post a Comment