अहा सेता,अग्ला-अडिग रहने,त्यही छ सपना
छ भाखा नेपाली,अमर महिमा,आँगन नयाँ !
हिमाली भाषा ती, नभन नमिठो, दुख्दछ मन
कतै बिर्स्यौ होला, तर छ रसिलो सुन्दर बन! |1|
नबिर्सुँ आफूको? घर त सबले फर्कनु छ है !
विदेशी यात्रामा,कति कति बने मित्र सजिलै !
पहाडी झर्नाका कलकल नदी, सँगित सुनौँ
अझै हाम्रा बाँकी, नियम-सूरमा जीवन बुनौँ |२|
विधाता,द्यौता झैँ,असल जन क्यै,मिल्दछ कता?
मलाई नेपाली सरल-पनको, द्यौन जनता |
बिसौँ,वर्षौँ बित्ला तर नरमता आर्जन गरौँ
छ द्यौता-ढुँगामा,नियम गहिरो,धर्म छ बुझौँ |३|
अझै मीठा छन् है,अमर सबका ती सुर-छवि
शरीरै-माटो यो,पवन बनका शैल-सुरभी
निकै प्यारा राम्रा,चुलबुल गरी बालक सरी
जता जान्छौ जाउ,सहज गति ली,बग्दछ नदी |४|
छ हावा पानी त्यै गगन गहिरो सूर्य छ,शशी
तिमी आत्मा बाँकी लभन कसरी-पूर्ण?नफसी?
उकालो बाँकी छन्,शहर घरमा पुग्नु छ बरु
छ ताजा आजैको सुन-भन हिमाली स्वरहरु? |५|
- अनन्तगोपाल रिसाल (15th Nov'07)
Thursday, 15 November 2007
Subscribe to:
Posts (Atom)