Monday, 30 June 2014

सीताको जन्म-राष्ट्र: जननी जन्मभूमिश्च !

सीताको जन्म-राष्ट्र: जननी जन्मभूमिश्च !

रावणले कर माग्न जँगलमा जान्थ्यो
ऋषि सन्त सज्जनको रगत जो तान्थ्यो
राक्षस र असूरलाई लगाईयो जिम्मा,
जम्मा गरी राखी दिन्थे सधैँ बटुकीमा !

गौचरण नासिदिए मासिदिए वीउ
हत्याराले मासु भनी जोख्नथाले जीउ
यज्ञ, कुण्ड देवताको पूजा न-पाऊँदा
ईन्द्र चन्द्र वरुणले भाग न-खाऊँदा!

श्राप दिए मुनिवरले मिले दुखी जन
'जता पुग्छ जान्छ रक्त भस्म हुने क्षण'
अत्याचार अराजक सँसारमै सर्यो,
जनकको-पुरीमा नि अनिकाल पर्यो !

असूरको माद मद लोभ रीस काम
अयोद्धामा जन्म तयार् हुँदै थिए राम
उदारको वँश थियो रघु जन सेवी
सूर्यवँश अद्भूतको जन्मे देव देवी

राजा पनि हलो लिई खेत खन्न गए,
समाजमा हाहाकार दुखै दुखी रहे,
यौटा भाँडो छुटेछ र धर्ती छोपी-वरी
लुकाएर राखिदिईन्, बालिका ती परी
कृपागरी धरतीले यौटी पुत्री दिईन्
वेवारिसे छोरी राम्री आफ्नै सीता भइन् !
सँसारकै सुन्दरलाई - हलो सीयो ताछे
जनकले गोद लिई, सीता नाम राखे

बालपन छिट्टै बित्यो, सँसारमा राम्री
शुभ-गुण ज्ञानी छोरी सौगात यी हाम्री,
सँसारमा जोडी मिल्न राम जन्म लिए
यौटी आईन् धर्ती बाट अर्का अग्नि थिए!

खीरखाई कौसल्याको गर्भ पूर्ण रह्यो
गौमाताको दुधबाट राम जन्म भयो
सीतालाई मिल्ने को छ ? अहा! राम छोडी?
चौध बर्षै नपुग्दैमा सीता-नाता जोडी

धनुषमा काण राख्ने योग्यवर पाई
राजा भन्छन् सीता मेरी दिन्छु विज्ञ लाई
विश्वामित्र शिष्य लिई पुगे ज्ञान-पुरी
सबैलाई निम्ता थियो वीर विश्व भरी

गुरूकुल पूर्ण गरी दर्बारको मान
साधारण भेषलिई राज सिँहासन
चौडा छाती दरो बाहु भव्य निधारमा
मर्यादा र आदर्शका धर्म सुधारमा

ठाँटवाँट मुकुटमा आए सँसारका
राजा वीर वरपर कुरा पुग्यो लँका
विभिन्नका रूप लिई आए वीर धनी
मै पो छु कि योग्य वर हेर्दा राम्रै छु नि

राम सीधा साधा वस्त्र गुरूकुल भेष
हेर्दै राम्रा राम पूर्ण झरेका ती केश
साथ आफ्ना गुरू सँग बसे आशनमा
थिएनन् ती कैले पनि भोग वासनामा

गुरू आज्ञा पालनमा बनैबाट आए
राजा जनकको श्रद्धा सम्मान जो पाए
बाटीकामा देखिए छिन् सुन्दरी र प्यारी
हेरिरहे सँझिरहे राम अवतारी !

सीता राम्री अलौकिक थियो आकर्षण
खिचीएर ब्रह्म पनि भए अझ पूर्ण -
सीता जहाँ रून्छिन् बरा धरा साथै रून्छिन्
प्रकृतिकी छोरी हाम्री सँसारमै पुग्छिन्

जहाँ सीता जन्म लिन्छिन् दुख हुन्छ हुन्छ
लौ भन त तिमी आफैँ - न्यायी कहाँ रून्छ ?
जगतको ऊद्धार भो पापी हरू मरे
वानरका हूल गिद्ध भालू  पनि तरे !

लाखौँ वर्ष भयो सीता-राम कम छैन
दुख हुन्छ धर्म योग अरू हुँदै हैन
तप त्याग समर्पण सौन्दर्यकी भारी
मर्यादा र आदर्शकी छोरी आमा प्यारी


बुद्ध कृष्ण शिवलाई श्रद्धा गर गान
आत्मरूपी सीता-राम लाई अझ ैमान !
दुख देख्दा वैराग्य हो लीला राम रूनु,
सासु थिईन् धर्तीमाता किन दुख हुनु?
सँसारमै प्रसिद्धी भो प्यारी सीता हेतु
दिग्विजयी राम राजा, बने राम-सेतु

हजारौँ ती वर्ष बिते अझै भेटिने छ
आकाशको मार्गबाट स्पष्ट देखिने छ!
त्यस्तो राष्ट्र देश मेरो प्राण प्यारी सीता
सँसारको मर्यादा र धर्म पूर्ण गीता
राम हाम्रा ज्वाईँ भए भिनाज्यू या काका
वैराग्यका परम् पिता चौधै भूवनका

सत्यविज सरी सीता पुनः जन्म लििन्छ्न्
गाँऊघर आँगनमा त्याग योग दिन्छिन्
गाई बाँदर कुकुर काग दिन्छन् सबै अर्ति
ईश्वरको नाता लाग्ने धन्य मेरो धर्ती

सीताका विभिन्न अवतारहरू

हजुर्आमा जानकी थिन् परापूर्व देखि
भक्तिभाव रामगीता पढ्थीन्,रामै लेखी
बडा फुपु ज्ञानी बनिन् साधु सँगतमा
ईश्वरको सेवा गरिन् गँगा गोठ भू-मा

आमा मेरी सीतासरी मस्त-राम ईष्ट
बाबु पनि शिव थिए तर राम भित्र
सीतै सीता देख्छु सारा मातृरूप लिनी
सानिमा र फुपुहरू काकी दिदी बैनी

सासु मेरी सीता जस्ती सीता जस्तै प्यारी
माईज्यू र साथी सँगी छिमेकी र साली
सतित्वको बराबरी, अरू के पो माग्छ?
आमारूप देख्यौँ भने माया,मोह भाग्छ!

शमन र दमनले चित्त चैतन्य होस्
दीर्घजीवी आयुष्मती सोभाग्यमा रहोस्
दुईदिने जीवन यो दुख छ है चोला
सीताराम सँगै नछोडनु होला

सँस्कारले सजिएकी प्रेमी छोरी ब्वारी
शुद्ध श्रद्धा आचरण सति साध्वी नारी

जो जो हेर्यो उस्तै राम्रा भान्जी भौज्यू भदै
धर्म कर्म त्याग गर्छन् आफ्ना उमेर छँदै
नाता प्रेम हराएनि पुण्य हराईँदैन
नेपाल जस्तै तीर्थ स्थान कहीँ पाईँदैन

मेरो देश पुण्यधाम सीता मेरी आत्मा
दुखैदुख भएपनि श्रीराम छन् साथ्मा
चौधै भुवनको स्वर्ग मातृभूमि गरा
सीतालाई जन्म दिने धन्य वशुन्धरा

अध्यात्मको सेवा तिम्रो बह्मवृत्ती-रूप
सीता बन्नु राम भन्नु यौटै कुल-दीप
धर्म अर्थ कर्म मोक्ष दिइ न्यानो काख
आमा तिमी सधैँ भरी नजिकमै राख-

-अनन्तगोपाल रिसाल