Wednesday 10 October 2007

घटस्थापना !

घटस्थापना !


देवी तिमी योटै छौ है,रुप कती कती?
आउन अझै बाँकी छन् कि?जाँने सबै जती?
हामी घट साना-तिना,तिमी मन खोली!
सम-भाव कृपा-गर, आजै न कि भोली!


घर-घर घट तिम्रा, थपना भो आज
शिक्षा,सीप,सँस्कार त सम्पदा झैँ ताज!
शुद्ध जल,फल-फुल चडाउछौँ भेट !
ब्रह्माण्ड नै अटाउने कत्रो तिम्रो पेट?


ईश्वरको दया मिल्यो, तिम्रै स्तुती गान
घर-आँगन बर्सी रहोस्, मान सम्मान!
बुद्धी हाम्रा शद्गतिमा, लागोस् उच्च ध्यान
पूजा बनुन नित्य हाम्रा,गर्छौँ जती काम!


दशै आयो दसैं गयो,बिदेशको पारी
नयाँ कोट,जुत्ता फेर,नयाँ जोर सारी!
साथी-भाइ मिली कैले? भेट होला काँहा?
उन्नती र प्रगती होस्,जो जो छन् है जाहाँ!



जीवनको यात्रा लामो घट घट घुम्ने 
यौटा जीव बाट अर्को माथि तल पुग्ने
स्थापना यो भयो घट,वासनाको ज्वर   
मानिसको जन्म अहा!ठूलो चमत्कार
     
जानु अझै बाँकी छ रे?स्वर्ग-देवस्थल 
ईछ्या बाँकी रहेसम्म हुन्छ अलमल
मन बुद्धी विचारमा शुद्धताले वाश
घट तट नचाहीने,अज्ञानको नाश   

No comments:

Post a Comment