Thursday, 14 July 2011

सत्य-स्वरुप् चिन्तनको निमन्त्रणा छ है


निम्तो आयो बोलाउँदैमा, जानै पर्ने के छ?
राखेका ती परिकार, खानै पर्ने जे छ?
नबोलाए, ब्यर्थ चिन्ता? किन बोलाएनन्?
गाडी छैन भने जस्तो, छ्या! लिन आएनन्!

दिनै रात साँझ बिहान् चाड तीर्थ-आदि
मामा छोरा भान्जा फूपु गाउँले संस्थादि!
हिजै निम्तो मान्दा हरे! कहाँ पुग्यौँ आज
के के खायौँ,बोल्यौँ कुरा भैसकेछ साँझ!

बालकको जीवनी झैँ जवानीमा उर्जा
ब्रिद्ध बन्दा रोग ईछ्या सुस्त अँग पूर्जा
यौटै दिन सत्य त्रेता द्वापर् कली हुन्छ
बिहानको शान्त सुद्ध दिन रात छुन्छ
मन्त्र फरक् हुनु हुन्न अर्थ बुझ्नु पर्छ 
धर्म परिभाषा गर्नु सुन्नु बुझ्नु पर्छ

हेर्दै हेर्दा दिन बिते,रात बिते चक्र
शरीर-थ्यो सीधा,साधा उमेरले बक्र
धेरै टाढा पुगी सक्यौँ, जाउँ गाँउ फर्कुँ 
ढिलो भयो चाँडै गरौँ, कसलाई पर्खुँ?  

आजभोलि किन किन गाउँले बोलाएछ
बोल्ने मुख कान आखाँ त्यसै टोलाएछ
प्रवाशियो जिन्दगी यो,खै कैले आउँछु?
एकान्तमा संझी संझी आशुँ बहाउँछु! 

बुढेस्काल संझनाले ठाउँ छाडिसके
मुटु दुख्छ?आफन्तले छाडे?बिर्सिसके?
आफ्नै बाटो लागेँ किन बगैँ खोलै खोला
आमा मेरी कस्ती होलिन् निद्रालाग्छ होला!

फर्की जाउँ माया लाग्छ सपनाको बारी
टाढा रात भैसकेछ समून्द्रको पारी
आकाशका परी आउ,लग मेरो मन
डाँफे मुनाल् गाई चौरी नेपालको बन

ईश्वरनै गुरु हाम्रा गुरु ईश एक 
'चैतन्य छ शान्त प्रिय,आफू जस्तै देख'
परमात्मा छुट्टियेर भिन्दा भिन्दै आत्मा 
लुकिछिपी बसेका छन्,छन् है हाम्रै साथ्मा   

विवेकी र शिक्षित भै सोध खोज गरौँ 
प्रज्ञा प्रवोधमा उठी समाजमा सरौँ 
संसारको जात्रा हो यो यात्री साथी छ क्वै?  
सत्य-स्वरुप् चिन्तनको निमन्त्रणा छ है

-अनन्तगोपाल रिसाल [गुरुपूर्णिमा,14th July 2011] 

Tuesday, 5 July 2011

समाज सेवामा राजनीति?

समाज सेवामा राजनीति?
-अनन्तगोपाल रिसाल (4th July,2011 @ ANA Convention )


जब जब समाजमा समानता, समरूपता, योग्यता पलायन हुन्छ तब भाग-बण्डाको, अधिकार र खोसाखोसको, साम-दाम-दण्ड-भेदको सुरूआत हुन्छ! धेरै मत, बिचार,आवश्यकता भएर होला आजकल अमेरिकामा पनि खूब हावा चलेको छ चूनावी माहोल को! जहाँ हेरे सुने पनि चाहे साहित्यिक,गैर-प्रवासी संस्था होस्, कला, खेल र सँस्क्रिति-का वा चाहे जनजातिका प्रतिस्प्रधात्मक असन्तुष्टीले आम जनमानसमा ध्रूबिकरण गरेको छ! नेपालकै जस्तोआफ्नै पार्टीमा गूटवन्धनको राजनैतिक दुर्गन्धको हावी भएको छ!  

राजनीति र समाज सेवामा के फरक छ त?   

समाज सेवाले जुटाउँछ, राजनितिक भाँड-भैलोले फूटाउँछ! राजनितीले मन भाँडेरधन बाँडेर शासन गर्छ, समाज सेवाले मन बाँधेर, धन साँचेर सामाजिक सम्मानथांम्छ ! (Politics: divides and rules, Social Services:unites & rules)समाजका नाममा सेवा गर्ने मनसायले - यसो हेर्दा यी उस्तै उस्ता देखिएतापनि, यी दुई बिधामा आकाश जमिनको जत्तिकै फरक छ!राजनिती भनेको आकाश, एउटा सिद्धान्त, सोचाई ,संविधान, कानून , विधि, नियम, शासन सूत्र, मन्त्र हो भने -समाज सेवा भनेको ब्यवहार, सामाजिक सद्भाव, सांस्क्रितिक,प्रेम, सौहार्दता, एकता र शान्ति हुन्! सैधान्तिक पक्ष र ब्यवहार पक्ष भनेको बहुजन र सर्वजन हिताय जत्तिकै फरकपनि! One sounds good in principles other is the ground reality. राजनीतिले राष्ट्र, राज्यबाट स्वार्थिय,अधिकार र हकको कुरा गर्छ, सकेसम्म लिने कुरा गर्छ भने समाज सेवाले विविधतामा एकता, व्यक्तिबाट समष्टिमा सकेसम्म समाजलाई दिने कुरा गर्छ ! राजनितिद्वारा निर्वाचित अधिकारी भनेको नागरिकले कुनै कार्यका लागि दिएको पेशागत जागिर हो! राम्रो काम नगर्दामा जागिरबाट खोसिईन सकिन्छ, राम्रो गर्दा पदोन्नती पनि हुन सक्छ! यो विश्वाश मात्र होईन की यौटा जवाबदेही व्यवसाय र गुणपूर्णता उत्तरदायित्व, आचरण पनि! सामाजिक सेवामा कर्म र त्यसको परिणामले कोमलता, सौहार्दता र सम्पूर्ण समुदायलाई सशक्त, अधिकार-सम्पन्न र समर्थवान बनाउनु पर्छ! समाज सेवामा कोहि पनि छुटेका हुनु हुँदैन!

अंमेरिकी राजनैतीक सहभागिता

अंमेरिकी राजनीतिमा भाग लिएर, ससक्त राजनैतिक अभियान र तिनका लागिभोग्नु पर्ने अत्यन्त खर्चिलो प्रस्ताव हरु पनि छन्! हो, सामाजिक प्रतिनिधित्वकालागि राजनैतिक प्रिष्ठभूमी जरुरी पनि छ तर त्यसको प्रक्रिया भिन्दै छ!  हो, यहाँकति स्वार्थी सेवीहरु लेनदेनका कुरा गर्छन्! समाजमा लिनु र दिनु, उत्तिकै मात्रामापर्छ भन्छन् तर यसो सोचेर हेर्ने हो भने- यो अंमेरिकी धरातलमा नेपालको लागिराजनैतिक (एमाले, मावो, राजा वादी या कांग्रेसीका जनसंपर्क निकायहरु द्वारा)  सेवा गर्नु कुनैप्रकारले पनि न सान्दर्भिक नै छ न कुनै प्रकारले फाइदा जनक पनि! त्यसोभन्दैमा नेपाली मूलका अंमेरिकीहरुले पारदर्शी राजनितिमा लाग्न हुन्न भनेकोपनि होईन! समाजका मूद्दाहरुलाई नै लियेर सेवा गर्ने मनसायले राजनीतिगरिन्छ! तर अमेरिकामा त्यो राजनीतिको परिभाषा यहिँको राजनीतिसंस्था(विवाद, परिणाम, निकास)लाई लक्ष्य गरेर गरिन्छन्! त्यसमा हामीसामाजिक संघसंस्थाले के बुझ्नु जरुरी छ भने - संस्था कुनै राजनीति विषयको मचान, कोष संकलन गर्ने रंगमंच हुनु हुन्न!     

सामाजिक सहभागिता

राजनीतिमा पारदर्सिता, जनतान्त्रिक मत, समानुपातिक सहभागिता, सम्मेलनआदिको सम्मान पनि जरुरी छ! सुद्ध समाज सेवी राजनैतिक मत-भेद को विरोधीहुन्छ! उसलाई थाहा हुन्छ की राजनीति यौटा साधन हो साध्य होईन!अधिकार-युद्ध यौटा विभाजन हो समाज सेवा एक मिलाप! समाजका कु-संगतीहरुको अन्त गर्ने प्रक्रियामा, जन सहभागीका प्रतिनिधित्व गर्ने क्रममा चूनावी जन गणनाको जरुरत हुन्छ तर समाजको आर्थिक गुण, स्थानीय लौकिक मधुरताका लागि समाज सेवा प्रसस्त हुन्छ र तिनको पारदर्सिताले नेत्रित्व पक्षपूर्ण रुपले निर्धारण गर्दछ! समाज सेवीले सार्वजनिक संस्थामा भएका सबै आर्थिक, सामाजिक पक्षको जवाबदेही हुनै पर्छ! कुनै काम बिराएमा समाजले माफ पनि गरि दिन सक्छ तर जानिजानी गरिएको झूठ, धोखा र ब्यइमानीले कानूनी दण्ड पनि भोग्न तयार हुनु पर्छ! त्यसैले आफ्ना सेवाका समूहमा कस्ता विचारधारा, चित्तवृत्ति भएका सदस्यहरु छन् ती सबैको जानकारी हुनु अत्यावश्यक छ! चाहे राजनीति या समाज सेवा हुन् यहि नै महत्त्वपूर्ण चुनौतीका विषय पनि! पहिलो कुरा विचारधारा हो, दोस्रो कुरा ती सामाजिक गतिविधिको उत्तरदायित्व बोध र कार्यान्वयन! राम्रा समूह पनि चाहियो र सदस्यको वास्तविक चाहना बुझेर यथार्थताको प्रयोग गर्न सक्ने हिम्मत, साहस र धैर्य पनि!      

अब आगामी हुने सामाजिक निर्वाचनमा यी कुराको बिचार सबैले गरौँ की -

१ यो चूनाव कसले गर्दै छ?
२ के का लागि हामी उमेदवारीको घोषणा गर्दैछौँ?
३ उमेदवारले नेपालमा, अमेरिकामा के कस्ता सामाजिक सेवा गरेका छन्?
४ उनका भविश्यमा कस्ता, कस्का लागि के के योजना, योजनालाई जम्मा गर्नसक्ने साधन श्रोत, सहारा, द्रव्य प्राप्तिका उपाय छन् त?
५ उनका गुरु योजनाका शुरु र अन्त हुने मिती के हुन् त? समाजलाई कतिको समय दिन राजी भएका छन् त?
६ उनी एक्लै उठेका छन् की उन्को प्रान्तीय, जातीय समूह छ?
७ उनले स्थानीय जिल्ला, प्रान्तमा के सेवा गरेका छन् त?सांस्क्रितिक, पूर्णसौहार्दताको पक्षमा बोलेको र काम गरेको छ?   

को समाज सेवी हुन् या को राजनैतीक आसक्त हुन् भनेर चिन्न र चिनाउनु नै हामी सबैको दायित्व हो ! धेरै भेषदारीहरु आफ्ना स्वरुप लूकाएर समाजसेवी कहलाउन उद्यत्त हुन्छन् र त्यहि प्रतिस्प्रधामा आफ्ना परिवारलाई मात्र ठगेका छैनन् की संपूर्ण समाजलाई संक्रामक रोग फैलाई रहेका छन्! यूवा, असहाय रोगी, लुटिएर शरीर बेच्न वाध्य भएका अबला बाल बालिका आदि ब्रिद्ध आमाहरुका लागि के गर्दै छन्? पेशागत योग्यता र अंमेरिकी धरातलमा व्यवसायका लागि जन सहयोग कसरी गर्दै छन्? अंमेरिकी सरकार, अन्यसंस्थासँग संवाद र संभाषण गर्न चतूर, सक्षम, समर्थवान् योग्य छ की छैनन्? दोहोरो प्रयासलाई न्यूनिकरण गर्न सक्ने क्षमतामा कति कुशल छन् त? यिनै कुराले मोटामोटी पूर्व रेखा कोरी दिन्छ र तपाइँहरुलाई समाज सेवी छान्न सहज हुने छ भन्ने आशा लिएको छु!

आदर्श निर्वाचन

मेरा बिचारमा सामाजिक संघ संस्थामा कम चूनाव भएको राम्रो तर गर्नै पर्ने भएको चूनावलाई सकेसम्म धेरै नागरिक, सदस्यसंख्या र पारदर्सीताको सम्मान हुनुपर्छ! उमेद्वारको प्रत्यक्ष बहस, सदस्यहरुमा वाद विवाद,जन गणना द्वारा विचार विमर्श, तर्क वितर्क गरेर योजनाको उजागर गर्नु पर्छ! मतदान द्वारा मताधिकार सुरक्षित हुन्छ! सर्वजन हीताय नभए पनि बहुजनको कदर त गरिनु पर्छ! पहिलाले जे गर्‍यो त्यसरी नै आदर्श बन्दै पनि जान्छ, 'ए पेल्न सँकिदो रैछ' भनेर बिग्रँदै पनि जान्छ! मिलेर गर्ने समाज सेवामा जो योग्यकामका लागि रुची र योग्यताको प्रदर्सन गर्दछ त्यहि काम उसलाइ गर्न दिइनु पर्दछ! पदक्रम(Hierarchy) हुनु साह्रै जरुरी पनि छैन! यहाँ कार्य दक्षताको, क्षमताको प्राथमिकताको जरुरत हुन्छ!   प्रत्याशी उम्मेदवारहरुमा प्रतियोगी प्रतिद्वन्दीको भावना हट्नु जरुरी छ! यो सेवा गर्न पाउने/नपाउने चूनावी पद्धतीको म बिरोध गर्दछु र यो कुनै हार्ने र जित्नेको राजनैतिक खेल होईन! प्राय:जसो यिनै समाजसेवी उमेद्वारको पक्ष-विपक्षको विवादले समाज भाँडिएको छ! म विशेष अनुरोध गर्दछु, यो हामी प्रवासी नेपालीले अत्यन्त बुझ्नु पर्ने विषय बनेकोछ! हामी सबै समाजसेवीलाई अटाउन सक्ने संस्थाको सपना बोकौँ (राजनीतिकढांचा Political Framework/Constitution) तयार गरौँ तर त्यसलाई बिपना(सामाजिक वास्तविकता -Social reality) पनि बनाउँ | पारदर्सी नियम (राजनिती) र प्रेम (निश्वार्थ सामाजिक सेवा) - यी दुई विधाको संम्मिश्रण नै आजको अनिवार्यता हो!