कन्या लक्षिनकी, अपूर्व, जगकी, आलोककी सुन्दरी
त्यागी, धर्म र भक्ति-भाव धनकी, सम्पूर्ण संस्कारकी
रामै, झन् जनकी, सखी, दशरथी योद्धा अयोध्या सही
धर्तीबाट उठ्यौ सिते जनकका साम्राज्य, सौभाग्य ली
ज्ञानमा पूर्ण छिन् त्यागकी रुप यी
व्योमकी सुन्दरी प्रेमकी कूप यी
भूमिकी धूप यी पूर्णता आत्मजा
सिद्ध योगी सती दोष निर्मूलता
दूला-दुलै भब्य सिंगारले सजे
प्रेमी प्रशंसा प्रिती विश्वले गरे
धर्ती मिठो गन्ध दिएर पो गइन्
मंसीरको शुक्ल र पंचमी परिन्
निरसी ऋषि सेविका ब्रह्म एकात्मकी गुणी मन शुद्ध गरी चित्त बुद्धि विवेकले बुझी करोडौ आत्म सम्मान आशुँ झारी निकालिद्यौ अविषयी तिमी साध्वी संयमी सात्विकी बन्यौ
जग्गे अग्नि र यज्ञले नगरमा खुसी गरायो मन
शाश्वत् देश छ यो अहा मिलनको सौभाग्य हो सज्जन
आज्ञा-पालन देव-की सजनकी स्वर्गीय गंगा सरी
शादी यो सज, वार्षिकी दिवसमा आस्था भरौं हर्घड़ी !