प्रवासको प्रतिध्वनी फरक् सुन्छु किन?
छिमेकमा भारत् छैन तिब्बत् न की चीन!
ठूला ठूला पहाड् जस्ता,'विल्डिङ' भवन् देख्छु
कर्णाली र गण्डकी झैँ-'नायग्रा','हड्सन्' सुन्छु!
परेवा र कौवा, चरा, भंगेराको हूल
गाई भैँसी छैनन् चर्ने, फोहोर् माटो,धूल!
बिहानको सूर्य उही चन्द्रमाको जून
काला गोरा खैरा मान्छे- रातै रैछ खून!
मान्छे उस्तै अग्ला होचा काम्मा फसेका
सानो तिनो गुँड बनाई घर्मा बसेका!
खाने उस्तै दालभात, तर्कारी र झोल
स्वतन्त्र छ पढ्न लेख्न मन्मा आको बोल!
काम गर मरी मरी हप्ता बित्यो मोज
सेर्पा गुम्बा बाहुन् गुरुङ नेवारको भोज!
आज यौटा लूगा लायो भोली फेरी फेरी
बोल्ने मीठो लाउने मिल्दो मौसम् हेरी हेरी
यता मन्दिर् उता मन्दिर् संस्था पत्रिका
कस्तो जन-जाति खोज्छौ? त्यस्तै जनता!
घरै पिच्छे 'येन्जियो'-हुण्डी,भकारी
काम काँ छ आर्मीमा?'युएन'?सर्कारी?
लगानी र पैठारीको फोन ब्यापार
अली अली मन्दी बन्दी नत्र अपार !
निकै राम्रा कबिता र लेख लेखक
मिली काम साथ दिन्छन् नारी यूवक
आफू को हो? कहाँ पूग्ने? के छ निर्णय?
शिक्षा सेवा अस्पताल धर्म विद्यालय
अँग्रेजीमा नेपालीमा बोल हिन्दी भाषा
ल्याटिन र फ्रेन्च सिक, अझ झन् खासा
बच्चा झर्नै नपाई यहाँ आइफोन् चलाउँछन्
मँगो पर्छ टायेर् किन्न नत्र जलाउँछन्
वातावरण् सफा राख, रक्सी न-खाइ गाडी
कानूनले भन्दै न को मावो, मार्वाडी
आफ्ना कुक्कुर् बिरालो हुन् आफ्नै परिवार
राम्रो सोच सफा राख, कुटी दरवार!
तास खेल कौडा हान लँगूर् बूर्जा थाप
समाजको नियम छ सबको दण्ड-माप
ट्र्याफिक् बत्ती नमीच है लाइन् बस किन्न
आफ्नो कर्जा कर तिर सर्कार् दु:ख दिन्न!
आफ्नो भाषा बोल भेष संस्क्रितीको रक्षा
घर छैन जागिर् छैन, माग सड्क भिक्षा
गीत गाऊ चित्र कोर सीप शैली साँध
नियमको बाहिर भो ! झिटी गुण्टा बोक!
केटा भन्यो केटी जस्ता, केटी भन्यो केटा
अनुहार् छन् काली ध्वासीँ तिघ्रा भने सेता!
कट्टर छन् धर्म प्रति बाधिँ हिँड्छन् फेटा
खैरी पनि सारी लाउँछन् बोल्छन् हिन्दी-बेटा!
पिटापिट देखिँदैन लाइन् ट्रेनको
हतारको जिन्दगीमा आमा-बाबु को?
आफ्रिकाको स्विजर्ल्याण्डको रस्सा फिलिपिन्स
कोहि खाते सडकका सुन्दा धनी 'प्रिन्स'
भारती र बँगाली छन् पाकिस्तानी बोस
रक्सी खान्छन् दिउँसै राती छोडदैनन् होस!
एन्-आर्-एनको आवाज गर्यो? सुन्यौ? करायौ?
प्रवासको प्रतिध्वनि गुन्ज्य्यौ ? हरायौ ?
-[अनन्तगोपाल रिसाल - 21st Oct 2011]
छिमेकमा भारत् छैन तिब्बत् न की चीन!
ठूला ठूला पहाड् जस्ता,'विल्डिङ' भवन् देख्छु
कर्णाली र गण्डकी झैँ-'नायग्रा','हड्सन्' सुन्छु!
परेवा र कौवा, चरा, भंगेराको हूल
गाई भैँसी छैनन् चर्ने, फोहोर् माटो,धूल!
बिहानको सूर्य उही चन्द्रमाको जून
काला गोरा खैरा मान्छे- रातै रैछ खून!
मान्छे उस्तै अग्ला होचा काम्मा फसेका
सानो तिनो गुँड बनाई घर्मा बसेका!
खाने उस्तै दालभात, तर्कारी र झोल
स्वतन्त्र छ पढ्न लेख्न मन्मा आको बोल!
काम गर मरी मरी हप्ता बित्यो मोज
सेर्पा गुम्बा बाहुन् गुरुङ नेवारको भोज!
आज यौटा लूगा लायो भोली फेरी फेरी
बोल्ने मीठो लाउने मिल्दो मौसम् हेरी हेरी
यता मन्दिर् उता मन्दिर् संस्था पत्रिका
कस्तो जन-जाति खोज्छौ? त्यस्तै जनता!
घरै पिच्छे 'येन्जियो'-हुण्डी,भकारी
काम काँ छ आर्मीमा?'युएन'?सर्कारी?
लगानी र पैठारीको फोन ब्यापार
अली अली मन्दी बन्दी नत्र अपार !
निकै राम्रा कबिता र लेख लेखक
मिली काम साथ दिन्छन् नारी यूवक
आफू को हो? कहाँ पूग्ने? के छ निर्णय?
शिक्षा सेवा अस्पताल धर्म विद्यालय
अँग्रेजीमा नेपालीमा बोल हिन्दी भाषा
ल्याटिन र फ्रेन्च सिक, अझ झन् खासा
बच्चा झर्नै नपाई यहाँ आइफोन् चलाउँछन्
मँगो पर्छ टायेर् किन्न नत्र जलाउँछन्
वातावरण् सफा राख, रक्सी न-खाइ गाडी
कानूनले भन्दै न को मावो, मार्वाडी
आफ्ना कुक्कुर् बिरालो हुन् आफ्नै परिवार
राम्रो सोच सफा राख, कुटी दरवार!
तास खेल कौडा हान लँगूर् बूर्जा थाप
समाजको नियम छ सबको दण्ड-माप
ट्र्याफिक् बत्ती नमीच है लाइन् बस किन्न
आफ्नो कर्जा कर तिर सर्कार् दु:ख दिन्न!
आफ्नो भाषा बोल भेष संस्क्रितीको रक्षा
घर छैन जागिर् छैन, माग सड्क भिक्षा
गीत गाऊ चित्र कोर सीप शैली साँध
नियमको बाहिर भो ! झिटी गुण्टा बोक!
केटा भन्यो केटी जस्ता, केटी भन्यो केटा
अनुहार् छन् काली ध्वासीँ तिघ्रा भने सेता!
कट्टर छन् धर्म प्रति बाधिँ हिँड्छन् फेटा
खैरी पनि सारी लाउँछन् बोल्छन् हिन्दी-बेटा!
पिटापिट देखिँदैन लाइन् ट्रेनको
हतारको जिन्दगीमा आमा-बाबु को?
आफ्रिकाको स्विजर्ल्याण्डको रस्सा फिलिपिन्स
कोहि खाते सडकका सुन्दा धनी 'प्रिन्स'
भारती र बँगाली छन् पाकिस्तानी बोस
रक्सी खान्छन् दिउँसै राती छोडदैनन् होस!
एन्-आर्-एनको आवाज गर्यो? सुन्यौ? करायौ?
प्रवासको प्रतिध्वनि गुन्ज्य्यौ ? हरायौ ?
-[अनन्तगोपाल रिसाल - 21st Oct 2011]