Monday 25 April 2011

साई तिमीलाइ श्रद्धान्जली!!

साई-ईसाई हिन्दू बुद्ध सबै धर्म मान्ने
शिक्षा स्वास्थ सेवा नीम्ति समाजको जान्ने!
विश्व-भरी भजन र विभूतिको हार
मीठा जादू वकालत सेवा चमत्कार !!

विद्यालय मन्दिर र आश्रमको दाता
सँगित र ध्यान योग भजनको ज्ञाता
श्रद्धान्जली पुष्पान्जली भक्त उपचार
जनहित संकल्पमा छाड्यौ परिवार!

विश्व तिम्रो घर बन्यो,बस्यौ घर घर
अद्यात्मको यूग ल्यायौ सम वर पर   
धनी तिमी निधन के? छैन कोलाहाल
बाबा साधु अविषयी जादू ख्यालख्याल

पूट्टपर्ती धन्य धर्ती ईतिहाश बन्यो
संसारले धर्म-नेता, भगवानै भन्यो
भक्तहरु सबैतिर मिले जूटे घुले
समाधिमा गयौ बाबा अस्पताल खूले

आउनु जानु धर्ती-धर्म अवतारी ईश
जादू-गरी जीवन यो अचम्मको केश
सून्य गरी गयौ बाबा भारतको भोला
साधु वस्त्र नाटकीय जीवन यो चोला!

प्रेम ज्योति ह्रिदयमा ईश्वरको नाता
सत्य ब्रह्म यौटै बुझ मार्ग बिभिन्नता!
जाने आउने यौटै ठाउँ बेग्लाबेग्लै हिँड्छौँ
ईश्वरको चमत्कार घुमी-फेरी भेट्छौँ !      

आचारमा शुद्धता र खाना विचारमा
जन्म मृत्‍यु शरीरको हुन्छ लाचारमा      
धर्ती घर शरीर हो चमत्कारी डेरा
आत्मा हाम्रो ननासिने, निवाश यो खेला!

मानिस हे! भज नाच गुणगान गर
सेवा धर्म उपकार गरीवको घर !   
आस्था तिम्रो भजनमा शिव कृष्ण राम
अवतारी यूग पुरुष् सत्य-साई-राम !!

- अनन्तगोपाल रिसाल [In memory of Sri Sai Baba and his spiritual demise on 23rd April ‘2011]

1 comment:

  1. Very touching poem in the memory of Sri Satya Sai Baba.

    ReplyDelete